पहिला देउसी खेलिन्थ्यो, आजभोलि
तास खेलिन्छ। सायद आउने भए जुवा र कौडा पनि हानिन्थ्यो।बिडम्बना
भनौ या जानिएन र जान्ने बनाउने पात्र पनि भेटिएन। कानुनले
बर्जित गर्दा गर्दै पनि यो तास चाहि खेलिन्छ। लुकेर। तर कानुन भन्दा पनि यो एक संस्कार नै होला। स्वस्थानी व्रत कथामा पनि महादेवले
तास खेल्ने प्रशङ्ग उठाएको पाइन्छ। अनि
इतिहासमा पनि चाड पर्व र उत्सवमा जुवाहरु फुकुवा
गरिएको बारे स्पष्ट रुपमा पढ्न पाइन्छ। तर
खेलेर दरिद्रतालाई स्वागत पो नगर्नु भन्ने
उद्देश्य हो सरकारको पनि।सानो खेल रमाइलोका लागि।
भेटघाटमा दोस्रोतेस्रो व्यक्तिको कुरा गर्नु भन्दा तास खेल्नु
सायद राम्रै काम होला।
कानुनको निर्माता र रक्षक त आफ्नो आफै धज्जिया उडाउँदै खेल्छन भने हामी? कानुनत, कानुन त कसैलाई पाखा र कसैलाई पाखा नहुनु पर्ने हो। विधीको शासन नभएको ठाउमा शक्तिको कुरा आउदो रहेछ।उदाहरण यहीँ हेरेर थाहा पाउछु। तर म देउसी भैलो बारे पो मनन गर्दै थिए।
म
नोष्टाल्जिक हुन्छु। त्यो देउसी भैलो।यो रमाइलो भन्दा पैसाका
लागि खेलिने देउसी भेलो। त्यो समूह। कति रमाइलो। म सुनिल बर्देबाको
गित याद गर्छु," कोहि फर्काइदेउ
त्यो बालापन"
* * *
* * *
करिब
दसैंको हाराहारी देखिनै देउसीभैलोका लागि उत्साहित हुन्थ्यौ हामी। टिम फरमेसन त्यति खेर देखिनै थालिन्थ्यो।हाम्रो साथीहरू मध्य कसैको दशैतिहार सिङ्गै बिदा हुन्थ्यो तर मेरो चाहिँ हुदैनथ्यो।म मात्र
साथीहरू मध्ये कतिन धेरै पढ्ने झै गरि नियमित विद्धालय
जान्थे।नजानु पनि किन त्यति त्यो लाग्दथ्यो
त्यो पढाइ आफ्नो लागि भन्दा बुबामाका लागि पढे झै लाग्द्थ्यो।त्यो
उमेरको सोचाइ।सायद अधिकंशले त्यतिबेला त्यहीँ सोच्थे कि?
अलि
सानो उमेरमा म कुनै राम्रै समुहमा भैलो खेल्न गएको याद गर्छु। सायद त्यो बेला रमाइलो भित्रको रस के हो याद थिएन। त्यसैले त्यसको रस
अहिले पनि कल्पिन्छु। म त्यो बेलाको रमाइलोको रस
लिदा जहिल्यै सम्झन्छु त्यो मेरो पहिलो नृत्यको
मेरो पहिलो असफल प्रयास। लाग्छ मलाई सानै देखि नाच्न नआउनेमा
म पर्छु। त्यो बेला मलाई भुवन केसीको सुपरहिट फिल्म नेपाली बाबुको
चर्चित गित " म हुँ नेपाली बाबु" मा
नाच्न भनियो। ठुला दाजुदिदीको समुहले सिकाए पनि।तर
नृत्य मेरो बसको कुरा होइन भन्ने मैेले त्यति बेला नै पहिलो पल्ट चाल पाए।त्यसपछि कहिल्यै मलाई आफु नाचेर दुनियाँ हसाउने हिम्मत गर्न
आएन।
म
आजपनि ती भगवानलाई धन्यवाद दिन्छु।मैले त्यसबेला नाच्नु परेन। सायद त्यतिबेला ती अग्रज र युवा दाजुदिदीलाई आफ्नै लागि समय पुगेको थिएन।
उनीहरू नाच्थे हामी तालि बजाउथ्यौ।उनीहरू
भट्टाउथे, हामी देउसी रे र भैली रे भनेर साथ
दिन्थ्यौ। हामीलाई त्यहीँ नै जिम्मेवारी दिइन्थ्यो।
त्यतिबेला हामी जम्मा दुईदिन देउसी भौलो खेल्थ्यौ।लक्ष्मी पुजाको दिन भैलो
भन्यो।अनि भोलिपल्ट अर्थात गोवर्धन पुजाको दिन
देउसी रे भट्टाउने।तर त्यतिबेला भाइटिकाका दिन
अनि त्यो भन्दा अगाडि र पछाडि देउसी
भैलो खेल्ने हामीमा नियम थिएन।सायद हामीले भट्टाउने बेला
भने झै बलि राजाले हामीलाई अरु समयको आदेश दिएका
थिएनन्।तर त्यतिबेला पनि तराईका केही ब्याडहरु चाही आऊथे हिजोआज जस्तै।सायद तिनलाई चाही बली राजाको त्यतिबेलासम्म खेल्नु भनि आदेश पो
थियो कि?
