Friday, September 7, 2018

फिल्म जस्तो जीवन


मलाई उनको  घर नौलो थिएन। पहिला नबोबुद्ध जाने बेला देखाएको थिई। 
"विकास ससुराली जाने कि?" आशिषले देखाउदै भनेको थियो।
म मुस्कुराउन पुगे छु। 
"केटो बहादुर छ, प्रेमिकाको बिहेमा पनि हास्छ।" निराजनको आवाजले म विउझिन्छु।
उसको जीवन बन्दै थियो, म किन रुने। 
"यस्तो त भइ नै रहन्छ जीवनमा, माया बस्ने, टुट्ने। सबै प्रेमीकालाई दुलही बनाए त, कस्ले पाल्ने फेरि।"
भन्न त भनिदिए, भन्नलाई मात्र।
"भो गफ नदे, हाम्ले पनि देख्या छौं, कस्को मनमा के भएको छ।" गोविन्द कड्कियो।
केहि बेर मौनता।
कि भगाउछस् त केटा। हामी जिल्ला प्रहरी कार्यलय, धुलिकखेलको सामुन्नेमा थियौ। मलाई प्रहरी देखि पहिल्यै देखि डर लाग्ने। पुलिस आउछ भने पछि, मलाई बच्चामा पनि पुग्थ्यो। 
"म मौन भए। तँलाई सहयोग गर्ने हामी छौं।" आशिषले भन्यो।
केटिहरुको एउटा झुण्ड अलि अगाडि थिए। हामी जिल्ला समन्वय समितिको कार्यलय अगाडि उभिएका थियौ।
मलाई झल्यास्स याद आयो, उसले हामी नमोबुद्ध जाने बेला मलाई भनेकी थिई, हामीले भागेर बिहे गरेपछि यहि आएर बिहे दर्ता गर्नुपर्छ है।
मैले उसलाई आजभोलि बिहे दर्ता स्थानीय तहमा नै हुने बताएको थिए।
"केटो कि आँट आउदैन?" -गोविन्द।
"खालि बच्चाको जस्तो माया", आशिषले बिझ्ने गरेर भन्यो।
"मलाई साच्चै नाटक गर्न आउदैन, यार।  फेरि माया पनि झुटो हुन्छ म मान्दिन।तर म के गरु यार।बल्ल ब्याचर पास छु। जागिर छैन। एउटा एनयारएन आएर, एउटै मुटु पनि लान लागे जस्तो लागेको छ। फिल्म जस्तै भयो यार मेरो जिन्दगी पनि।"
"तँ आटछस् र तेरो माया साचो हो भने अर्को फिल्मी सिन हामीले पनि रचौँ।" 
केटा हो केही खाएर जाऔँ है, अगाडिबाट सम्झनाले भनि।
"हुन्छ तिमीहरू हामीलाई पनि अडर गर्दै गर हामी आउछौं", आशिषले चुरोट खाएर आउने इसारा गर्दै उत्तर दियो। 
हामी १००० सिढी जानेबाटोमा उभियौ।
भो, यसले आँट्न गाह्रो छ, एक पटक पार्वतीलाई सोधु के भन्छे। म फोन गर्छु, यहाँ सप्राइज छ बनेर है, यहाँ बोलाउछु। स्कुटरमा आइ त हाल्छे, पाँचसात मिनेटमा।
               -*-                  -*-                 -*- 
खाजा खाएर हामी जिल्ला समन्वय समितिको कार्यलय अगाडिएको बाटो पारिको रेलिङ्गमा बसेका थियौ। ऊ आई। हसमुख थिई। मलाई देखेर यो हासो हरायो। ऊ मसँग पुरानो तरिकाले प्रस्तुत भइन। पुरै औपचारिक बनी। मलाई त्यहाँ बस्न अप्ठ्यारो लाग्यो। तर बाध्य भए।
