Friday, September 7, 2018

फिल्म जस्तो जीवन


मलाई उनको  घर नौलो थिएन। पहिला नबोबुद्ध जाने बेला देखाएको थिई। 
"विकास ससुराली जाने कि?" आशिषले देखाउदै भनेको थियो।
म मुस्कुराउन पुगे छु। 
"केटो बहादुर छ, प्रेमिकाको बिहेमा पनि हास्छ।" निराजनको आवाजले म विउझिन्छु।
उसको जीवन बन्दै थियो, म किन रुने। 
"यस्तो त भइ नै रहन्छ जीवनमा, माया बस्ने, टुट्ने। सबै प्रेमीकालाई दुलही बनाए त, कस्ले पाल्ने फेरि।"
भन्न त भनिदिए, भन्नलाई मात्र।
"भो गफ नदे, हाम्ले पनि देख्या छौं, कस्को मनमा के भएको छ।" गोविन्द कड्कियो।
केहि बेर मौनता।
कि भगाउछस् त केटा। हामी जिल्ला प्रहरी कार्यलय, धुलिकखेलको सामुन्नेमा थियौ। मलाई प्रहरी देखि पहिल्यै देखि डर लाग्ने। पुलिस आउछ भने पछि, मलाई बच्चामा पनि पुग्थ्यो। 
"म मौन भए। तँलाई सहयोग गर्ने हामी छौं।" आशिषले भन्यो।
केटिहरुको एउटा झुण्ड अलि अगाडि थिए। हामी जिल्ला समन्वय समितिको कार्यलय अगाडि उभिएका थियौ।
मलाई झल्यास्स याद आयो, उसले हामी नमोबुद्ध जाने बेला मलाई भनेकी थिई, हामीले भागेर बिहे गरेपछि यहि आएर बिहे दर्ता गर्नुपर्छ है।
मैले उसलाई आजभोलि बिहे दर्ता स्थानीय तहमा नै हुने बताएको थिए।
"केटो कि आँट आउदैन?" -गोविन्द।
"खालि बच्चाको जस्तो माया", आशिषले बिझ्ने गरेर भन्यो।
"मलाई साच्चै नाटक गर्न आउदैन, यार।  फेरि माया पनि झुटो हुन्छ म मान्दिन।तर म के गरु यार।बल्ल ब्याचर पास छु। जागिर छैन। एउटा एनयारएन आएर, एउटै मुटु पनि लान लागे जस्तो लागेको छ। फिल्म जस्तै भयो यार मेरो जिन्दगी पनि।"
"तँ आटछस् र तेरो माया साचो हो भने अर्को फिल्मी सिन हामीले पनि रचौँ।" 
केटा हो केही खाएर जाऔँ है, अगाडिबाट सम्झनाले भनि।
"हुन्छ तिमीहरू हामीलाई पनि अडर गर्दै गर हामी आउछौं", आशिषले चुरोट खाएर आउने इसारा गर्दै उत्तर दियो। 
हामी १००० सिढी जानेबाटोमा उभियौ।
भो, यसले आँट्न गाह्रो छ, एक पटक पार्वतीलाई सोधु के भन्छे। म फोन गर्छु, यहाँ सप्राइज छ बनेर है, यहाँ बोलाउछु। स्कुटरमा आइ त हाल्छे, पाँचसात मिनेटमा।
               -*-                  -*-                 -*- 
खाजा खाएर हामी जिल्ला समन्वय समितिको कार्यलय अगाडिएको बाटो पारिको रेलिङ्गमा बसेका थियौ। ऊ आई। हसमुख थिई। मलाई देखेर यो हासो हरायो। ऊ मसँग पुरानो तरिकाले प्रस्तुत भइन। पुरै औपचारिक बनी। मलाई त्यहाँ बस्न अप्ठ्यारो लाग्यो। तर बाध्य भए।
"पार्वती भाग्ने हो?" सम्झनाले सिधै सोधी।
केटाहरूले सबै कुरा केटिहरुलाई बताएका थिए।हामीलाई भगाउन, केटिहरुको ग्रुप पनि तयार थियो। "अँ अब धेरै ढिलो भइसक्यो। मैले पहिल्यै उसलाई भाग्ने भनेको थिए। तर विशाल, साह्रै कमजोर रहेछ। अब हुन्न।"
"अब के तँ विशाल बिना जीवन भर खुसि हुन्छेस् त।"
"हुन् प्रयास गर्छु। प्रयासले त हो सफल भइने।"
"भो आदर्शको कुरा नगर, यत्ति बता कि तैंले विशाललाई गरेको प्रेम साँचो हो या होइन।"
"तिमीहरू आज साथी नभएर, कोहि मलाई उक्साउन आए जस्तो लाग्यो।"
"तेरो कहानी बनाउन आएका हौं।"
"मलाई केही बनाउनु छैन अब। अब जे भन्छ त्यसैमा सहमत छु म।"
सवालजवाफ चलिरह्रयो।म सुनिरहे। मेरो मौनतामा पार्वतीले के बुझेकी छ, म अन्जान छु।
