मैले "एकलापमा मेरो प्रेम" किताबको नाम सोचेको थिए। सोचेको मात्र होइन एउटा साथी मनोज कुमार जिसीलाई यस बारे बताएको पनि थिए। खै नाम नै मन पराएर हो या मलाई उडाउन हो उसले मलाई नाम जुराउन खप्पिस भनेको थियो। त्यो भन्दा अघि पनि एउटा किताबको नाम भनेको थिए। त्यसमा पनि उसले त्यो नामलाई राम्रो विशेषण प्रयोग गरेको थियो।
आज बजारमा "एकालाप" नाम गरेको किताब देखे। मलाई मेरा सपनाले हातैबाट छिनेको चङ्गा जस्तो अनुभुति दिलायो। केही कथा लेखेर छाडेको त्यो कथालाई पुन निरन्तरता दिएको भए किताब उहिल्यै तयार हुन्थ्यो तर म जत्ति अल्छि को होला र? मैले एकपटक फेसबुकको स्टाटस लेखेको थिए, "इफ लेबोर ओन्लि मेक पिपल सक्सेस्, आई नेभेर बि सक्सेस इन लाइफ।"
लेख्न थालेको प्रेम कथा। तर जिवनमा कहिल्यै प्रेम नगरेको मैले कसरी प्रेम कथा लेख्ने र? तर पनि केही कथा सुनेका आधारमा केही एकतर्फी प्रेमलाई दर्साउदै लेखेको थिए। तर कथा टुङ्गिन सकेन।
किन मैले जिवनमा प्रेम गरिन त? प्रेम गरिने चिज होइन, यो हुने चिज हो आज बुझ्दै छु। तर हर कथाको एक जीवन हुन्छ लेख्दै गर्दा थाहा पाए। चाहे लेखक स्वयमको होस् या दोस्रो व्यक्तिको।
अनि आफ्नो प्रेम? जिवनमा मलाई कोहि राम्रो लाग्नेे स्त्री नभेटेको भने होइन। हो मैले खोजे जस्तोहरु भेेेटे, तर विडम्बना उनीहरूसँग दोस्रो भेट भने कहिल्यै भएन। अनि अरु कोहि थिए, जसमा मलाई कसैको रुप मन पर्दथ्यो, कसैको व्यवहार, कसैको शारिरीक बनाओट, कसैको आवाज। तर कोहिमा सबै विशेषता भने भेेेेटिन। र आज सम्म पनि प्रेमको एक मिठो अनुभुति गर्न सकेको छैन। तर पनि ज्योतिषहरु भन्छन् मेरो भाग्य हेरेर यसले प्रेम विवाह गर्छ,मलाई यसले पुलकित चाहिँ बनाउछ। मलाई चिन्नेहरु यो सुन्दा भने अट्टाहाससँग हास्छन्।
तर जिवनमा मलाई कसैले "म तिमीलाई प्रेम गर्छु" जस्ता शब्द नभने पनि जिवनमा प्रेम गर्ने नभेटेको भने होइन।
एउटी यस्ति थिइ, जो मलाई हरदिन स्कुल छुट्टि हुदा घर जान कुर्थि। मेरा हरचिजको निगरानी राख्थी। म र ऊ बस्ने डेस्कको फरकलाई बिचको एक सिङ्गो कोलमले छुट्टाएको थियो। तर पनि ऊ मलाई बराबर हेर्ने गर्थि।
म कक्षाको राम्रो विद्यार्थी थिए। तर पनि प्रेमको मामिलामा एकदम कमजोर। म यो कुरा यसर्थ भन्दैछु कि, कक्षाका मेरा अधिकांस साथीहरुको त्यतिबेलासम्म कहिकतै अफयर रहेको कुरा कक्षामा खुल्ला भइसकेको थियो।
उसले मलाई एकदिन फोन नम्बर मागि। हाम्रोमा ल्यान्डलाइन थिएन,बल्ल बाबाले नोकियाको सेट र ठुलो लाइन बसेर नमस्तेको सिम लिनुभएको थियो। मलाई फोन चलाउन पाउनु निक्कै गाह्रो थियो। उहालाई डर थियो, मैले त्यो विग्राछु। किनकि इतिहास साक्षी थियो मैले वैज्ञानिक बन्ने निउमा बिगारेका रेडियो, वाकम्यान, क्यासेट, घडिहरु।
तर उसको फोन आयो भने? मैले त्यो बेलासम्म यो माया हो भन्ने बुझेको थिइन।
"आज बसमा एउटी केटीले रत्नपार्क पार्कबाट बसुन्धारा सम्म फोनमा कुरा गरेको सुने। उनी आफ्नो प्रेमीसँग रिसाएर आएकी जस्तो कुरा गर्दै थिइन, "तिमीले मलाई किन त्यस्तो भन्यौ। मलाई यस्तो मन पर्दैन थाहा छ नि तिमीलाई।"
केटाले उताबाट फकाएछ केटिलाई। केटिले फोनमा यस्तो कुरा गरेको सुने,
"ओके म बर्थ डेमा आउछु...",
"के गिफ्ट दिउत ल भन त...",
"ममलाई के भन्छौ, को भन्छौ..."