"पार्वती भाग्ने हो?" सम्झनाले सिधै सोधी।
केटाहरूले सबै कुरा केटिहरुलाई बताएका थिए।हामीलाई भगाउन, केटिहरुको ग्रुप पनि तयार थियो। "अँ अब धेरै ढिलो भइसक्यो। मैले पहिल्यै उसलाई भाग्ने भनेको थिए। तर विशाल, साह्रै कमजोर रहेछ। अब हुन्न।"
"अब के तँ विशाल बिना जीवन भर खुसि हुन्छेस् त।"
"हुन् प्रयास गर्छु। प्रयासले त हो सफल भइने।"
"भो आदर्शको कुरा नगर, यत्ति बता कि तैंले विशाललाई गरेको प्रेम साँचो हो या होइन।"
"तिमीहरू आज साथी नभएर, कोहि मलाई उक्साउन आए जस्तो लाग्यो।"
"तेरो कहानी बनाउन आएका हौं।"
"मलाई केही बनाउनु छैन अब। अब जे भन्छ त्यसैमा सहमत छु म।"
सवालजवाफ चलिरह्रयो।म सुनिरहे। मेरो मौनतामा पार्वतीले के बुझेकी छ, म अन्जान छु।
म एउटा कुरा विश्वस्त छु कि व्याच्लर पछिको त्यो भ्रमणमा बिहे दर्ताको विषयमा मेरो मनले बुझ्छ, उसले त्यतिबेला नै भाग्ने कल्पना गरेकी रैछ।
तर म मात्र ठुलो भएको रहेछु। केही मानसिक, केहि साङ्केतिक कुरा बुझ्न असमर्थ रहेछु। के यस्तो मान्छेलाई उसले छान्नु राम्रो होला।
"विकास, तिमी मलाई कस्तो जीवन दिन्छौं?"
"मैले त ठुलो सपना साँचेको थिए। मेैले स्नातकोत्तर एमविएस र एलएलबि एकै पटक गरिरहेको थिए। सबै उसलाई जानकारी छ। केहि बर्ष पछि भए म तिमीलाई राम्रो जिन्दगी दिन सक्छु। मेरो करिअर अझै बाकी छ।"
"तिमी मलाई भगाउन सक्छौ?"
मलाई यहीँ त डर छ, मसँग आज यहाँ केहि छैन्।
"यसले आँटदैन, पारु। तिमीले आटँले यसले गर्छ। तिमी नै हौं, यसको आँट, भरोसा। तिमी भए, यो एउटाको जीवन बन्ला, नत्र कुन्नि?" गोविन्दले पार्वतीलाई मनाउने कुटनित लगायो। 
"ल, मानौ हामी भागौ रे, भागेर कहाँ जाने।"
"त्यो मैले मिलाउछु।" तिमीहरू आज राति भाग्न सक्यौं भने भोलि बिहान बर्दिबास गएर बस्नु। तिमीहरु त्यहाँबाट झापा जानू। त्यहाँ मेरो मामाको छोराको एउटा कम्युनिकेशन कर्नर भन्ने छ, दाईले मलाई चला भन्दै थिए, त्यो तिमीहरू चलाओ। पैसाको चिन्ता नगरो। म मिलाउछु। फेरि विकासलाई हार्डव्यरिङ्ग, सफ्टव्यरिङ्ग पनि आइ हाल्छ, क्या रे। अब काठमाडौंको कोठामा म छदैछु। म तिमीहरू दुबैको कलेजमा परिक्षा दिन मिल्ने व्यवस्था बनाइदिन्छु।"
"मेरो घर-परिवार। मलाई के भन्छ त्यो सबै जन्ति पट्टिकाले?"
