गजल

गजल
गोरि न गोरी भए पनि राम्री देख्छु लजाउदा तिमीलाई
लालुपाते फुल झै देख्छु रातो पहिरन लगाउदा तिमीलाई

म तिम्रो कृष्ण बन्छु, तिमीलाई मेरी राधा बनाउछु
यस्तै यस्तै के के सोच्छु छेउ मै बसाउदा तिमीलाई

मन दिई मुटु दिई माया साटासाट गरेपछि तिमीसँग
पाप सोच्छु कि धर्म सोच्छु दिलमा बसाउदा तिमीलाई

कति सोचि कति सम्झी सृष्टि गरे होलान तिम्रो
सृष्टि नै प्रेममा परे होलान कि बनाउदा तिमीलाई

इश्वर र म पनि लडौला कुनै दिन तिम्रो बाजीमा
इश्वरलाई पनि लडाइदिउला बाजि लगाउदा तिमीलाई ।।

No comments:

Post a Comment

खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...