म एउटा कुरा विश्वस्त छु कि व्याच्लर पछिको त्यो भ्रमणमा बिहे दर्ताको विषयमा मेरो मनले बुझ्छ, उसले त्यतिबेला नै भाग्ने कल्पना गरेकी रैछ।
तर म मात्र ठुलो भएको रहेछु। केही मानसिक, केहि साङ्केतिक कुरा बुझ्न असमर्थ रहेछु। के यस्तो मान्छेलाई उसले छान्नु राम्रो होला।
"विकास, तिमी मलाई कस्तो जीवन दिन्छौं?"
"मैले त ठुलो सपना साँचेको थिए। मेैले स्नातकोत्तर एमविएस र एलएलबि एकै पटक गरिरहेको थिए। सबै उसलाई जानकारी छ। केहि बर्ष पछि भए म तिमीलाई राम्रो जिन्दगी दिन सक्छु। मेरो करिअर अझै बाकी छ।"
"तिमी मलाई भगाउन सक्छौ?"
मलाई यहीँ त डर छ, मसँग आज यहाँ केहि छैन्।
"यसले आँटदैन, पारु। तिमीले आटँले यसले गर्छ। तिमी नै हौं, यसको आँट, भरोसा। तिमी भए, यो एउटाको जीवन बन्ला, नत्र कुन्नि?" गोविन्दले पार्वतीलाई मनाउने कुटनित लगायो। 
"ल, मानौ हामी भागौ रे, भागेर कहाँ जाने।"
"त्यो मैले मिलाउछु।" तिमीहरू आज राति भाग्न सक्यौं भने भोलि बिहान बर्दिबास गएर बस्नु। तिमीहरु त्यहाँबाट झापा जानू। त्यहाँ मेरो मामाको छोराको एउटा कम्युनिकेशन कर्नर भन्ने छ, दाईले मलाई चला भन्दै थिए, त्यो तिमीहरू चलाओ। पैसाको चिन्ता नगरो। म मिलाउछु। फेरि विकासलाई हार्डव्यरिङ्ग, सफ्टव्यरिङ्ग पनि आइ हाल्छ, क्या रे। अब काठमाडौंको कोठामा म छदैछु। म तिमीहरू दुबैको कलेजमा परिक्षा दिन मिल्ने व्यवस्था बनाइदिन्छु।"
"मेरो घर-परिवार। मलाई के भन्छ त्यो सबै जन्ति पट्टिकाले?"
"पहिला  जिन्दगी जस्तो फिल्म   हुन्थ्यो, अहिले फिल्म जस्तो जिन्दगी।" बर्षाले ठट्टा गर्दै भनि।
पार्वती र म बाहेक, बाकी छ जना सबै नै हासे।
"अब भाग्ने कसरी हो।" शिक्षाले पनि बोली।
"भाग्नेहरु पहिला तयार त हुनु पर्यो नि।" विशालले भन्यो। 
"पार्वती, बाबा-आमा सबैले एक दिन छोडेर जान्छन्। तँलाई केहि समय आमाबाबाले पनि हेला गर्लान्, तर पछि सबै मिल्छ। धेरै भन्दा धेरै हस्तिहरुको पनि भागेर बिहे भएको छ। मदनकृष्ण श्रेष्टकको कथा तैले पढेकी छस्। अरु यस्ता कैयन इतिहासहरु छन्।" बर्षाले पनि पार्वतीलाई सम्झाई।
"अरुहरु बिहेको अगाडी भागेका छैनन् नि त, वरिपरिकाले, नाताकुटुम्ब, इष्टमित्रले के भन्छन्। यत्रो खर्च भएसक्यो।"
"जिन्दगी तेरो, तैले अर्काको लागि बाचेकी होस् र? छोडदे सब। तेरो इष्टमित्र नाता गोता सबै हामी अब।"
पार्वतीले मलाई हेरिरहेकी थिई।
"विकास, साह्रै सोझो छ, थाहा छैन तेरो बिना यसको जीवन कस्तो हुन्छ। तँ भए यसको पनि जीवन, जीवन जस्तो बन्ला, नत्र भन्न सकिन्न।"
आशिष मेरो रुम पाटनर्र भएर हो या पार्वतीलाई फकाउन यस्तो भनिरहेको छ। 
हामी बाटोमा बसेर कुरा गरिरहेको पनि करिब दुइ घन्टा भयो होला। 
पार्वतीले मलाई हेरेर भनि के गर्ने?
म मौन।
"कसरी भाग्ने त हामी।" पार्वतीले मलाई हेरेर अडिक भएर प्रश्न गरि।
पार्वती मात्र मेरो लागि, आफ्नो सब त्याग्न तयार भई, तर साच्चै म तयार भएको थिइन। मानसिक रुपमा
तर केहि आट भने पलाएको थियो।
आशिषले भन्यो, मेरो एउटा साथी बनेपा बस्छ, हरि।त्यसको बाइक छ। म त्योसँग बाइक मागेर तिमीलाई लिन राति यहाँ आउछु, ११ बजेतिर। तिमी अलि सन्चो नभए झै गरेर आज छिटै सुत्न जाउ।बिहेकी बेहुलीलाई एक्लै नछोलान। त्यो तिमी म्यानेज गर्नु। ११ बजे म यहीँ हुन्छु। तिमीलाई म करिब एक घण्टा कुर्छु।तिमी आएनौ भने म बुझ्छु कि तिमी परिवर्तन भयौ भनेर। 