"ओेके घर गएर ममलाई भनेर चेन्ज गरेर आउछु।"
"ओके म बर्थ डेमा आउछु...",
"के गिफ्ट दिउत ल भन त...",
"ममलाई के भन्छौ, को भन्छौ..."
"ओेके घर गएर ममलाई भनेर चेन्ज गरेर आउछु।"
कुरा लामो भएको थियो। मलाई यति याद भयो।
मलाई यसरी फोनमा कुरा गर्न नै आउदैन। सायद त्यो बेला उनले मलाई फोन गर्ने बानी पारिदिएको भए आज म पनि कृष्ण कनैया नै हुन्थे कि, या त्यो भन्दा अगि बढ्थे कि? १७/१८ हजार जति प्रेमीका बनाउन सक्थे कि? म सम्झन्छु, अनि आफै हास्छु।
तर मैले उनलाई मेरो नम्बर दिदा म धेरै डराएको थिए। फोन आउला तर मैले कुरा गर्न नपाउला। केटीको फोन आउदा के परिचय दिने? केटी साथीलाई परिचय दिने कुरा मलाई असाध्यै गाह्रो लाग्छ। अरुले ले सोच्छन् कुन्नि मेरो मनमा भने तिनले प्रेमीका नै सोच्छन कि भन्ने डर थियो। प्रेमले मान्छे बिगार्छ। पढाइ बिगार्छ। यस्ता कुरासँग म अभ्यस्त थिए। समाजमा यस्तै कुराको हल्ला बढि चल्थ्यो। म भित्र डर थियो। त्यसैले मैले नै उनलाई नम्बर दिदा सतर्क गराएको थिए, "काम पर्दा मात्र फोन गर है।"
आजलाई उनको त्यो व्यवहार मप्रति प्रेम रहेको आभास भएको छ। उनले एकवर्ष मलाई त्यसरी ख्याल गर्दा पनि मैले उनको ख्याल गरिन। आज त्यो सब सम्झिए। अनि आजै पढेको ट्रक सायरी पनि सम्झीए
"बाच्नेलाई जिन्दगी
मर्नेलाई काल
बोल्नेसँग बोलिन्छ
न नबोल्नेलाई बाल।"
सायद उनलाई पनि यस्तै लाग्यो। उनलेे अर्को साल उनले स्कुल नै चेन्ज गरिन।
मैले फेसबुक चलाउन थालेको एसएलसी पछि हो। तर मेेैले बाह्र सक्काए पछि मलाई उनको फ्रेन्ड रिकोस्ट आयो। तर आजसम्म हामी बिच म्यासेन्सरमा कुराकानी भएको छैन्।
उनले पछि प्रेम विवाह नै गरिन। तर उनको पहिलो प्रेमी म थिए। भनिन्छ पहिलो प्रेम मात्र पहिलो हुन्छ, अरु दोस्रो तेस्रो। पहिलो प्रेमलाई भुल्न कसैले सक्दैन।सायद उनले पनि मलाई भुल्ने छैनन् जसरी मैले उनलाई सम्झेर यो लेखिरहेको छु।
मैले महिलालाई कमजोर देखाउन यो लेखेको होइन। किनकि प्रेमले कसैलाइ बलियो र कसैलाइ कमजोर देखाउने काम गर्दैन। यो कथाको आधारमा त अझ म प्रेमको मामिलामा कमजोर देखिएको छु।
हाल उनको बच्चा पनि छ। मैले यो आज लेखिरहदा मेरा स्कुलका धेरै जना महिला मित्रहरु आमा बनिसकेका छन्। यसर्थ यो कथा थाहा पाउने एक पहिलो व्यक्ति म हुँ भने उनले पढेको खण्डमा दोस्रो उनी।
एक प्रेमको किरिया गरेको यादलाई मैले गुमाइसके पछि अर्को एक पनि प्रशङ्गबस् जोड्न मन लाग्यो।
उनी ब्याचलर पढ्दा भेटिएकी हुन्। भेटिएकी होइनन् कसैले भेटाइदिएको हो, केही काम विशेषले। केटी कस्ति थिइन्। हेर्दामा कसैले नराम्रो नभन्ने। व्यवहार मसँग ठिक गर्थिन। बोली अल्लि नौलो थियो, राम्रो थियो, मीठो थियो। शारिरीक बनोट पनि नराम्रो भन्न नमिल्ने। तर म आजचाहिँ सोच्दै छु तर पनि मैले किन उनलाई वास्ता गरिन।
उनले मलाई मेरो प्रेमिका छ/छैन भनेर सोथेकी थिइन एकदिन। मेरो "छैन" को उत्तरसँगै उनको मलाई गर्ने व्यवहारमा परिवर्तन आएको थियो। म वातावरण विज्ञानको विद्यार्थी भन्ने थाहा पाएपछि उनलाई प्राय हरियो रङ्गलाई प्राथमिकतामा राखेकी थिएन। उनले लगाएका ती हरिया लुगा म अहिले पनि सम्झन्छु। तर समस्या मेरो हरियो रङ्ग अशुुुुभ। एकदिन उनलेे मलाई म्यासेन्सरमा सोधिन्
"तिमीले किन गलफ्रेन्ड नबनाएको?"
