उनले मलाई
मेसेन्जरमा मेरो नामको स्पेलिङ्ग सहित सहि तरीकाले बोलाएकी थिइन। मैले
त्यो उनको हावभाव भन्दा विपरीत तरिकाले पढे। फुलको आखामा फुलै संसार।एक
संसार बनाए।तर त्यो संसार दोस्रो दिनै मेरो मानसपटलको इतिहासमा सिमत
हुनपुग्यो। जब उनले मलाई तिम्रो नाम भनेर सोधिन्। अनि दोस्रो भइन जो
कक्षामा मसँग औपचारिक भन्दा नबोल्ने। एउटि थिइन् पहिलाको क्याम्पसमा।
त्यो
क्याम्पस पढ्ने केटि पनि टाइम पास गर्न आउथे केटा जस्तै। उनी पनि माइतघर
जसरी आउथिन्।टाइम पास गर्थिन जान्थिन्।अनि क्याम्पससँगै उनी गइन्, औपचारिक
परिचय छाडेर। गइन नभनौ होला, पृथ्वी गोलो छ, फेरि भेट होला कि?
अरु सामान्य भए, अनौपचारिक सम्बन्धले। उनी विशेष भइन, अौपचारिक सम्बन्धले।
यहाँ
त्यहीँ नहोस्, म चाहन्छु। जे होला देखाजाएगा।तर पनि एक बहिर्मुखि
व्यक्तिलाई त्यो कसरी मान्य हुन्छ र? तर पनि यति अनादारमा म कसरी
सम्बन्धलाई स्थापित गर्न लागू?
म नियम मान्ने
मान्छे, नियम तोड्ने मान्छे। म खासमा सेहेन्साको अमिताभ जस्तो, जो आफ्नो
कानुन आफै बनाउछ। म फ्यान त हिरोमा राजेश दाईको बिडम्बाना अमिताभको नाम
लिनु पर्दा नेपाली सिनेवृत प्रति पनि यति रिस उठ्दैन कि किन यस्तो फिल्म
बनाएनौ यार, जुन हिन्दिलाई चुनौति दिन लायक होस्। अब त्यो पनि गर्नुपर्ला
कुमार नगरकोटी दाइले यस्तो भन्लान!
एउटि बाकी रहिँ
भनेको अर्की आइ नाम राम्रो थियो तर कसैले सहरमा नामको लिलाम गर्देको थियो।
उनको परिचय त्यहिँ बनिसकेको थियो तर कुनाम अर्कैले बनाइदियो। नाम बनाउन कति
गाह्राे हुन्छ तर कुनामा बनाउन केही सेकेन्ड काफी हुन्छ। मैले मिल्ने उनको
नाम फेरिदिने थिए। मलाई लाग्छ नाम नौलो नै राख्नु पर्छ।नाम अरुसँग
मिल्दोजुल्दो नहोस्। राम्रो भए पनि फल आफैलाई, नराम्रो भए पनि आफै हराएर
जाने।
वास्तविक भन्दा फोटोमा राम्रो देखिइन उनी।
इन्ट्राग्रामको त्यहीँ फोटोमा लाइक मुटुको बटममा थिचिदिए। मुटु दिए जस्तो
गरेर तर कहाँ यति सस्तो छ मेरो मुटु सबैलाई दिनलाई। कन्जुस्याइँ दिए।
लैजाओस् उसले पनि सोचोस् पुरानो फोटोमा पो लाइक आयो। उसको पनि मुटुमा
ढ्याङग्रो त बजाउनै पर्यो।
राम्री मात्र होइन् तर
व्यवहारले दिल खाने अरु थिए। एक जना रमाइली, बोले पछि टुङ्गाउन मन
नलाउने।अर्की शब्दमा ताकत भएकी दिलमा सच्चा वाली। आज समाजमा जे चलेको छ,
वाली नै चलेको छ, तरकारीवाली, हिम्मतवाली, कफीबाली, चाउचाउ वाली,
रिसाउनेवाली, थर्काउने वाली, छातावाली आदि इत्यादि।तर ऊ के वाली थाह छैन।
सोच्दै छन् केटाहरु ऊ के वाली होली। एउटाले मलाई इङ्कित गर्दै भनिदियो "यी
हाम्रो हिरो वाली।"
मनले खुुुुसि भए पनि व्यवहार
देखाउन हुदैन। त्यहीँ भएर अलि केही नभएको जस्तो गरे। तर केही भएको थियो जो
कि मलाई थाहा थियो कि भगवानलाई। नत्र त उहीँ मेरा आदरणीय गुरु कृष्णहरु
बराल ज्युको गजल जस्तै जिन्दगी हुन्छ।
"हेर्ने हजार आँखाहरु यहाँ, सुन्ने हजार कान
यो दुनियाँ आफ्नो दिन कटाउछ जोडेर हाम्रो नाम।"
जति
नै मानिस बेफुर्सदिलाा भए पनि अर्काको कुरा गर्न कहाँ छोड्छन् र? संभवत
सृष्टिसगै मान्छे यो गुण पनि पाएको हुनुपर्छ तर वैज्ञानिक वर्गले आफ्नो
वर्णन आफै कहाँ गर्छन् र?
मेजेन्जरवालीबाट सुरु भएको
मेरो आत्मवृतान्त इष्ट्राग्रामवाली, सहित अरु केही वालीबाट कलमले अगाडी
बढाएको छ। थाहा छैन कहाँ गएर पेट्रोल सकिन्छ वा त्यो भन्दा अगाडी नै
दुर्घटनामा पर्न सक्छ। सायदै कलमको यात्रा सकिएला, त्यो के होला पक्कै कतै
आउनेछ।