"ल ल भो अब हामी जाम्, बिहे घरतिर। अब ढिलो हुन्छ।" सम्झना फेरि हतारमा कुरा गरि।
"विकास, भो तँ बिहे घरमा नजा। भोलि हामी बिहान बिहे घरमा जादा हामीलाई पनि सङ्का नहोस्।" आशिषले भन्यो।  
"ला त होटलमा गएर बस्।" उसले चाबि दिदै भन्यो
म होटलमा गएर बसे। रात पर्दै गएको थियो। मेरो मनमा बत्ति धिपधिप गर्दै थियो। म मेरो घर छिमेकमा राम्रो छाप भएको व्यक्ति। मैले पार्वतीलाई भगाएर लग्दा समाजले मलाई हेर्ने दृष्टि कस्तो होला, अब। 
म अझै दोधारमा थिए। मैले सोचेको मेरो जिवन कति खुसि र सरल थियो। अब पाइला, कठिन बन्दैछ। जिवनमा कहिल्यै भार उठाइएन। कहिल्यै सोचिएन जिवनमा यति गह्रौको पनि सामना गर्नुपर्छ भनेर। म मानसिक रुपमा पूरा कमजोर हुन पुगे।
हामी पाँच बजे छुट्टिएका थियौ। आठ बजे सबै आए। सबैले मलाई सम्झाए। 
तैले सोचेको जिवन, अलि सरल थियो होला। तर सोचाइ र भोगाई बिच कोसौको भिन्नता हुन्छ। यदि तेरो जिवनमा पार्वती हुन्न भने तेरो जिन्दगी कस्तो हुन्छ, त्यो हामी कल्पना मात्र गर्न सक्छौ। तँ जे देखिन खोज्छस्, त्यो तँ छैनस्। तँ धेरै सोझो छस्। तँ तेरो घर परिवारलाई  लिएर आत्तिएको पनि छस् होला। सबै बिस्तारै मिल्दै जान्छ, ढुक्क बन। हामी आउछौ झापा, छिटै। यता पनि मिले सम्म मिलाउछौं। तँ मात्र नआत्ति।तैले के आँट गरेको छस् र? पार्वतीको भोलि बिहे छ, आज तँलाई भगाउदैछे। सम्भवत कमै हुन्छ होला यस्तो। 
आशिषले बाइकको व्यवस्था गरेर आयो। अनि अर्को
खुसिको कुरा आज उसको धुलिखेलको घरमा कोहि पनि छैन रे। ऊ मात्र रे। अनि भोलि विहान चार बजे नै उस्को गाडि बर्दिबास जाँदै छ रे। 
हामीलाई सबै कुरा मिलिरहेको थियो।हामी सबै होटलबाट गाडि रिजर्भ पाइयो, अब काठमाडौं जाने भनेर हाफ पे गरेर फर्कियौ। 
हामी केयु नजिकको हरिको घरमा गएर बस्यौं। चार कोठा, सात जना जम्मा भएर गफियौ। गफिनु त एउटा नाम थियो। हामी त ११ बजेको पर्खाइमा थियौ। 
आशिष जान त गयो, तर डर थियो। पार्वती आउछे या आउन्न। फेरि पुलिसको एरिया छ, यति राति के- कस्तो समना आइपर्ने हो। त्यहीँ पुलिसको डर लाग्छ। १२ बजे तिर आशिषले फोन गर्यो "खै यार, अत्तोपत्तो छैन। फोन पनि लाग्दैन। यो कथामा बरु फिलिम चाहिँ बन्ला जस्तो छ। विशाल र पार्वतिको कहानीमा पुर्ण विराम लाग्ला जस्तो छ।"
सबै हामी सुन्यमा बिलायौ। त्यो कल्पनाको। त्यो कोलाज, निमिट्यान्न भयो। हामी सबै गम्भीर भयौ।
करिब १ बजेतिर बाइक आयो। सबै बाहिर हेर्न निस्कियौ। कोहि छैन्। बाइकलाई फलो गर्दै अर्को बाइक आयो। केटा छ, त्यसमा। को हो त्यो, केहि अत्तोपत्तो छैन। त्यो पनि आशिषसँगै भित्र छिर्यो। 
कालो बाक्लो जुङ्गा भएको मान्छे। काउबोई ह्याटले मुख छोपेको छ। ओभरकोट भिरेको। बुट जुत्ता लगाएको मान्छे हामीले चिनेनौ।
पहिरन उतर्दा उदार्दै मान्छे चिनियो। पार्वती। 
हासी फिस्स। "यो हिरोइनको कथा हो है, हिरो" मलाई हेर्दै भनि। 
"किन यस्तो।"
"यति राति छोरी मान्छे एक्लै आउन गाह्रो पर्दैन र। फेरि यो बाइकले राम्रो काम गर्यो। मेरो बच्चा देखिको साथी छ, अजय उसलाई सबै सुनाए।उसले मलाई उल्टै सुरायो बाइक र पोसाक पनि उसैको। हाम्रो घर दुई घर तलमाथि।" उसले एकै सासमा सबै सकि।