"पहिला  जिन्दगी जस्तो फिल्म   हुन्थ्यो, अहिले फिल्म जस्तो जिन्दगी।" बर्षाले ठट्टा गर्दै भनि।
पार्वती र म बाहेक, बाकी छ जना सबै नै हासे।
"अब भाग्ने कसरी हो।" शिक्षाले पनि बोली।
"भाग्नेहरु पहिला तयार त हुनु पर्यो नि।" विशालले भन्यो। 
"पार्वती, बाबा-आमा सबैले एक दिन छोडेर जान्छन्। तँलाई केहि समय आमाबाबाले पनि हेला गर्लान्, तर पछि सबै मिल्छ। धेरै भन्दा धेरै हस्तिहरुको पनि भागेर बिहे भएको छ। मदनकृष्ण श्रेष्टकको कथा तैले पढेकी छस्। अरु यस्ता कैयन इतिहासहरु छन्।" बर्षाले पनि पार्वतीलाई सम्झाई।
"अरुहरु बिहेको अगाडी भागेका छैनन् नि त, वरिपरिकाले, नाताकुटुम्ब, इष्टमित्रले के भन्छन्। यत्रो खर्च भएसक्यो।"
"जिन्दगी तेरो, तैले अर्काको लागि बाचेकी होस् र? छोडदे सब। तेरो इष्टमित्र नाता गोता सबै हामी अब।"
पार्वतीले मलाई हेरिरहेकी थिई।
"विकास, साह्रै सोझो छ, थाहा छैन तेरो बिना यसको जीवन कस्तो हुन्छ। तँ भए यसको पनि जीवन, जीवन जस्तो बन्ला, नत्र भन्न सकिन्न।"
आशिष मेरो रुम पाटनर्र भएर हो या पार्वतीलाई फकाउन यस्तो भनिरहेको छ। 
हामी बाटोमा बसेर कुरा गरिरहेको पनि करिब दुइ घन्टा भयो होला। 
पार्वतीले मलाई हेरेर भनि के गर्ने?
म मौन।
"कसरी भाग्ने त हामी।" पार्वतीले मलाई हेरेर अडिक भएर प्रश्न गरि।
पार्वती मात्र मेरो लागि, आफ्नो सब त्याग्न तयार भई, तर साच्चै म तयार भएको थिइन। मानसिक रुपमा
तर केहि आट भने पलाएको थियो।
आशिषले भन्यो, मेरो एउटा साथी बनेपा बस्छ, हरि।त्यसको बाइक छ। म त्योसँग बाइक मागेर तिमीलाई लिन राति यहाँ आउछु, ११ बजेतिर। तिमी अलि सन्चो नभए झै गरेर आज छिटै सुत्न जाउ।बिहेकी बेहुलीलाई एक्लै नछोलान। त्यो तिमी म्यानेज गर्नु। ११ बजे म यहीँ हुन्छु। तिमीलाई म करिब एक घण्टा कुर्छु।तिमी आएनौ भने म बुझ्छु कि तिमी परिवर्तन भयौ भनेर। 
"ल ल भो अब हामी जाम्, बिहे घरतिर। अब ढिलो हुन्छ।" सम्झना फेरि हतारमा कुरा गरि।
"विकास, भो तँ बिहे घरमा नजा। भोलि हामी बिहान बिहे घरमा जादा हामीलाई पनि सङ्का नहोस्।" आशिषले भन्यो।  
"ला त होटलमा गएर बस्।" उसले चाबि दिदै भन्यो
म होटलमा गएर बसे। रात पर्दै गएको थियो। मेरो मनमा बत्ति धिपधिप गर्दै थियो। म मेरो घर छिमेकमा राम्रो छाप भएको व्यक्ति। मैले पार्वतीलाई भगाएर लग्दा समाजले मलाई हेर्ने दृष्टि कस्तो होला, अब। 
म अझै दोधारमा थिए। मैले सोचेको मेरो जिवन कति खुसि र सरल थियो। अब पाइला, कठिन बन्दैछ। जिवनमा कहिल्यै भार उठाइएन। कहिल्यै सोचिएन जिवनमा यति गह्रौको पनि सामना गर्नुपर्छ भनेर। म मानसिक रुपमा पूरा कमजोर हुन पुगे।
हामी पाँच बजे छुट्टिएका थियौ। आठ बजे सबै आए। सबैले मलाई सम्झाए। 
