Friday, October 20, 2017

तिहार

पहिला देउसी खेलिन्थ्यो, आजभोलि तास खेलिन्छ। सायद आउने भए जुवा र कौडा पनि हानिन्थ्यो।बिडम्बना भनौ या जानिएन र जान्ने बनाउने पात्र पनि भेटिएन। कानुनले बर्जित गर्दा गर्दै पनि यो तास चाहि खेलिन्छ। लुकेर। तर कानुन भन्दा पनि यो एक संस्कार नै होला। स्वस्थानी व्रत कथामा पनि महादेवले तास खेल्ने प्रशङ्ग उठाएको पाइन्छ। अनि इतिहासमा पनि चाड पर्व र उत्सवमा जुवाहरु फुकुवा गरिएको बारे स्पष्ट रुपमा पढ्न पाइन्छ। तर खेलेर दरिद्रतालाई स्वागत पो नगर्नु भन्ने उद्देश्य हो सरकारको पनि।सानो खेल रमाइलोका लागि। भेटघाटमा दोस्रोतेस्रो व्यक्तिको कुरा गर्नु भन्दा तास खेल्नु सायद राम्रै काम होला।

कानुनको निर्माता र रक्षक त आफ्नो आफै धज्जिया उडाउँदै खेल्छन भने हामी? कानुनत, कानुन त कसैलाई पाखा र कसैलाई पाखा नहुनु पर्ने हो। विधीको शासन नभएको ठाउमा शक्तिको कुरा आउदो रहेछ।उदाहरण यहीँ हेरेर थाहा पाउछु। तर म देउसी भैलो बारे पो मनन गर्दै थिए।

म नोष्टाल्जिक हुन्छु। त्यो देउसी भैलो।यो रमाइलो भन्दा पैसाका लागि खेलिने देउसी भेलो। त्यो समूह। कति रमाइलो। म सुनिल बर्देबाको गित याद गर्छु," कोहि फर्काइदेउ त्यो बालापन"
* * *

करिब दसैंको हाराहारी देखिनै देउसीभैलोका लागि उत्साहित हुन्थ्यौ हामी। टिम फरमेसन त्यति खेर देखिनै थालिन्थ्यो।हाम्रो साथीहरू मध्य कसैको दशैतिहार सिङ्गै बिदा हुन्थ्यो तर मेरो चाहिँ हुदैनथ्यो।म मात्र साथीहरू मध्ये कतिन धेरै पढ्ने झै गरि नियमित विद्धालय जान्थे।नजानु पनि किन त्यति त्यो लाग्दथ्यो त्यो पढाइ आफ्नो लागि भन्दा बुबामाका लागि पढे झै लाग्द्थ्यो।त्यो उमेरको सोचाइ।सायद अधिकंशले त्यतिबेला त्यहीँ सोच्थे कि?

अलि सानो उमेरमा म कुनै राम्रै समुहमा भैलो खेल्न गएको याद गर्छु। सायद त्यो बेला रमाइलो भित्रको रस के हो याद थिएन। त्यसैले त्यसको रस अहिले पनि कल्पिन्छु। म त्यो बेलाको रमाइलोको रस लिदा जहिल्यै सम्झन्छु त्यो मेरो पहिलो नृत्यको मेरो पहिलो असफल प्रयास। लाग्छ मलाई सानै देखि नाच्न नआउनेमा म पर्छु। त्यो बेला मलाई भुवन केसीको सुपरहिट फिल्म नेपाली बाबुको चर्चित गित " म हुँ नेपाली बाबु" मा नाच्न भनियो। ठुला दाजुदिदीको समुहले सिकाए पनि।तर नृत्य मेरो बसको कुरा होइन भन्ने मैेले त्यति बेला नै पहिलो पल्ट चाल पाए।त्यसपछि कहिल्यै मलाई आफु नाचेर दुनियाँ हसाउने हिम्मत गर्न आएन।