अब अात्तिन पुगे। अझै मलाई सम्झाए सबैले। पार्वतीले यति सम्म गरिसके पछि, म पछि हट्न हुन्न म बिस्तारै बुझ्दै गए।
तीन बजेतिर आशिष र गोविन्द, दुइजना दुइटा बाइकमा गए। अजयको बाइक पुर्याउन। अजय चार बजे आउने कुरा छ। उसको पनि बाइकको कहानी बनाउनु छ।
चार बज्यो। हामी पनि दोबाटो पुग्यौं। गाडी आयो। हामी गयौं। हामीले गाडिमा भर्खर भागेको जोडि जस्तो कुरा गरेनौं। किनकि ड्राइभलाई सङ्का लाग्न नदिने कुरा भएको थियो। उसको सिँउदोमा मैले सिन्दुर भरिदिएको थिए। लगनको दिन भनेर। हामीले बिहेपछि पहिलोपल्ट जानकी माताको दर्शन गर्न जान लागेको कुरा गर्दै थियौ। ड्राइभ पनि हामीलाई देखेर खुसि नै थियो। हामीले हाम्रो बिहे बैशाखमा भएको बतायौ। आज कृष्ण अष्टमीको लगन भरेको कुरा हामीबाट बाहिर गएन।
       -*-              -*-                 -*- 
पार्वती हिमालयकी छोरी पार्वती भन्दा राम्री थिई।कम्तिमा मेरा निम्ति। उसलाई मैले पहिलोपल्ट सरस्वती क्याम्पसमा भेटेको।  म अलि जेहेन्दार विद्यार्थी थिए। नियमित विद्यार्थी। कक्षामा नोट बनाउने एक मात्र विद्यार्थी। पार्वती मलाई राम्री लाग्थी।तर मसँग त्यो समर्थन थिएन कि म उसँग बोल्न जाउ। ऊ विस्तारै मसँग बोल्न आउन थाली। घरि केही सोध्ने बहानामा, अनि घरि नोट माग्ने बहानामा। ऊ मसँगै नियमित हुन थाली। ऊ मैपि बस्ने, म मनमैजु। हामीसँगै आउने जाने गर्न थाल्यौ। म आशिषलाई बहाना बनाएर रुमबाट एक्लै निक्लन थाले। हामीलाई सबैलाई जिस्काउन थाले। बिना "पर्पोज", "बिना आई लभ यु" हाम्रो माया बस्यो।    
            -*-            -*-            -*-   
हामीलाई ड्राइभ दाइले अब आए पछि, बुडासुब्बा पनि जान सम्झाए। "अब बच्चा नहुन जेल त हो, नत्र त न्यायाधीश बन्दै जीवन बित्छ।"
हामीले सल्लाहलाई हुन्छ मात्र भन्यौ। तर हामीले हाम्रो यात्रा पुर्व निर्धारित कार्यक्रम अनुसार गर्नु थियो। हामी सिधा बर्दिबासमा उत्रियौ। अनि बस पर्क नजिकैको रामलखन मिठाइँ पसलमा खाजा खायौ। हामी खाजा खाएर निक्लिदा करिब ११ बजेको रहेछ। हामीले हाम्रो समयलाई रोक्न चाहेनौ, हामीले बस पार्कबाट सिदा उर्लाबारी बस पर्क सम्मको टिकट लियौ। गाडि ११:३० मा छुट्यो। हामीले बर्दिबासबाट हाएसको टिकट लियौ। हामी पाँच घण्टाको यात्रामा उर्लाबारी बस पार्क पुग्यौं।
गााडीमा म कमै बोले। पार्वती मलाई अझै सम्झाइ रहेकी छे। हामी दुवैको फोन पुरै अफ छ नत्र कति फोन आइसक्थ्यो होला। मैले त्यहीँ फोन चलाउने र उसले नम्बर फेर्ने हाम्रो पुर्व निर्धारित तालिका छ।
हामीले उर्लाबारी बस पार्कबाट ढिला नगरी, अटो लियौ। हामीलाई सिमोन होटल पुग्नु थियो। हामी उर्लाबारीबाट उत्तरको बाटो लाग्यौं। अटोबाट चियाउदै मैले बहेति कुञ्ज नियाले। मलाई आज कुनै पनि चिजले तानेको छैन। मैले ओटाडि बस पार्क नियाले मात्र बस अब यो क्षेत्रको बासिन्दा बन्दा चिन्नु पर्ने भएर। हेर्दाहेर्दै हामी सिमोन होटल पुग्यौं। मैले पहिलोपटक फोन अन गरे, गोबिन्दले दिएको फोन नम्बरमा फोन गरे। अविनाश हामीलाई लिन आयो, हाम्रो त्यो दिन र अर्को दिनको बसाइँ त्यहीँ सिमोन होटलमा हुने भयो। अविनासले आफ्नो पसलसँगै उसको डेरा पनि हामीलाई जिम्मा लाउने रहेछ। हामी एक रातको निद्रा र एक दिनको यात्राले थाकेका थियौ। हामीले सादा खाना खाएर त्यो रात वितायौ। 
