सविना कार्कीले कार्यक्रममा किताबका केही लाईन प्रस्तुत गर्दा नै लागेको
थियो,किताबले बजार पिट्छ।किनकि त्यहाँ उपस्थितले पिटेको तालिले कान सायद
यसरी पहिलो पल्ट यसरी बजेको थियो। म पुरै किताब बारे सोच मग्न थिए।किताब
बसमा पढ्न चाहिन,यसकारण कि पहिला समर लभ पढ्दै गर्दा छोड्न सकेको
थिइन।त्यसमाथि किताबको महोलमा तातेको प्रज्ञाप्रतिष्ठानको परिवेश मनमा गडेर
बसेथ्यो।लेखकको त्यत्रो केर्ज गजब्ब लाग्यो। एक सम्मान थियो लेखकको अनि
बढदै थियो नेपाली साहित्य जगत गर्व थियो।
बसमा पुरै डुबेको थिए,त्यो
क्षण समझेर।तब होसमा आइ जब त्यो आकृति देखे भन्छन् नि भगवानले फुर्सदमा
बनाएको। गहुगोरो अनुहार।तर अच्मम लाग्छ मैले देखेको फलाम तान्ने कालो
चुम्मक भन्दा भन्दा बढी आकर्षण क्षमता त्यसमा आयो कसरी? रातो राम्रो भेष्ट
शरिरमा सौन्दर्य छरिरहेथ्यो। चिनजान नभए पनि बोलुबोलु जस्तो। तर बोलु के?
म रत्नपार्क भित्रबाट कान्तिपुर यातायात चढेथे, म भाग्यमानी थिए सिटमा
थिए।बस भरियो, समयको अन्तराल नै न राखि। उनी जमलमा चढेथिन्। तर मलाई लाग्दै
थियो,उनी त्यसै बखत चन्द्रबाट झरे थिइन्। बस यति टम्म थियो कि,त्यहाँ
मान्छेलाई गुन्द्रुक बनाउने कार्य गरिदैछ।तर पनि जसोतसो उनी चढिन।हाम्रो
आखा यसरी जुत्यो कि त्यो दैवले नै चाहेका थिए। नत्र किन एकै पटक हाम्रो
देखादेख हुन्थ्यो? मलाई अलि असजिलो लाग्यो,उनलाई हेर्न आखा मोडे।तर म घरि
घरि उनलाई हेर्थे,त्यो बेला पनि हाम्रो आखाँ चाहि जुधि हाल्थ्यो।तर यसो पनि
हुनसक्थ्यो उनी मलाई लगातार हेरिरहेकी हुन्।यो मेरो कल्पना मात्र पनि हुन
सक्छ तर बराबर एकै प्रकृतिका घटना घट्नु त संयोग मात्र होइन होला?
एक
किताबको बिमोचनमा गएको म।अलि सामान्य भन्दा बढि नै आफुलाई व्यवस्थित गरेर
गएथे।कपाल थियो आजै सैलुनमा मिलाएको,आफु सुहाउँदो किसिमले।करिब एक घन्टा
लाएर। आफुमा छुट्टै आत्मविश्वास आईरहेथ्यो। लाग्दैथियो म सतप्रतिशत
पर्फेक्ट थिए।
उनी थिइन सायद मैले खोजेकै जस्तो।सायद म त्यहि बेला थाहा
पाइरहेको थिए कि मैले खोजेको कस्ति हो भनेर।रुप देखेथे पहिलोपटक तर लाग्दै
म उनलाई पहिल्यै देखि जान्छु।किनकि मन भन्दै छ कि यहि हो आमाले खोजेकी
जस्ती अनि मैले नभेट्याएकी जस्ती।
कसरी यो मन दावा गर्नसक्छ कि ऊ नै
ठिक छे? म महसुस गर्दै गए कि यो नै रहेछ माया, पहिलो माया। राता टीका थिए
निधारमा,घाटीनिरै बियुटि बोन देखिदै थियो। मैले यो हेर्दाहेर्दै थाहा पाउथे
कि ऊ पनि मलाई हेर्दै थिए।अलि सरम लाग्यो।के म त्यो सौन्दर्यको लायक छु?