म आजपनि ती भगवानलाई धन्यवाद दिन्छु।मैले त्यसबेला नाच्नु परेन। सायद त्यतिबेला ती अग्रज र युवा दाजुदिदीलाई आफ्नै लागि समय पुगेको थिएन। उनीहरू नाच्थे हामी तालि बजाउथ्यौ।उनीहरू भट्टाउथे, हामी देउसी रे र भैली रे भनेर साथ दिन्थ्यौ। हामीलाई त्यहीँ नै जिम्मेवारी दिइन्थ्यो।

त्यतिबेला हामी जम्मा दुईदिन देउसी भौलो खेल्थ्यौ।लक्ष्मी पुजाको दिन भैलो भन्यो।अनि भोलिपल्ट अर्थात गोवर्धन पुजाको दिन देउसी रे भट्टाउने।तर त्यतिबेला भाइटिकाका दिन अनि त्यो भन्दा अगाडि र पछाडि देउसी भैलो खेल्ने हामीमा नियम थिएन।सायद हामीले भट्टाउने बेला भने झै बलि राजाले हामीलाई अरु समयको आदेश दिएका थिएनन्।तर त्यतिबेला पनि तराईका केही ब्याडहरु चाही आऊथे हिजोआज जस्तै।सायद तिनलाई चाही बली राजाको त्यतिबेलासम्म खेल्नु भनि आदेश पो थियो कि?

खै गणराज्य भै सकेको नेपालमा फेरि बलि राजा आए छन् कि झै लाग्छ।र लाग्छ लक्ष्य भेद नभएसम्म देउसी भैलो खेल्नु भनि नयाँ आदेश पो दिएछन् कि? जे होस् त्यो समय रमाइलो थियो,आजको तुलनामा।मलाई महानायकको चलचित्र देउताको गित "के भन्ने हाम्रो समय" भन्ने याद आयो। हाम्रो समयमा १५/१६ देउसीभैलोको कमाइ। हाहाहा। रमाइलो अहिले आउछ, त्यो बेला पैसा आउथ्यो।

त्यसपछिका बर्षमा कहिल्यै त्यो जस्तो साँस्कृतिक कार्यक्रम लिएर गइएन।तर १०कक्षामा त्यसैगरी गइयो। देउसीभैलोको त्यतिबेलाको त्यो नियम सायद अहिले हारायो कि जानाजान नामेट पारियो। त्यो बेला भैलो महिलाले र देउसी पुरुषले खेल्ने भनिन्थ्यो।तर आज प्याचअप र ब्रेकअपको टेर्नेड् चलेको समयमा सबै मिलाइसके।सायद नयाँ पुस्ता पुराना भन्दा फरवार्ड हुन्छन् भनेर भनेको यहीँनेर मेल खान्छ।

त्यतिबेला प्राय हाम्रो नजिकको टिम फर्मेसन गर्दा म पहिलो नम्बरमा आउथे।मेरो बिशेषता भट्टाउने थियो। हाम्रो टोली देउसी खेल्थ्यो।दोस्रो दिन,त्यतिबेलासम्म पहिलो दिनको जस्तो कमैको घरमा उल्लास भेटिन्थ्यो। तर पनि हामी उल्लासमा हुन्थ्यौ, अनि जसै घरका ढोका बन्द हुन र बत्ती निभ्न सुरु हुन्थ्यो हाम्रो उल्लास पनि निभ्न थाल्दथ्यो। अनि हामी पनि गोवर्धन पुजाको विदासँगै तिहारको उल्लास पनि मेटिएको झै गरि गर फर्कन्थ्यौ।टिकाका दिन त उल्लास नै हुदैनथ्यो। भोलिपल्ट नै विद्धयालय जो जानुपर्दथ्यो।गृहकार्य सक्नुपर्थ्यो।

* * *

फेरि आएको अर्को देउसी टोलीले मलाई बर्तमानमा ल्याउछ। तिनले परेवाको छाति हाम्लाई भयो राति र यहाँ मात्र होइन चौध अञ्चल पच्छहत्तर जिल्ला जानै पर्छ भने पछि म तिनलाई भैलो भाग दिन्छु। अन्तिममा भट्टाउनेसँग केही सवालजवाफ गर्छु।