मैले अझै आफैलाई विश्वास गरिरहेको थिइन। जिन्दगीमा आउदो रैछ यस्तो पनि दिन... गित झै मेरो जिन्दगी भइरहेको थियो।
मैले भोलि पल्टबाट नै पसलमा काम सुरु गरे। अविनासले मलाई त्यो ठाउँमा सहज हुन औधी मद्दत गर्यो। म यसको न सावा तिर्न सक्छु न त व्याज। खुनको बदला खुन होला तर गुनको बदला केही हुदैन।
उसले मलाई कोठा खालि गरिदिए पनि केहि दिन त्यहीँ बसेर सहयोग गर्ने भयो। यो दिल हो, दिल भए पछि नै मान्छे पनि भगवान बन्ने। मैले केही दिन पछि पत्तो पाए उसले पनि भगाएर नै ल्याएको छ। उसको श्रीमति जापान रहिछ, ऊ पनि अब जापान जाने रे। हामी केही दिनमा नै गहिरो मित्रतामा गसियौ। सानोमा मलाई मेरो कोहि साथी देख्यो कि मीत गास्न हजुरआमाले भन्नुहुन्थ्यो। मैले सोचे मीत पो गास्नु पर्छ कि? तर कुनै नाता बेगर हामी यति मिल्दै छौ भने त्यसमा केही जोड्दा या घटाउदा त्यो नमिल्ने हुनसक्छ। सम्बन्ध पनि सन्तुलन हुनुपर्छ र हुन्छ। रहिआएको सम्बन्धमा केहि बढ्दा या घटाउदा त्यो फरक हुन पुग्छ।सम्बन्धको गणितीय सिद्धान्त यहीँ हो। मैले यहीँ माने।
उताबाट साथीहरूको फोन आएको थियो।दोस्रो दिन नै, पार्वतीको घरमा साह्रै दया लाग्दो भयो रे। उनीहरूले यो कुरा मलाई मात्र भने, पार्वतीलाई भनेनन्। उसले कल्पना गर्न सक्ने जति भने। उसलाई सरापेको बने।गाउको नै अर्की केटि खोजेर जन्ति फर्क्यो रे। 
बाबाआमालाई कति पिर पर्छ, त्यो म जान्दिन तर यो पक्कै पनि सानो पिढा हुदैन। म कल्पना गर्न सक्छु। म के हो, सत्यवति जित्ने महादेव र मेरो तुलना हुनसक्ला, म विचार गर्छु। म त्यो पिढिमा कुनै पनि दिन टेक्न सकौला? यस्तै सोचले मलाई थिचिरहन्छ। पार्वती मलाई सम्झाइरहन्छे।
      -*-                -*-                 -*-
मैले पार्वतीसँग भागेको तेस्रो दिन घरमा फोन गरेर, झापामा काम पाएको जानकारी दिए। मैले सबै कुरा लुकाए। त्यो साल दसैंमा पनि अफिस छुट्टि नपाएकाले घर आउन नसकेको जानकारी दिए। घरमा मेरो नियमित कुराकानी हुन्छ। तर मैले कहिल्यै घरमा बिहेको कुरा गरिन। जहिल्यै मैले ढाँटिरहे। जब घर जान्छु तब सब बताउछु भन्ने छ। 
-*-                       -*-                         -*-
"यो कथा त फिल्म जस्तो भएन।" जजले भने।
"म पनि पहिला हिरो बन्ने सोच्थे सर। तर फिल्मको हिरो नभए पनि कतैबाट हिरो र कतैबाट भिलेन बने।"
"यो पत्याउन हामीलाई गार्‍हो पर्यो, त भाइ।"
मैले सम्झनाले त्यतिबेला भनेको वाक्यांश सम्झेँ, "जीवन जस्तो फिल्म बन्न सक्छ भने फिल्म जस्तो जीवन बन्न सक्दैन र? मसँग पूरा प्रमाण छ। अरु जीवन बाट प्रेरित भएर फिलिम बनाउछन्। म फिलिम बाट प्रभावित भएर जीवन बनाउनेमा परे।"
"हुन्छ भाइ हामी तिमिलाई सम्पर्क गर्छौ। " म बाहिर निस्के।
तिजको उपलक्ष्यमा उर्लाबारीमा आयोजित, प्रेम कथामा मैले आफ्नो प्रेम कथा पहिलो चोटि प्रस्तुत गरे। मलाई साह्रै हलुङ्गो भयो। राम्रो कथालाई पुरस्कार सहित त्यसमाथि फिलम पनि बनाउने रे। मलाई त्यसमा केही लोभ छैन, तर आज म हलुङ्गो भएको छु, आफ्नो कथा बताएर