तैले सोचेको जिवन, अलि सरल थियो होला। तर सोचाइ र भोगाई बिच कोसौको भिन्नता हुन्छ। यदि तेरो जिवनमा पार्वती हुन्न भने तेरो जिन्दगी कस्तो हुन्छ, त्यो हामी कल्पना मात्र गर्न सक्छौ। तँ जे देखिन खोज्छस्, त्यो तँ छैनस्। तँ धेरै सोझो छस्। तँ तेरो घर परिवारलाई  लिएर आत्तिएको पनि छस् होला। सबै बिस्तारै मिल्दै जान्छ, ढुक्क बन। हामी आउछौ झापा, छिटै। यता पनि मिले सम्म मिलाउछौं। तँ मात्र नआत्ति।तैले के आँट गरेको छस् र? पार्वतीको भोलि बिहे छ, आज तँलाई भगाउदैछे। सम्भवत कमै हुन्छ होला यस्तो। 
आशिषले बाइकको व्यवस्था गरेर आयो। अनि अर्को
खुसिको कुरा आज उसको धुलिखेलको घरमा कोहि पनि छैन रे। ऊ मात्र रे। अनि भोलि विहान चार बजे नै उस्को गाडि बर्दिबास जाँदै छ रे। 
हामीलाई सबै कुरा मिलिरहेको थियो।हामी सबै होटलबाट गाडि रिजर्भ पाइयो, अब काठमाडौं जाने भनेर हाफ पे गरेर फर्कियौ। 
हामी केयु नजिकको हरिको घरमा गएर बस्यौं। चार कोठा, सात जना जम्मा भएर गफियौ। गफिनु त एउटा नाम थियो। हामी त ११ बजेको पर्खाइमा थियौ। 
आशिष जान त गयो, तर डर थियो। पार्वती आउछे या आउन्न। फेरि पुलिसको एरिया छ, यति राति के- कस्तो समना आइपर्ने हो। त्यहीँ पुलिसको डर लाग्छ। १२ बजे तिर आशिषले फोन गर्यो "खै यार, अत्तोपत्तो छैन। फोन पनि लाग्दैन। यो कथामा बरु फिलिम चाहिँ बन्ला जस्तो छ। विशाल र पार्वतिको कहानीमा पुर्ण विराम लाग्ला जस्तो छ।"
सबै हामी सुन्यमा बिलायौ। त्यो कल्पनाको। त्यो कोलाज, निमिट्यान्न भयो। हामी सबै गम्भीर भयौ।
करिब १ बजेतिर बाइक आयो। सबै बाहिर हेर्न निस्कियौ। कोहि छैन्। बाइकलाई फलो गर्दै अर्को बाइक आयो। केटा छ, त्यसमा। को हो त्यो, केहि अत्तोपत्तो छैन। त्यो पनि आशिषसँगै भित्र छिर्यो। 
कालो बाक्लो जुङ्गा भएको मान्छे। काउबोई ह्याटले मुख छोपेको छ। ओभरकोट भिरेको। बुट जुत्ता लगाएको मान्छे हामीले चिनेनौ।
पहिरन उतर्दा उदार्दै मान्छे चिनियो। पार्वती। 
हासी फिस्स। "यो हिरोइनको कथा हो है, हिरो" मलाई हेर्दै भनि। 
"किन यस्तो।"
"यति राति छोरी मान्छे एक्लै आउन गाह्रो पर्दैन र। फेरि यो बाइकले राम्रो काम गर्यो। मेरो बच्चा देखिको साथी छ, अजय उसलाई सबै सुनाए।उसले मलाई उल्टै सुरायो बाइक र पोसाक पनि उसैको। हाम्रो घर दुई घर तलमाथि।" उसले एकै सासमा सबै सकि।
अब अात्तिन पुगे। अझै मलाई सम्झाए सबैले। पार्वतीले यति सम्म गरिसके पछि, म पछि हट्न हुन्न म बिस्तारै बुझ्दै गए।
तीन बजेतिर आशिष र गोविन्द, दुइजना दुइटा बाइकमा गए। अजयको बाइक पुर्याउन। अजय चार बजे आउने कुरा छ। उसको पनि बाइकको कहानी बनाउनु छ।
चार बज्यो। हामी पनि दोबाटो पुग्यौं। गाडी आयो। हामी गयौं। हामीले गाडिमा भर्खर भागेको जोडि जस्तो कुरा गरेनौं। किनकि ड्राइभलाई सङ्का लाग्न नदिने कुरा भएको थियो। उसको सिँउदोमा मैले सिन्दुर भरिदिएको थिए। लगनको दिन भनेर। हामीले बिहेपछि पहिलोपल्ट जानकी माताको दर्शन गर्न जान लागेको कुरा गर्दै थियौ। ड्राइभ पनि हामीलाई देखेर खुसि नै थियो। हामीले हाम्रो बिहे बैशाखमा भएको बतायौ। आज कृष्ण अष्टमीको लगन भरेको कुरा हामीबाट बाहिर गएन।