खै
गणराज्य भै सकेको नेपालमा फेरि बलि राजा आए छन् कि झै लाग्छ।र लाग्छ लक्ष्य भेद नभएसम्म देउसी भैलो खेल्नु भनि नयाँ आदेश पो दिएछन्
कि? जे होस् त्यो समय रमाइलो थियो,आजको
तुलनामा।मलाई महानायकको चलचित्र देउताको गित
"के भन्ने हाम्रो समय" भन्ने याद आयो। हाम्रो समयमा १५/१६ देउसीभैलोको कमाइ। हाहाहा। रमाइलो अहिले आउछ, त्यो बेला पैसा
आउथ्यो।
त्यसपछिका बर्षमा कहिल्यै त्यो जस्तो साँस्कृतिक कार्यक्रम लिएर गइएन।तर
१०कक्षामा त्यसैगरी गइयो। देउसीभैलोको
त्यतिबेलाको त्यो नियम सायद अहिले हारायो कि जानाजान
नामेट पारियो। त्यो बेला भैलो महिलाले र देउसी पुरुषले खेल्ने भनिन्थ्यो।तर आज प्याचअप र ब्रेकअपको टेर्नेड् चलेको समयमा सबै मिलाइसके।सायद नयाँ पुस्ता पुराना भन्दा फरवार्ड हुन्छन् भनेर
भनेको यहीँनेर मेल खान्छ।
त्यतिबेला
प्राय हाम्रो नजिकको टिम फर्मेसन गर्दा म पहिलो
नम्बरमा आउथे।मेरो बिशेषता भट्टाउने थियो। हाम्रो टोली देउसी
खेल्थ्यो।दोस्रो दिन,त्यतिबेलासम्म पहिलो दिनको जस्तो कमैको
घरमा उल्लास भेटिन्थ्यो। तर पनि हामी उल्लासमा
हुन्थ्यौ, अनि जसै घरका ढोका बन्द हुन र बत्ती
निभ्न सुरु हुन्थ्यो हाम्रो उल्लास पनि निभ्न थाल्दथ्यो। अनि हामी पनि गोवर्धन पुजाको विदासँगै तिहारको
उल्लास पनि मेटिएको झै गरि गर फर्कन्थ्यौ।टिकाका
दिन त उल्लास नै हुदैनथ्यो। भोलिपल्ट नै विद्धयालय जो जानुपर्दथ्यो।गृहकार्य
सक्नुपर्थ्यो।
* * *
फेरि
आएको अर्को देउसी टोलीले मलाई बर्तमानमा ल्याउछ। तिनले परेवाको छाति हाम्लाई भयो राति र यहाँ मात्र होइन चौध अञ्चल पच्छहत्तर जिल्ला जानै
पर्छ भने पछि म तिनलाई भैलो भाग दिन्छु।
अन्तिममा भट्टाउनेसँग केही सवालजवाफ गर्छु।
"भाई, सामाजिक शिक्षामा त कमजोर रहेछौं नि। देशबाट
अञ्चल बिस्थापित भइसक्यो अनि जिल्ला पनि ७७
हुन लागि सक्यौं है, फेसबुक अपडेट गर्दा
जिके पनि अपडेट गर्ने गर्नु।"
भाइ
हासेर सवालजवाफ बाट हटेर आशिष दिन्छ, यो घरैमा लक्ष्मीले बाँस गरुन्,
छोराछोरी
एसएलसी पास गरुन्।
"भाई फेरि एसएलसी के भनेको एसएलसी त एसईई भई सक्यो।फेरि अब हाम्रो
घरमा त्यो परीक्षा दिन बाकी कोही पनि छैनन्।"
भाईहरु
ललल पिएचडी पास गरून् भन्दै हिडे।
म
पुन पुराना दिनमा पुग्छु।हामी पनि त्यसैगरी आशिष दिन्थ्यौ।तर अाज मेरा ती साथीहरू?
ऐऐऐ!
म मात्र पो रहेछु त यो देशमा।साथीहरू कोहि त कुन अधिराज्यमा, कोहि कुन साम्राज्यमा अनि कोहि कुन गणराज्यमा।म गित धेरै सुन्ने मान्छे
साच्चै यमबुद्धको गित याद आउछ यतिखेर,
"साथी निकै नै एक्लो छु अहिले।