Thursday, June 14, 2018

उसँग एकछिन

"कति लेखे सुनेर कति देखेर। कतिले पढे कतिले बेवास्ता गरे। तर आफ्नै कथा अँह कहिल्यै लेखिएन। म कहाँ आत्मकथा लेख्नु।त्यो हैसियत आजसम्म बनेको छैन। "
"के हैसियत नभएकाको कथा नै हुदैन?"
प्रतिप्रश्न मलाई जहिल्यै गार्‍हो लाग्छ। म कसैको प्रश्नको जवाफ दिन लायक पनि लाग्दिन।साच्चै म लायक के मा पो छु हौ ?" खै कहाँबाट पुर्वेली लवज गुन्जिन्छ मेरा मनमा अन्तरहृदयबाट।
"कथा सबैको हुन्छ, त्यो सबैको कथा लेखेर बस्ने हो भने नि, मेरै कथा रैछ भन्ने एउटा टेन्ड्र बस्छ।पछि कथाको पनि आयतन घट्छ।पाठक पनि घट्छन्। अनि हामी नालायक पुस्तामा परिणत हुन्छौं।
 "तिमी किन आज यति बिघ्न कठोर भएको, के तिमीलाई समयमा विश्वास  छैन? समयले जन्माउछ सबैलाई वस्तु, बिषयलाई। हिजो पनि श्री कृष्ण चरित्र भन्दा बढि गाथा भएका किताब थिए होलान नि? खै आज कृष्णचरित्र नै सर्वाधिक चर्चित छ।"
"तिमीसँग बोलेर कस्ले सक्नु नि है? के तिमीहरु यति बिघ्न कसरी ज्ञानी भयौं नि? कि महागरु फाल्गुनन्दको आशिष सम्पूर्ण पुर्वेलीमा छ।"
"बल्ल याद आयो पुर्वेलीको सँगतले पुर्वेली लवज पनि टिपिएछ। ठिकै भनेका रैछन, धुर्वचन्द्र गौतमले 'अलिखित'मा "भाषा सिकाउने हो भने प्रेम गर्न लगाउ, उसले आफ्नो भाषा बिर्सेर भए पनि प्रमिकाको भाषा सिक्छ भनेर।"
फाल्गुनन्दनको आषिश त सम्पूर्ण पृथ्वीवासीमा छ। हामी पुर्वेलीमा जन्मजात नै भाषिक चेतना जगजाहेर आउछ, हामी सांस्कृतिक चेतना लिएर आउछ।
यी पुर्वेलीहरुमा साँच्चै कति गहन माया छ नि? सबै जना हामी पुर्वेली भन्छन्। किन पश्चिमीमेलीमा त्यो भावना आउदैन्। हामी मध्यपश्चिममेचि, हामी सुदुरपश्चिमेली किन सुनिदैनन् ?
ऊ एकोहोरो बोलिरहेको हुदि रहेछी मेरो मन कहाँ सोचिरहेको हुदोरहेछु। साच्चै मेरो  दिमाग हिजोआज किन एउटै कुरामा ध्यान लाउन सक्दैनन् कुन्नि? पुर्वेलीसँग केही उपाय छ कि?  तर यो प्रश्न समय सान्दर्भिक मलाई लाग्दैन। उल्टो ऊ रिसाउन सक्छे। ऊ बोलिरहदा उसको अपमान गरेको ठानेर। म अझै टाउको हल्लाइरहेछु, बल्ल चेत पलाउछ उसले मेरो दिमागी हालतको केही सङ्केत धरि पाएकी छैन। धन्य भगवान तिम्रो लिला। ऊ अझै बोलिरहेछे। ऊ पुर्बेली भएर हो वा स्त्री भएर उसको बोली मलाई मीठो लागेको? कुनै दिन कुनै मनोविद्लाई प्रश्न गर्नुपर्ला।
मलाई कुनै नेपाली फिल्मको गित याद आउछ र म मोडिफाड गरेर उसलो अगाडि गाइदिन्छु
पश्चिमको यो ठिटोलाई पुर्वकी ठिटी मन पर्यो
मेरि माया पश्चिम नजाने म पनिलिएर त पुर्व नजाने...
ऊ केही रिसाउछे। तिमीले मलाई फ्लट गरेको हो?
"म तिम्रो लायक छु र?"
अर्को गित गाइदिन्छु-
"तिमी त जुन आकासको तारा झै
म जुनकीरी भुइको किरा झै..."
"तिमी अलि धेरै बोल्ने रैछौ।"
"तिमी भएर हो।"
"आइन्टाइनको सापेक्षतावादको सिदान्तले नै यहि भन्छ रे त? तिमी विज्ञान पढेकी होइनौं?"
"मैले के गरे सबै तिमीलाई थाहा छ त। के तिमी यस्तो होइन भन्नु पर्छ।" ऊ अलि पारा निकालेर बोल्छे। मलाई उसले अलि बढि ध्यान दिए झैँ लाग्छ। केटि राम्री होइन धेरै राम्री हो मनले यहि निर्क्योल निकाल्छ। घरजम जम्ला त?
म सोचि नै रहन्छु। ऊ के के बोली नै रहन्छे। म टाउको हल्लाइ नै रहन्छु।
"तिमी मलाई गिफ्ट दिनु परे कुन किताब दिन्छौं?" उसले सोधेको प्रश्नमा मेरो मस्तिष्कले उनलाई समय दिन आवश्यक ठान्छ। बढो गजबको छ मेरो मस्तिष्क पनि, धन्यवाद यार।
"म, पागल वस्ती।"
"किन?"
"मायामा पागल हुनेहरुका लागि बाच्ने कला सिकाउछ त्यो किताबले।म पनि हिजोआज पागल भएको छु, कसैको मायाले। यदि मायाले छोडिन भने त जोगी नै पो हुन्छु कि जस्तो पो लाग्छ त हौ।" म उनको लवजलाई पुर्णरुपमा प्रयोगमा ल्याउन अभ्यस्त भए झै लाग्छ।
"पागल प्रेमी।"
"कसले बनायो सोध्दैनौ।"
"होली नि कुनै किच्कन्नी।"ऊ कुनै वास्ता गर्दिन मान्छे चिन्न।तर मलाई यो किच्कन्नी शब्द अलि राम्रो लाग्दैन। तर महिलाको शत्रु महिला नै हुन्छ भनेको चाहि हो जस्तो लाग्छ।
"के म तिम्रो लायक छु।" सिधै सोधिदिन्छु।
"हावा।"
साच्चै यो केटिहरुको साइकोलोजी पढ्न पाए, मैले धेरै केटाहरूको कल्याण गर्ने थिए हाला है? आफैलाई प्रश्न गर्छु।