"भाई, सामाजिक शिक्षामा त कमजोर रहेछौं नि। देशबाट अञ्चल बिस्थापित भइसक्यो अनि जिल्ला पनि ७७ हुन लागि सक्यौं है, फेसबुक अपडेट गर्दा जिके पनि अपडेट गर्ने गर्नु।"

भाइ हासेर सवालजवाफ बाट हटेर आशिष दिन्छ, यो घरैमा लक्ष्मीले बाँस गरुन्, छोराछोरी एसएलसी पास गरुन्।

"भाई फेरि एसएलसी के भनेको एसएलसी त एसईई भई सक्यो।फेरि अब हाम्रो घरमा त्यो परीक्षा दिन बाकी कोही पनि छैनन्।"

भाईहरु ललल पिएचडी पास गरून् भन्दै हिडे।

म पुन पुराना दिनमा पुग्छु।हामी पनि त्यसैगरी आशिष दिन्थ्यौ।तर अाज मेरा ती साथीहरू?

ऐऐऐ! म मात्र पो रहेछु त यो देशमा।साथीहरू कोहि त कुन अधिराज्यमा, कोहि कुन साम्राज्यमा अनि कोहि कुन गणराज्यमा।म गित धेरै सुन्ने मान्छे साच्चै यमबुद्धको गित याद आउछ यतिखेर, "साथी निकै नै एक्लो छु अहिले।

Friday, May 26, 2017

एक कथा

सविना कार्कीले कार्यक्रममा किताबका केही लाईन प्रस्तुत गर्दा नै लागेको थियो,किताबले बजार पिट्छ।किनकि त्यहाँ उपस्थितले पिटेको तालिले कान सायद यसरी पहिलो पल्ट यसरी बजेको थियो। म पुरै किताब बारे सोच मग्न थिए।किताब बसमा पढ्न चाहिन,यसकारण कि पहिला समर लभ पढ्दै गर्दा छोड्न सकेको थिइन।त्यसमाथि किताबको महोलमा तातेको प्रज्ञाप्रतिष्ठानको परिवेश मनमा गडेर बसेथ्यो।लेखकको त्यत्रो केर्ज गजब्ब लाग्यो। एक सम्मान थियो लेखकको अनि बढदै थियो नेपाली साहित्य जगत गर्व थियो।

बसमा पुरै डुबेको थिए,त्यो क्षण समझेर।तब होसमा आइ जब त्यो आकृति देखे भन्छन् नि भगवानले फुर्सदमा बनाएको। गहुगोरो अनुहार।तर अच्मम लाग्छ मैले देखेको फलाम तान्ने कालो चुम्मक भन्दा भन्दा बढी आकर्षण क्षमता त्यसमा आयो कसरी? रातो राम्रो भेष्ट शरिरमा सौन्दर्य छरिरहेथ्यो। चिनजान नभए पनि बोलुबोलु जस्तो। तर बोलु के?

म रत्नपार्क भित्रबाट कान्तिपुर यातायात चढेथे, म भाग्यमानी थिए सिटमा थिए।बस भरियो, समयको अन्तराल नै न राखि। उनी जमलमा चढेथिन्। तर मलाई लाग्दै थियो,उनी त्यसै बखत चन्द्रबाट झरे थिइन्। बस यति टम्म थियो कि,त्यहाँ मान्छेलाई गुन्द्रुक बनाउने कार्य गरिदैछ।तर पनि जसोतसो उनी चढिन।हाम्रो आखा यसरी जुत्यो कि त्यो दैवले नै चाहेका थिए। नत्र किन एकै पटक हाम्रो देखादेख हुन्थ्यो? मलाई अलि असजिलो लाग्यो,उनलाई हेर्न आखा मोडे।तर म घरि घरि उनलाई हेर्थे,त्यो बेला पनि हाम्रो आखाँ चाहि जुधि हाल्थ्यो।तर यसो पनि हुनसक्थ्यो उनी मलाई लगातार हेरिरहेकी हुन्।यो मेरो कल्पना मात्र पनि हुन सक्छ तर बराबर एकै प्रकृतिका घटना घट्नु त संयोग मात्र होइन होला?