"खै नजुरेर होला।" मैले जिस्काइदिए "तिमीले खोजिदेउन एउटी।"
"कस्ती खोजिदिऊ?"
"आखा नफुटेकी, हातगोडा सद्दे, मृग नयन आखा, माछाको जस्तो शरिर भएकी, बोली मीठो भएकी, व्यवहार राम्रो भएकी, अँ बत्तिस गुण त भेट्टिन्न होला, तिमीले भेटेसम्म कि राम्री।"
"त्यस्ति भेटिएली र ?"
"नभेटिए तिमीलाई लोभ लाग्ने सम्मकी खोजी देउन हैँ।" मैले जिस्काइ दिए।
"म जस्तै भए पनि हुन्छ?" मैले सोचेको जस्तै भयो, उनले मलाई मन पराउछिन भन्ने।
"अँ... तिमीलाई मेरो लागि तिमी जस्ति फिट होला जस्तो लाग्छ।" मैले उनको विचार जाच्न खोजे।
"तिमीले भने जस्तै त छु नि म पनि। हातखुट्टा, आखाँ, सबै ठिक त छन्।" उनले रमाइलो इमोजीसँगै मलाई जाचिन या उनलाई। म दुविदामा परे।
"अँ साँचि मलाई कुर्ता लाउने वाली मन पर्छ।" मैले पनि हासेको इमोजीको सावा नै फिर्ता गर्दै भाउ खोज्दै रिप्लाई दिए।
"अब अहिलेको समयमा कुर्ता मात्र लाउने त गाह्रै पर्ला?"
"त्यो तिम्रो काम। अब खोज्न थाल,म गए बाई।"
मलाई प्यान्ट भन्दा कुर्ता लगाउने केटि मन पर्छ भनेर भनेको भोलि पल्ट नै उनी हरियो कुर्तामा देखा परिन। उनले, मैले उनलाई हेरिरहुला, उनको लुगामा कमेन्ट गरुला भन्ने सोचेकी थिइन होला। मैले सामान्य कुराकानी भन्दा बढी वास्त गरिन।
त्यसरी उनलेे मलाई धेरै नै फलो गर्न थालिन। मलाई भने त्यो सब साच्चै मन परेको थिएन। फेसबुक खोलेपछि पनि उनलेे बोलाइ हाल्थिन्, मलाई फेसबुक पनि खोल्न मन लाग्न छोड्दै गएको थियो। म जति सक्दो टाढा बन्न खोज्दै थिए। उनलेे फोन गर्ने क्रम बढ्दै थियो। उनी मलाई मेसेन्जरमा आउन कर गर्थिन। म अनेक बहाना बनाएर बिस्तारै टाढिदै गए।
मान्छे दुई प्रकारको हुन्छन्। केही चाहिन्छ भनेपछि चाहिन्छ चाहिन्छ। कोहि केहीले भाउ खोजेको देखेपछि छोड्दिने।
उनी दोस्रो प्रकारका थिइन। बिस्तारै उनी पनि मबाट टाढा हुदै गइन। उनी पुर्ण रुपमा मैले खोजेजस्तो थिइनन्। तर पनि उनको कमजोरी मैले थाहा पाउन सकेको थिइन्/छैन।
उनी फेसबुकमा कहिलेकाहिँ देखिन्छिन् तर तत्पश्चात हाम्रो कुराकानी नभएको पनि धेरै भइसकेको छ। उनी खै कहाँ छिन् थाहा छैन।
जिन्दगी यस्तै रैछ। भेटिने अनि छुट्टिने। आज बसमा एकै सिटमा बसेको यात्री दाईसँग दुई जोरि कुराकानी भए। हाम्रो बसबाट झर्ने गन्तव्य एकै रहेछ। तर जानेबेलामा एकदम आत्मितया देखाएर, हात मिलाएर गए। तर जे भए पनि जानेबेलामा आत्मियता दिदा,मन खुसि हुदो रहेछ। मैले पनि उनलाई अन्तिम भेटमा आत्मिता दर्साउन सकेको भए आज हामी यसरी बेखवरवाला त पक्कै बन्ने थिएनौ होला।
अनि मेरो त्यो प्रेम पनि यतिकैमा बिलिन भयो।