"होइन म बुझ्न खोज्दैछु, केटिहरुले कस्ता केटाहरु खोज्दा रैछन् भनेर। एउटा किताबको प्लट निर्माण गर्दैछु।"
"सोधन आफ्नी प्यारीलाई।"
"तिमी हुदाहुदै अरुलाई सोध्न मन लागेन। साधमा प्राकृतिक रोज हुदाहुदै म कुनै पसल किन धाउ?"
"मतलभ।"
"आजसम्म माया लाउने साथ दिन्छु भन्ने नै आएनन्।" अलि सिरियस पारामा मैले उत्तर दिदाँ उसले मलाई दिएको ध्यानले मलाई औधि खुसि दियो। उसको सङ्लो अनुहारमा पनि उज्यालो थपियो।
"गफ दिने नि सिमा हुन्छ नि यार।"
"तिम्रो कसम।"
"भो भो टपिक चेन्ज।"
"मेरो उत्तर।"
"कुन।"
"केटीहरुले कस्ता केटा खोज्छन्।"
"किन।"
"भने त कथाका लागि।"
"उसउसउस!किन कुनै केटिलाई त्यहीँ पारामा इम्प्रेस पार्न।"
केटीहरु होइन तिमीलाई इम्पेस पार्न भन्न मन थियो तर भनिन। "केटिहरुको साइकोलोजी एकै हुन्छ र?" यति बोली दिए। बुझ्नेलाई इसारा काफी हुन्छ।
"मलाई के थाहा?"
"तिम्रो रोजाइ।"
"मेरो भन्नु पर्दा अलिअलि रोमान्टिक, अलि अलि रफ, मलाई समय दिने, अनि धेरै व्यहारिक।" मेरै बारेमा भने जस्तरी उसले भनि।
"म जस्तै।"
"तिमी पनि केही हद सम्म ठिक चाहि छौ है।"
संभवत ऊ पनि मलाई माया गर्छे झैँ भान हन्छ मलाई तर किन भन्दिन ऊ।
मलाई नाई नभन्नु ल को डाइलक याद आउछ म्रो"तिमीले भनौली मैले नसुनै होला।" जुन दृश्यमा म रोएको थिए। रोएको होइन रुन बाध्य पारेको थियो त्यो प्रस्तुतिले मलाई। मैले यहीँ उसलाई बताइदिए।
हाहाहा, ऊ मजाले हास्छे। मलाई त्यहीँ मन पर्छ उस्को। मलाई हिजोआज उसको हर चिज मन पार्न थालेको छ। किन लेखकले यस्तो लेख्छन् भनेको त यस्तो पो कारण रहेछ।
हाम्रो अडर आइपुग्छ। उसको रेन्बो म:म: हेर्दै खाउखाउ लाग्ने, बफले रुवायो। ऊ मेरै भई भने पछि के गर्ने , प्रश्न आफैलाई?
ऊ मुखमा म:म हाल्छे। मेरो भेट स्टिम अझै आउदैन्।
"म उसलाई पुन प्रश्न गर्छु, किन केटीहरुले कहिल्यै प्रेम प्रस्ताव राख्दैनन्।"
ऊ मुखको म:म निलेर उत्तर दिन्छे, "कस्ले भन्यो म त मन पर्यो भने गरिहाल्छु।"
यो नाटक हो कि यथार्थ मलाई जान्नु छ। मेरो अडर पनि आउछ, तिब्बत बाटै ल्याएछ कि खुबै मुस्कान सहित आउछ त सोल्टी त।
म मौन बसेरै खानमा ध्यान दिन्छु ताकी उसले मलाई बोल्न सहज पारोस्।जो सुकैले जे भने पनि केटिले कुनै केटा मन पर्यो भने यो मन पर्यो भन्दै भन्दैन्।म मनमनै दावा गर्छु।के साच्चै उसले मलाई मन पराउछे।
ऊ बाध्य भइ र बोली, "ए! तिमी आज कुन किताब किन्ने रे?"
"नगरकोटीको 'ज्ञ'।"
"ए नगरकोटीको, अलि भल्गर लेक्छन् नि नगरकोटीले।"
मिटो पुर्वेली यहि हो "नि" जोड्ने मलाई मन पर्छ यहि पारा।
"हाहाहा मलाई त भल्गर नै केही लाग्दैन। फुलको आखाँमा फुलै संसार।"
"अनि।" ऊ मलाई अझै सुन्न चाहन्छे। तर म बोल्न चाहन्न।
"नगरकोटी पढ्नुको अरु कारण?"
" फरक लेखाइ, धेरै बिषय वस्तुलाई एकैठाउमा जोड्ने कला। नयाँ पन। अनि तिम्रो शब्दमा तिम्रो भल्गारिटी।"
"केटाहरु त्यहीँ नै चाहन्छन्।"
उसको "त्यहीँ" माने मैले बुझिन।
"ऊ फेरि बोल्छे त्यसो भए तिम्रो लेखाइमा पनि त्यो आउँछ। आउछ भने भन है म त्यो कहिल्यै पढ्दिन।"
"खुब सत्यसाबित्री बन्न पर्याछ है?"
"तिम्रो एकदुई कविताको त साच्चै म फ्यान  नै हु यार।"
"धन्यवाद तर कुन कुन।"
"अहिले याद आएन।"
"मलाई थहा छ हिजोआज मान्छेले कविता पढ्दैनन्।"
"ह्वाट डु यु मीन?"
"केही होइन मेरोमा पनि त्यस्ता विषय मुख्य रुपमा आउछ। अनि अर्को कुरा तिमीले पनि त्यस्तो बिषय पढ्छौं, त्यो छ नि 'लिप्स्टिक अन्डर माई मुर्का' हो त्यसको बुढिले जसरी।" म मज्जाले हास्छु।
लु भो अब जाम। किताब पनि किन्नु छ, पुस्तक प्रर्दसनीको रुपै स्टल पनि घुम्नै पर्यो। फेरि यहाँबाट त्यहाँ पुग्न १५ मिनेट जति लाग्ला।
"रारामा एक शेल्फी हानौ न त है? हाम्रो केटाहरुको जस्कसन हो यो, आज फष्टटाइम केटिसँग छु यहाँ।इन्टाग्राममा हल्नुपर्छ।"
"ह्या फोटोमा पनि के सेल्फी हान्ने बरु जाम न सबै साथीहरु मिलेर।"
"एक सेल्फी प्लिज।"
"ओके! तर सोसल नेटवर्कमा नहाल है, कसैले थाहा पाए मलाई गाह्रो पर्छ।"
"म तिम्रो वरिपरि चिनिनत चाहन्छु नि।"
ऊ मलाई मुड्कि बजार्छे र मलाई उसको आइफोन टेनमा रारामा कैद गर्छे।