एक किताबको बिमोचनमा गएको म।अलि सामान्य भन्दा बढि नै आफुलाई व्यवस्थित गरेर गएथे।कपाल थियो आजै सैलुनमा मिलाएको,आफु सुहाउँदो किसिमले।करिब एक घन्टा लाएर। आफुमा छुट्टै आत्मविश्वास आईरहेथ्यो। लाग्दैथियो म सतप्रतिशत पर्फेक्ट थिए।

उनी थिइन सायद मैले खोजेकै जस्तो।सायद म त्यहि बेला थाहा पाइरहेको थिए कि मैले खोजेको कस्ति हो भनेर।रुप देखेथे पहिलोपटक तर लाग्दै म उनलाई पहिल्यै देखि जान्छु।किनकि मन भन्दै छ कि यहि हो आमाले खोजेकी जस्ती अनि मैले नभेट्याएकी जस्ती।

कसरी यो मन दावा गर्नसक्छ कि ऊ नै ठिक छे? म महसुस गर्दै गए कि यो नै रहेछ माया, पहिलो माया। राता टीका थिए निधारमा,घाटीनिरै बियुटि बोन देखिदै थियो। मैले यो हेर्दाहेर्दै थाहा पाउथे कि ऊ पनि मलाई हेर्दै थिए।अलि सरम लाग्यो।के म त्यो सौन्दर्यको लायक छु? सौन्दर्य अनुसार नै मन मिल्ने।मन मिले पछि नै हो माया बस्ने।माया बस्न पनि एक किसिमको बल नै चाहिन्छ।त्यो बल व्यक्तिको सौर्न्दर्य,बानी,व्यवहार अनि बोलिले उत्पति हुन्छ।म पहिलो चोटि त्यो बल आफुमा महसुस गर्दै थिए।त्यो मेरो पहिलो माया नै हुनुपर्छ।भन्छन् नि बिना माया किन यति? मलाई उनको सौन्दर्य समयको अन्तरालसँगै राम्रो लाग्दैछ। उनी कालो छिद्र बनेर मलाई घरि घरि तान्दैछिन्।उनको त्यो निरन्तरताको हेराइले म यो पनि भन्न चाहिँ सक्छु कि म पनि उनको लागि अर्को कालो छिद्र नै बन्दैछु।

कहिले काहिँ त लाग्छ समय पनि अडियोस्। अनि पो माया बस्न पाउथ्यो कि?तर सोचाइमा आफु सर्वश्रेष्ठ भए पनि व्यवहारत त्यो गाह्रो छ। कहाँ मान्छेको क्षमता त्यस्तो छ।सायद कोहि मान्छेको हातमा त्यस्तो सामर्थ्य हुदो हो त संभवत बढि भन्दा बढि धर्ना र आन्दोलन यसैका लागि हुन्थ्यो होला। म उनलाई हेर्दै त्यो आकृतिको गहिरो नक्सा म मेरो हृदयमा उतार्ने प्रयत्न गर्दैथे।ताकि देखाउन पाउ कि सौन्दर्य भनेको के हो? यो बादशाको बेगम यस्तो हुन्छे।म त्यहीँ सोच्दैछु त्यहि मध्यम कद,मध्यम मोटाइ, सर्वोश्रेष्ट सौन्दर्य। रातो कालो धर्कावाला पातलो भेष्ट।बहुमुल्य मुस्कान।निलो जिन्स।म सोच्दै थिए। त्योे मेरो छेउको मान्छे उठेर यो कलियुगको महान प्रेमील जोडिको साक्षी बनोस्। एउटा इतिहासको विशेष व्यक्ति बनोस्।तर त्यसको भाग्य कहाँ? त्यसको अभागि भाग्यको चेपुवामा हामी पिसियौ। तर कसरी त्यो फुल टिपौ म।कसरी यो दिलमा राखौं। अाखा जुधाइमा जमिरहेको त्यो बेला गुडेको समय एउटा बिसौनीमा गएर टुङ्गियो।मलाई अभौतिक रुपमा उनको मनमा जानुथियो।तर भौतिक रुपमा त मेरो गन्तव्य निर्धारित नै थियो। म जानै पर्दथ्यो।जन्मौ देखि चिनेको मान्छेसँग रिसाएर गए झैँ गरि म झरे।मन साह्रै रिसायो,किन एउटा परिचय सम्म भएन।