       -*-              -*-                 -*- 
पार्वती हिमालयकी छोरी पार्वती भन्दा राम्री थिई।कम्तिमा मेरा निम्ति। उसलाई मैले पहिलोपल्ट सरस्वती क्याम्पसमा भेटेको।  म अलि जेहेन्दार विद्यार्थी थिए। नियमित विद्यार्थी। कक्षामा नोट बनाउने एक मात्र विद्यार्थी। पार्वती मलाई राम्री लाग्थी।तर मसँग त्यो समर्थन थिएन कि म उसँग बोल्न जाउ। ऊ विस्तारै मसँग बोल्न आउन थाली। घरि केही सोध्ने बहानामा, अनि घरि नोट माग्ने बहानामा। ऊ मसँगै नियमित हुन थाली। ऊ मैपि बस्ने, म मनमैजु। हामीसँगै आउने जाने गर्न थाल्यौ। म आशिषलाई बहाना बनाएर रुमबाट एक्लै निक्लन थाले। हामीलाई सबैलाई जिस्काउन थाले। बिना "पर्पोज", "बिना आई लभ यु" हाम्रो माया बस्यो।    
            -*-            -*-            -*-   
हामीलाई ड्राइभ दाइले अब आए पछि, बुडासुब्बा पनि जान सम्झाए। "अब बच्चा नहुन जेल त हो, नत्र त न्यायाधीश बन्दै जीवन बित्छ।"
हामीले सल्लाहलाई हुन्छ मात्र भन्यौ। तर हामीले हाम्रो यात्रा पुर्व निर्धारित कार्यक्रम अनुसार गर्नु थियो। हामी सिधा बर्दिबासमा उत्रियौ। अनि बस पर्क नजिकैको रामलखन मिठाइँ पसलमा खाजा खायौ। हामी खाजा खाएर निक्लिदा करिब ११ बजेको रहेछ। हामीले हाम्रो समयलाई रोक्न चाहेनौ, हामीले बस पार्कबाट सिदा उर्लाबारी बस पर्क सम्मको टिकट लियौ। गाडि ११:३० मा छुट्यो। हामीले बर्दिबासबाट हाएसको टिकट लियौ। हामी पाँच घण्टाको यात्रामा उर्लाबारी बस पार्क पुग्यौं।
गााडीमा म कमै बोले। पार्वती मलाई अझै सम्झाइ रहेकी छे। हामी दुवैको फोन पुरै अफ छ नत्र कति फोन आइसक्थ्यो होला। मैले त्यहीँ फोन चलाउने र उसले नम्बर फेर्ने हाम्रो पुर्व निर्धारित तालिका छ।
हामीले उर्लाबारी बस पार्कबाट ढिला नगरी, अटो लियौ। हामीलाई सिमोन होटल पुग्नु थियो। हामी उर्लाबारीबाट उत्तरको बाटो लाग्यौं। अटोबाट चियाउदै मैले बहेति कुञ्ज नियाले। मलाई आज कुनै पनि चिजले तानेको छैन। मैले ओटाडि बस पार्क नियाले मात्र बस अब यो क्षेत्रको बासिन्दा बन्दा चिन्नु पर्ने भएर। हेर्दाहेर्दै हामी सिमोन होटल पुग्यौं। मैले पहिलोपटक फोन अन गरे, गोबिन्दले दिएको फोन नम्बरमा फोन गरे। अविनाश हामीलाई लिन आयो, हाम्रो त्यो दिन र अर्को दिनको बसाइँ त्यहीँ सिमोन होटलमा हुने भयो। अविनासले आफ्नो पसलसँगै उसको डेरा पनि हामीलाई जिम्मा लाउने रहेछ। हामी एक रातको निद्रा र एक दिनको यात्राले थाकेका थियौ। हामीले सादा खाना खाएर त्यो रात वितायौ। 
मैले अझै आफैलाई विश्वास गरिरहेको थिइन। जिन्दगीमा आउदो रैछ यस्तो पनि दिन... गित झै मेरो जिन्दगी भइरहेको थियो।