Sunday, May 13, 2018

वाली

उनले मलाई मेसेन्जरमा मेरो नामको स्पेलिङ्ग सहित सहि तरीकाले बोलाएकी थिइन। मैले त्यो उनको हावभाव भन्दा विपरीत तरिकाले पढे। फुलको आखामा फुलै संसार।एक संसार बनाए।तर त्यो संसार दोस्रो दिनै मेरो मानसपटलको इतिहासमा सिमत हुनपुग्यो। जब उनले मलाई तिम्रो नाम भनेर सोधिन्। अनि दोस्रो भइन जो कक्षामा मसँग औपचारिक भन्दा नबोल्ने। एउटि थिइन्  पहिलाको क्याम्पसमा।

त्यो क्याम्पस पढ्ने केटि पनि टाइम पास गर्न आउथे केटा जस्तै। उनी पनि माइतघर जसरी आउथिन्।टाइम पास गर्थिन जान्थिन्।अनि क्याम्पससँगै उनी गइन्, औपचारिक परिचय छाडेर। गइन नभनौ होला, पृथ्वी गोलो छ, फेरि भेट होला कि? 

अरु सामान्य भए, अनौपचारिक सम्बन्धले। उनी विशेष भइन, अौपचारिक सम्बन्धले।
यहाँ त्यहीँ नहोस्, म चाहन्छु। जे होला देखाजाएगा।तर पनि एक बहिर्मुखि व्यक्तिलाई त्यो कसरी मान्य हुन्छ र? तर पनि यति अनादारमा म कसरी सम्बन्धलाई स्थापित गर्न लागू? 

म नियम मान्ने मान्छे, नियम तोड्ने मान्छे। म खासमा सेहेन्साको अमिताभ जस्तो, जो आफ्नो कानुन आफै बनाउछ। म फ्यान त हिरोमा राजेश दाईको बिडम्बाना अमिताभको नाम लिनु पर्दा नेपाली सिनेवृत प्रति पनि यति रिस उठ्दैन कि किन यस्तो फिल्म बनाएनौ यार, जुन हिन्दिलाई चुनौति दिन लायक होस्। अब त्यो पनि गर्नुपर्ला कुमार नगरकोटी दाइले यस्तो भन्लान!

एउटि बाकी रहिँ भनेको अर्की आइ नाम राम्रो थियो तर कसैले सहरमा नामको लिलाम गर्देको थियो। उनको परिचय त्यहिँ बनिसकेको थियो तर कुनाम अर्कैले बनाइदियो। नाम बनाउन कति गाह्राे हुन्छ तर कुनामा बनाउन केही सेकेन्ड काफी हुन्छ। मैले मिल्ने उनको नाम फेरिदिने थिए। मलाई लाग्छ नाम नौलो नै राख्नु पर्छ।नाम अरुसँग मिल्दोजुल्दो नहोस्। राम्रो भए पनि फल आफैलाई, नराम्रो भए पनि आफै हराएर जाने।
वास्तविक भन्दा फोटोमा राम्रो देखिइन उनी। इन्ट्राग्रामको त्यहीँ फोटोमा लाइक मुटुको बटममा थिचिदिए। मुटु दिए जस्तो गरेर तर कहाँ यति सस्तो छ मेरो मुटु सबैलाई दिनलाई।  कन्जुस्याइँ दिए। लैजाओस् उसले पनि सोचोस् पुरानो फोटोमा पो लाइक आयो। उसको पनि मुटुमा ढ्याङग्रो त बजाउनै पर्यो। 

राम्री मात्र होइन् तर व्यवहारले दिल खाने अरु थिए। एक जना रमाइली, बोले पछि टुङ्गाउन मन  नलाउने।अर्की शब्दमा ताकत भएकी   दिलमा  सच्चा वाली। आज समाजमा जे चलेको छ, वाली नै चलेको छ, तरकारीवाली, हिम्मतवाली, कफीबाली, चाउचाउ वाली, रिसाउनेवाली, थर्काउने वाली,  छातावाली आदि इत्यादि।तर ऊ के वाली थाह छैन। सोच्दै छन् केटाहरु ऊ के वाली होली। एउटाले मलाई इङ्कित गर्दै भनिदियो "यी हाम्रो हिरो वाली।" 
मनले खुुुुसि भए पनि व्यवहार देखाउन हुदैन। त्यहीँ भएर अलि केही नभएको जस्तो गरे। तर केही भएको थियो जो कि मलाई थाहा थियो कि भगवानलाई। नत्र त उहीँ मेरा आदरणीय गुरु कृष्णहरु बराल ज्युको गजल जस्तै जिन्दगी हुन्छ।

"हेर्ने हजार आँखाहरु यहाँ, सुन्ने हजार कान

यो दुनियाँ आफ्नो दिन कटाउछ जोडेर हाम्रो नाम।"

जति नै मानिस बेफुर्सदिलाा भए पनि अर्काको कुरा गर्न कहाँ छोड्छन् र? संभवत सृष्टिसगै मान्छे यो गुण पनि पाएको हुनुपर्छ तर वैज्ञानिक वर्गले आफ्नो वर्णन आफै कहाँ गर्छन् र?

मेजेन्जरवालीबाट सुरु भएको मेरो आत्मवृतान्त इष्ट्राग्रामवाली, सहित अरु केही वालीबाट कलमले अगाडी बढाएको छ। थाहा छैन कहाँ गएर पेट्रोल सकिन्छ वा त्यो भन्दा अगाडी नै दुर्घटनामा पर्न सक्छ। सायदै कलमको यात्रा सकिएला, त्यो के होला पक्कै कतै आउनेछ।

खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...