जिवन हो।सदाको हारको पनि गन्तव्य त एउटा जितमै टुङ्गिन्छ।आसा गरे यो पनि जितमा टुङ्गिनेछ।त्यस दिनपछि लगातार म त्यो समयको पर्खाइमा त्यहीँ जमल गए।तर त्यो भेट संभव भएन।अब संभव सायद सुविन भट्टराई कै अर्को प्रेमिल उपन्यासको बिमोचनमा संभव होला।सायद यो अमर प्रेमको जस उनैलाई पो जान्छ कि?

Thursday, January 26, 2017

१६ कक्षा

"आमा आजबाट परीक्षा सकियो।"

"अब कतिमा पुगिस्"आमाको आशा छोरा परिक्षामा उतिर्ण हुने सतप्रतिशत छ,अनि छोराको कथा छोरालाई थाहै छ।

आमा र छोराको यो वार्तालाप ढोका भित्र र बाहिरबाट चलिरहेको छ।छोराले बर्ष गन्यो१३,१४,१५,१६।हातका औलाले १६जनाउदै भन्यो १६।आमालाई यो स्नातक,अनि यसको श्रेणी बारे ज्ञान छैन।

"आफुले नपढे पनि आफ्नो सन्ततिले पढाइमा सफलता पाउँदा हरेक आमाको आखाँमा हर्षआसु आउँछ।त्यो सफलता आमाका लागि आफ्नो जीवनको नै सर्वाधिक क्षण हुन्छ।गुरुआमाले मलाई यस्तै पढाउनु भएथ्यो,कक्षा ४मा,आमाको बारेमा निबन्ध पढाउदा।आखामा त्यो क्षण नाच्यो।आमाले खाना पस्किदै गर्दा त्यो क्षणमा म विलिन हुन पुगेछु।

"छिटो खाँ कहाँ टोलाएर बस्छ यो केटो।"आमाले यति भने पछि पो म चार कक्षाबाट फड्केर स्रोहमा आइपुगे।

परीक्षा सकिएकोमा मनमा खुसिका छाल यति बढेका थिए कि त्यो बताउन म असमर्थ छु।म लेखनाथको कविता "बालक बबुरो" भन्दै भट्टाउदै खाना सकेर निस्किए।

मलाई त्यो १६ले पो धेरै खिचेर ल्यायो।समझनामा त्यो कखरा पढेका दिनलाई मैले खोजेर ल्याए।सम्झदासम्झदै म त पूराना दिनको ती यथार्थतालाई कथामा परिणत गर्न पुगेछु।हिरो म आफैं।कति मजा आयो यो सम्झनामा।पहिलो पल्ट मनले खाने कलाकारिता देखे जस्तो लाग्यो।
-
अनायास दिमाग कक्षा ६ को एउटा कुनामा गएर अड्डियो।त्यस समय मैले एउटा दाइलाई भेटेथे।धेरै नै पढाइको कुरा गरे पछि मैले ती दाईलाई उहाँको कक्षा सोधे।ती दाइले उल्टो मलाई मेरो कक्षा सोध्नुभयो।

"म ६ कक्षा।" मैले गर्वसाथ आफ्नो कक्षा बताए।

"तिम्रो कक्षालाई डबल गर्दा पनि तिमीले मलाई भेट्टाउनौ" उहाँले बडो गर्वले भन्नुभयो।मलाई बडो हिनताबोध भएथ्यो त्यो बेला।

मैले उहालाई कर गरे पछि उहाँले मलाई उहाँको कक्षा बताउनुभयो।

"तिम्रो कक्षालाई डबल गर अनि चार जोड त्यो मेरो कक्षा हो।"

मैले तत् समय मनमनै कल्पना गरेथे १६कक्षा जसरी पनि पढ्छु।आज म १६कक्षा पुगेको छु।मेरो एउटा लक्ष्य पूरा गरेछु।खुसी लाग्यो जिन्दगी देखि भाग्य देखि अनि आफै देखि।

खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...