Thursday, January 26, 2017

१६ कक्षा

"आमा आजबाट परीक्षा सकियो।"

"अब कतिमा पुगिस्"आमाको आशा छोरा परिक्षामा उतिर्ण हुने सतप्रतिशत छ,अनि छोराको कथा छोरालाई थाहै छ।

आमा र छोराको यो वार्तालाप ढोका भित्र र बाहिरबाट चलिरहेको छ।छोराले बर्ष गन्यो१३,१४,१५,१६।हातका औलाले १६जनाउदै भन्यो १६।आमालाई यो स्नातक,अनि यसको श्रेणी बारे ज्ञान छैन।

"आफुले नपढे पनि आफ्नो सन्ततिले पढाइमा सफलता पाउँदा हरेक आमाको आखाँमा हर्षआसु आउँछ।त्यो सफलता आमाका लागि आफ्नो जीवनको नै सर्वाधिक क्षण हुन्छ।गुरुआमाले मलाई यस्तै पढाउनु भएथ्यो,कक्षा ४मा,आमाको बारेमा निबन्ध पढाउदा।आखामा त्यो क्षण नाच्यो।आमाले खाना पस्किदै गर्दा त्यो क्षणमा म विलिन हुन पुगेछु।

"छिटो खाँ कहाँ टोलाएर बस्छ यो केटो।"आमाले यति भने पछि पो म चार कक्षाबाट फड्केर स्रोहमा आइपुगे।

परीक्षा सकिएकोमा मनमा खुसिका छाल यति बढेका थिए कि त्यो बताउन म असमर्थ छु।म लेखनाथको कविता "बालक बबुरो" भन्दै भट्टाउदै खाना सकेर निस्किए।

मलाई त्यो १६ले पो धेरै खिचेर ल्यायो।समझनामा त्यो कखरा पढेका दिनलाई मैले खोजेर ल्याए।सम्झदासम्झदै म त पूराना दिनको ती यथार्थतालाई कथामा परिणत गर्न पुगेछु।हिरो म आफैं।कति मजा आयो यो सम्झनामा।पहिलो पल्ट मनले खाने कलाकारिता देखे जस्तो लाग्यो।
-
अनायास दिमाग कक्षा ६ को एउटा कुनामा गएर अड्डियो।त्यस समय मैले एउटा दाइलाई भेटेथे।धेरै नै पढाइको कुरा गरे पछि मैले ती दाईलाई उहाँको कक्षा सोधे।ती दाइले उल्टो मलाई मेरो कक्षा सोध्नुभयो।

"म ६ कक्षा।" मैले गर्वसाथ आफ्नो कक्षा बताए।

"तिम्रो कक्षालाई डबल गर्दा पनि तिमीले मलाई भेट्टाउनौ" उहाँले बडो गर्वले भन्नुभयो।मलाई बडो हिनताबोध भएथ्यो त्यो बेला।

मैले उहालाई कर गरे पछि उहाँले मलाई उहाँको कक्षा बताउनुभयो।

"तिम्रो कक्षालाई डबल गर अनि चार जोड त्यो मेरो कक्षा हो।"

मैले तत् समय मनमनै कल्पना गरेथे १६कक्षा जसरी पनि पढ्छु।आज म १६कक्षा पुगेको छु।मेरो एउटा लक्ष्य पूरा गरेछु।खुसी लाग्यो जिन्दगी देखि भाग्य देखि अनि आफै देखि।

खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...