मैले भोलि पल्टबाट नै पसलमा काम सुरु गरे। अविनासले मलाई त्यो ठाउँमा सहज हुन औधी मद्दत गर्यो। म यसको न सावा तिर्न सक्छु न त व्याज। खुनको बदला खुन होला तर गुनको बदला केही हुदैन।
उसले मलाई कोठा खालि गरिदिए पनि केहि दिन त्यहीँ बसेर सहयोग गर्ने भयो। यो दिल हो, दिल भए पछि नै मान्छे पनि भगवान बन्ने। मैले केही दिन पछि पत्तो पाए उसले पनि भगाएर नै ल्याएको छ। उसको श्रीमति जापान रहिछ, ऊ पनि अब जापान जाने रे। हामी केही दिनमा नै गहिरो मित्रतामा गसियौ। सानोमा मलाई मेरो कोहि साथी देख्यो कि मीत गास्न हजुरआमाले भन्नुहुन्थ्यो। मैले सोचे मीत पो गास्नु पर्छ कि? तर कुनै नाता बेगर हामी यति मिल्दै छौ भने त्यसमा केही जोड्दा या घटाउदा त्यो नमिल्ने हुनसक्छ। सम्बन्ध पनि सन्तुलन हुनुपर्छ र हुन्छ। रहिआएको सम्बन्धमा केहि बढ्दा या घटाउदा त्यो फरक हुन पुग्छ।सम्बन्धको गणितीय सिद्धान्त यहीँ हो। मैले यहीँ माने।
उताबाट साथीहरूको फोन आएको थियो।दोस्रो दिन नै, पार्वतीको घरमा साह्रै दया लाग्दो भयो रे। उनीहरूले यो कुरा मलाई मात्र भने, पार्वतीलाई भनेनन्। उसले कल्पना गर्न सक्ने जति भने। उसलाई सरापेको बने।गाउको नै अर्की केटि खोजेर जन्ति फर्क्यो रे। 
बाबाआमालाई कति पिर पर्छ, त्यो म जान्दिन तर यो पक्कै पनि सानो पिढा हुदैन। म कल्पना गर्न सक्छु। म के हो, सत्यवति जित्ने महादेव र मेरो तुलना हुनसक्ला, म विचार गर्छु। म त्यो पिढिमा कुनै पनि दिन टेक्न सकौला? यस्तै सोचले मलाई थिचिरहन्छ। पार्वती मलाई सम्झाइरहन्छे।
      -*-                -*-                 -*-
मैले पार्वतीसँग भागेको तेस्रो दिन घरमा फोन गरेर, झापामा काम पाएको जानकारी दिए। मैले सबै कुरा लुकाए। त्यो साल दसैंमा पनि अफिस छुट्टि नपाएकाले घर आउन नसकेको जानकारी दिए। घरमा मेरो नियमित कुराकानी हुन्छ। तर मैले कहिल्यै घरमा बिहेको कुरा गरिन। जहिल्यै मैले ढाँटिरहे। जब घर जान्छु तब सब बताउछु भन्ने छ। 
-*-                       -*-                         -*-
"यो कथा त फिल्म जस्तो भएन।" जजले भने।
"म पनि पहिला हिरो बन्ने सोच्थे सर। तर फिल्मको हिरो नभए पनि कतैबाट हिरो र कतैबाट भिलेन बने।"
"यो पत्याउन हामीलाई गार्‍हो पर्यो, त भाइ।"
मैले सम्झनाले त्यतिबेला भनेको वाक्यांश सम्झेँ, "जीवन जस्तो फिल्म बन्न सक्छ भने फिल्म जस्तो जीवन बन्न सक्दैन र? मसँग पूरा प्रमाण छ। अरु जीवन बाट प्रेरित भएर फिलिम बनाउछन्। म फिलिम बाट प्रभावित भएर जीवन बनाउनेमा परे।"
"हुन्छ भाइ हामी तिमिलाई सम्पर्क गर्छौ। " म बाहिर निस्के।
तिजको उपलक्ष्यमा उर्लाबारीमा आयोजित, प्रेम कथामा मैले आफ्नो प्रेम कथा पहिलो चोटि प्रस्तुत गरे। मलाई साह्रै हलुङ्गो भयो। राम्रो कथालाई पुरस्कार सहित त्यसमाथि फिलम पनि बनाउने रे। मलाई त्यसमा केही लोभ छैन, तर आज म हलुङ्गो भएको छु, आफ्नो कथा बताएर

खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...