सौन्दर्य अनुसार नै मन मिल्ने।मन मिले पछि नै हो माया बस्ने।माया बस्न पनि
एक किसिमको बल नै चाहिन्छ।त्यो बल व्यक्तिको सौर्न्दर्य,बानी,व्यवहार अनि
बोलिले उत्पति हुन्छ।म पहिलो चोटि त्यो बल आफुमा महसुस गर्दै थिए।त्यो मेरो
पहिलो माया नै हुनुपर्छ।भन्छन् नि बिना माया किन यति? मलाई उनको सौन्दर्य
समयको अन्तरालसँगै राम्रो लाग्दैछ। उनी कालो छिद्र बनेर मलाई घरि घरि
तान्दैछिन्।उनको त्यो निरन्तरताको हेराइले म यो पनि भन्न चाहिँ सक्छु कि म
पनि उनको लागि अर्को कालो छिद्र नै बन्दैछु।
कहिले काहिँ त लाग्छ समय
पनि अडियोस्। अनि पो माया बस्न पाउथ्यो कि?तर सोचाइमा आफु सर्वश्रेष्ठ भए
पनि व्यवहारत त्यो गाह्रो छ। कहाँ मान्छेको क्षमता त्यस्तो छ।सायद कोहि
मान्छेको हातमा त्यस्तो सामर्थ्य हुदो हो त संभवत बढि भन्दा बढि धर्ना र
आन्दोलन यसैका लागि हुन्थ्यो होला। म उनलाई हेर्दै त्यो आकृतिको गहिरो
नक्सा म मेरो हृदयमा उतार्ने प्रयत्न गर्दैथे।ताकि देखाउन पाउ कि सौन्दर्य
भनेको के हो? यो बादशाको बेगम यस्तो हुन्छे।म त्यहीँ सोच्दैछु त्यहि मध्यम
कद,मध्यम मोटाइ, सर्वोश्रेष्ट सौन्दर्य। रातो कालो धर्कावाला पातलो
भेष्ट।बहुमुल्य मुस्कान।निलो जिन्स।म सोच्दै थिए। त्योे मेरो छेउको मान्छे
उठेर यो कलियुगको महान प्रेमील जोडिको साक्षी बनोस्। एउटा इतिहासको विशेष
व्यक्ति बनोस्।तर त्यसको भाग्य कहाँ? त्यसको अभागि भाग्यको चेपुवामा हामी
पिसियौ। तर कसरी त्यो फुल टिपौ म।कसरी यो दिलमा राखौं। अाखा जुधाइमा
जमिरहेको त्यो बेला गुडेको समय एउटा बिसौनीमा गएर टुङ्गियो।मलाई अभौतिक
रुपमा उनको मनमा जानुथियो।तर भौतिक रुपमा त मेरो गन्तव्य निर्धारित नै
थियो। म जानै पर्दथ्यो।जन्मौ देखि चिनेको मान्छेसँग रिसाएर गए झैँ गरि म
झरे।मन साह्रै रिसायो,किन एउटा परिचय सम्म भएन।
जिवन हो।सदाको हारको
पनि गन्तव्य त एउटा जितमै टुङ्गिन्छ।आसा गरे यो पनि जितमा टुङ्गिनेछ।त्यस
दिनपछि लगातार म त्यो समयको पर्खाइमा त्यहीँ जमल गए।तर त्यो भेट संभव
भएन।अब संभव सायद सुविन भट्टराई कै अर्को प्रेमिल उपन्यासको बिमोचनमा संभव
होला।सायद यो अमर प्रेमको जस उनैलाई पो जान्छ कि?