Monday, September 9, 2019

आफ्नै कथा-आफ्नै भोगाई

खै किन घाम थाक्दैन होला? ऐ हावा! कति शक्ति छ तँसँग। रुख दाजै तिमी गल्दै नौ र? आफु असक्त भएको बेला लाग्दो रैछ, यो समय पनि रोकियोस्, ताकी मैले हेर्ने यो दुनियाँको कुनै दृश्य नछुटोस्।

आमाले धेरै बोल्नु हुदैनन्, सानो बन्नुपर्छ बाबू सबैले माया गर्छन्, बोल्ने भईस भने धेरैको तारो भइन्छ भन्नुहुन्छ। हजुरआमाले राजेश हमाल बन्नुपर्छ भन्नुहुन्थ्यो। राजेश हमाल जो कहिल्यै हार्दैन र रुक्दैन निमुखाको लागि लड्छ। उसको स्वर जहिल्यै बुलन्द हुन्छ, अन्यायका विरुद्ध। हजुरआमाले यदि अरु पाँच वटा वसन्त काट्नु भएको भए म पनि राजेश दाईको बाटो लाग्थे होला। आमा भन्दा ठुलो हजुरआमाको बाटो लागेको छु। रोक्ने होइन बोल्ने भएको छु। र धेरैको तारो पनि भएको छु। अनि भोगेको छु धेरै हेला। आमाले भनेको गल्ति कहिल्यै हुदापनि त हुदैन।

म लक्ष्मीप्रसाद देवकोटाको फ्यान हुँ। दुनियाँले उनको कृत्तित्वको आलोचना गर्दा समेत म उनको कृतित्व र व्यक्तित्व दुँवैको फ्यान हुँ भन्दा मनमा खै कुन कुन कुनाबाट आन्दन आउछ। म "उद्देश्य के लिनु, उडि छुनु चन्द्र एक" कहिल्यै भुल्दिन। मेरा सोचाइ पनि त्यसैगरी विकासित भए। मलाई बढी महत्वकाक्षी भन्नेहरु पनि प्रसस्त नै भेटिए। स्नातकको चौधो बर्षमा मैले क्यामेस्ट्रि पढ्छु भन्दा? किन भन्ने जवाफमा मैले शिक्षकगणको अगाडी त्यसमा नोबेल पुरस्कार छ, वातावरण विज्ञानमा छैन भनेको थिए। हो मैले नोबेल पुरस्कार पाउन्न थिए, तर मेरो शिक्षण नै महत्त्वकाक्षी थियो, केहि गरु भन्ने। तर आज परेन्त साथीहरु यो विषय उठान गर्दै मेरो खिरिटिउरी गर्न छोड्दैनन्। तर त्यसको सपाट जवाप मैले अधिकांस बाहेकका समय नजरअन्दाजले दिने गरेको छु। शिक्षकहरुको केही काउन्सिलिन्ङ्ग पछि मैले वातावरण विज्ञानलाई नै रोजे। तर पनि मलाई मैले रोजेको विषयप्रति कुनै खेद चाहिँ छैन। यो असक्तताको बेला विचार गर्दैछु, पहिला बाच्नु नै ठुलो कुरा रैछ।

कोहि हनुमान जतिको बलियो मानव होला? विचार गर्छु। एकान्तमा आफ्नो भन्ने नै दुई साथी हुदा रैछ मन र मस्तिष्क। कहिले मलाई अनेक थरि विचार दिएर, तनावको भारी हालिदिन्थे। तर आज हास्न र बाच्न पनि यहिँ दुईले प्रेरणा दिएका छन्। यी प्रति यति नतमस्तक यो उमेर सम्म म कहिल्यै भइन। भन्छन् नि राम्रो साथी चिन्न समय लाग्छ। आज यो लामो समय पछि मात्र यिनलाई चिन्दैछु। यहि मन र मस्तिष्कले मलाई पुरानो दिन सम्झाएर मलाई हनुमान बनाएका छन्, अर्थात बलको पर्याय।

कोहि व्यक्ति कमजोर कति खेर हुन्छन्? खासमा व्यक्ति कमजोर नै हुदैन रैछ म अहिले विचार गर्दैछु। कुनैबेला मलाई लाप्पा खेल्न डर लाग्दैन थियो। इतिहास मेरो रुचिको विषय भएर पनि होला, यहिँ याद आउथ्यो वीर नेपाली (गोर्काली)को छोरा हट्ने त कुरै आउदैन। आफु भन्दा ठुलालाई पनि लाप्पामा हराएको याद आउछ। अहिले पनि कोहि अनुजहरु भन्छन्, "दाइ, पहिला कोहि मसँग निउ खोज्दा तपाईंको नाममा लड्थे, तपाईंको थाक लगाउथे।"तर तिनले कहिल्यै मलाई बोलाएनन् र मैले तिनको लागि कहिल्यै लड्न परेन। तर मैले अन्तिम पटक लडेको पनि त अहिले त बाह्र बर्ष भएछ। अब अहिले आएर आफ्नो दुखाइसँग लड्दै छु। जितेर आएको हुँ। आशा छ, यो जितको श्रृङ्खला अपराजित नै रहनेछु। भन्न त हुन्न तर पनि सत्य यहिँ हो, कि मृत्युु जितिन्छ कि आयु।

अँ मान्छे कमजोर कहिल्यै हुदैनन् भन्दै थिए। कोहि व्यक्ति बलमा बहादुर हुन्छन्, कोहि बोलिमा सरस्वती हुन्छन्। कोहि बुद्धिमा जनक हुन्छन्। अरु यस्तै यस्तै हुन्छन्।

कक्षा १० मा दुई कक्षा तलको भाइले झापड हानेको चाहिँ याद आउछ एक कमजोरीको। साह्रै खल्लो याद हो मेरो बाला पनको। म क्याप्टेन थिए, स्कुलको र देउसीभैलोको टोलिको पनि। म व्यवस्थापनको अनेक काममा लाग्दा, मैले नकराएको मात्र त्यो भाइलाई मन परेको रहेनछ। भन्यो हामी मात्र घोक्रो सुक्ने गरि केराउने, तँ नकराउने। मैले बोल्नुभन्दा पहिला नै उसले हात उठायो। त्यसको क्रिया र प्रतिक्रिया जन्मिनु अगाडि नै, ठुलो मानव घेरामा हामी परिसकेको थियौ र त्यहाँ अरु केही क्रिया प्रतिक्रिया जन्मन पाएन। नत्र आजको यो दिनको वर्तमान अर्कै पनि हुनसक्थ्यो होला। पछि प्राचार्यले उसलाई स्कुलबाट हटाइदिन्छु सम्म भन्नुभयो, तर मैले रोके।

एउटा साथी थियो/छ जो साथी मात्र नभएर हामी पर्याय नै भएका थियौ, उसलाई पनि यो कुरा थाहा छ।  प्राचार्य सरले नै मेरो नाम र उसको थर जोडेर हामीलाई बोलाउनु हुन्थ्यो, जो एकलाई बोलाउदा पनि। सम्झना मीठो लाग्छ। 

मलाई महत्वकाक्षी भन्छन् मान्छेले। तर महत्त्वकाक्षी हुनु भनेको नराम्रो पनि होइनन् नि होइन? म हर विषयमा गहनता राख्न चाहन्छु।गहिराइमा जान चाहन्छु। म टाउको दुख्दा पनि सामान्य मानेर बस्दिन्। म टाउको सम्बन्धि जटिल रोग हरु बारे गुगल गर्छु। बस् यहीँ आफ्नालाई बताउछु, उनीहरू मलाई, "तँ डिप्रेसनमा जान सक्छस् भन्छन्", सिधै अनि, "भन्छन् सदैव सकारात्मक बन्नुपर्छ।" तर मैले तिनलाई यो कहिल्यै भनिन कि तिम्रो सकारात्मकताले त मलाई यसरी जवाफ नदिनु पर्ने हो? त्यसभित्रको सकारात्मक जोडेर पनि नकारात्मकता उठान गर्नुपर्ने हो खै त? खैर जे होस्, एउटा फिल्टर राखेको छु आफु भित्र जसले राम्रो कुरा कानबाट मस्तिष्कमा लैजान्छ। नराम्रो अर्को कानले बाहिर। यसैगरी बाचेको छु। र यस्तो मेरो व्यवहारलाई कसैले महत्त्वकाक्षी भन्दै नराम्रो प्रचार गर्छ भने म मौन रहनुको विकल्प भेट्दिन पनि।

शरिर गलेको अलि समय भयो। तर म गलेको छैन। शरिरले साथ नदिए पनि आफ्नो नियमित कार्य छोडेको छैन। क्याम्पस सबेरै  नै जान्छु। तर क्याम्पसका कामहरुलाई चाहि साथ दिन पाएको छैन। बुझाउनु पर्ने कामको चाङ्ग बढ्दैछ। यसपाला शरिर कमजोर बनाएर भाग्यले साथ नदिए पनि, क्यापसको भ्रमण पहिल्यै सक्किएर, परीक्षा पर सरेर भाग्यले साथ दिएको छ। अनि यहीँ भाग्यसँगको विश्वास बढेर आउछ, अनि खुसि लाग्छ। अनि आसा लाग्छ, कुनैदिनको घाम त मेरा लागि पनि सुन्दर बनेर आउला यसैको प्रतिक्षामा छु। आखिर विजेताको टुङ्गको लगाउने एक गोल गर्न पनि त सेकेन्ड भरको करामत हो नि। यसरी आफ्नो उच्चतावादि ग्रन्थीलाई सक्रिय बनाएर बसेको छु। अनि एउटा काम भने गरिरहेको छु कलेजबाट फर्केर कलेज जानुभन्दा अगाडिको समय सुत्ने उठ्ने अनि सुत्ने तालिका नयाँ बनेको छ।


खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...