बाबू ल उठ जाऊ।
गते बार साल कुनै मिति वास्ता हुन्न थियो। सानै थिए। स्कुल जाने नजाने घरकाले निर्घारण गर्थे। तर विहानको ७ बजे सदा झैँ पुग्नु थियो होटल।
म जन्मे देखि नै हो रे, मामाले हामीलाई दूध दिन थाल्नुभएको। मामा सधैँ दूध बेच्न सहर आउनुहुन्थ्यो। उहाँको अरु आफ्नै ग्राहक थिए अनि म भान्जा। आजको ममा मामाको धेरै योगदान छ।
उसो त मामाले मलाई मामाघरमा नै राखेर हुर्काउने कुरा पनि गर्नुभएको थियो रे। तर बच्चालाई आमासँग छुट्टिन नै कहाँ मन लाग्छ।
नित्य कर्म जस्तै काम। सात बज्नु अगाडी नै म हिडे होटल।
"आज स्कुलमा भर्नाको दिन हो है, घरमा आएर पनि पढ्नु छ", ममिले म घरबाट निस्कनु अगाडी भन्नुभयो
उसो त जाने/घुम्ने/खेल्ने काँहि कोहि हुन्न पनि थिए। बाटोको समस्या थियो। उकालो ओरालो घुम्ति यस्तै थियो घोरेटो। खुबै धोडा हिड्थे त्यतिबेला यता।
डर लाग्थ्यो, काउराको बोटनेर। सुनेथे त्यहाँ तर्साउछ रे। त्यस्तो देखेको त थिइन। हिजोआज त मान्छेसँग पनि डर लाग्छ/डराउनुपर्छ तर त्यो समय फरक थियो। त्यो रुखमा केही फरक देखिन्थ्यो त सरस्वती पुजाको भोलिपल्ट, सरस्वतीको मुर्ति। कसैले पुजा पछि बिसर्जन गरेको। भन्थे निर्मल बाटिका स्कुलबाट ल्याएको हो। तर मसँग स्पष्ट प्रमाण छैन। मान्छेले त्यो मुर्ति नछुनु भन्थे, भुत लाग्छ। देउताबाट भुत पनि लाग्छ, त्यो बेला सोच्थे। अघिल्लो दिनमात्र पुजा गरेको देविले भुत कसरी लाउछिन् यस्तै यस्तै। केही दिनमा त्यो मुर्ति बिष्णुमतिमा देखिन्थ्यो, सङ्लो पानीमा हासेको सरस्वतीको प्रतिमा।
सानो सानोबाट बाटो छिचोलेर होटल पुगे। म छिटो भए मामाले नै दुधको भाडोबाट खनाइदिनु हुन्थ्यो। मामा छिटो भए होटलको अन्टि (हामी घरमा होटल्नी आन्टि भन्थ्यौ) ले राख्दिनु हुन्थ्यो। खै हिजोआजका मान्छेले कसैलाई ठुलो सेवा गर्छन् गर्दैनन्। सुन्न त सुनिन्छ मान्छेको समयसमयमा नगदको हिसाब हुन्छ रे। तर त्यो आन्टिले ठुलो सहयोग गर्थिन्। त्यसको वर्णन शब्दमा होइन मनमा छ। कृतज्ञताको।
त्यो दिन म छिटो भएछु, मामालाई कुर्नपर्यो। ममिले छिटै आउनुभन्नु भएको थियो। तर मामा ढिलो आउनु भयो।
म कुरेर बसे। कुरेरको मामालाई थिए, तर त्यो दिन नै खराब रहेछ। नजिकैको पसलबाट आवाज आयो," आज बुढा ३ बजे नै गए, छाउनीमा बोलाएको छ।" उनले नेपालको पहिचानसँग जोडिएको कुरा गरिन," दरबारमा गोलि चल्यो रे। राजा रानी दिपेन्द्र निराज स्रुति सबै मरे रे। अब राजा र देशमा के होला?"
दिपेन्द्र त जिउदै रहेछन् पछि आएको खबरबाट थाहा भयो।
त्यतिबेला जहाँ पनि फोन हुन्नथ्यो। त्यहीँ पसलमा थियो। ती अङ्कल आर्मी थिए, छाउनीमा पोष्टिङ्ग। उनैबाट सबैले थाहा पाए। आम जनताले एकाबिहानै टिभी हेर्दैन थिए। टिभी पनि सर्वसुलभ थिएन। हाम्रोमा चाहिँ थियो। हरदिन सात बजेको समाचार पछि इमेज च्यानलले बजाउने एनटिभिको गितका लागि हामी टिभी हेर्थ्यौ। समाचार रातको आठ बजे टिभिमा र बिहान हजुरआमाको रेडियोबाट।
***
स्रुति गैरिगाउँको कृष्ण मन्दिर उदघाटन गर्न आउदा प्रत्यक्ष देखेको थिए। "राजकुमारी" लाई हामी पर्खालमाथी चढेर हेर्दै थियौ। देख्नेले भगवान नै देखे जस्तो गरि उफ्रन्थयौ। कार्यक्रम सक्काएर गए पछि केही साथी रुलारुला जस्तो भएका थिए जसले देख्न पाएनन्।
स्रुतिले करिव सात सय मिटर जति हिडेर आएकी थिइन।पुर्वाधार राम्रो थिएन। बाटो राम्रो थिएन नि त्यतिबेला। त्यहीँ बाटोमा साथीसँग म पनि कुदे, कसैलाई खुसिको खोजिको बाटो भयो त्यो, मलाई डबल खुसिको खोजी।
मेरो खुसि एकलमा सिमित भयो। कतिको अनुहार पानी पर्नु अघिको आकास जस्तो भयो। कोहिको लालिगुरास।मेरो अनुहारमा सुर्य उदाएको हुदो हो, घरमा मेेरो उज्यालो अनुहारले हजुरअामा लगायत सबै खुसि भए।
***
म रानीबारी पढ्थे, ५७ सालमा। फागुनको महिना शुक्रबार। हामी राजालाई हेर्न जाने भनेर गयौं। सायद शुक्रबार राजाले जनतालाई भेट्थे, ड्याडिलाई थाहा थियो। त्यो बेला ड्याडिलाई संसारको नै ज्ञान छ जस्तो लाग्थ्यो। पत्रिका पढ्ने र समाचार दैनिक हेर्ने बानी थियो। जुन आज ममा सरेको छ।
खै किन हो, नारायणहिटी भित्र हामीलाई छिन्न दिइएन। हामी स्कुलबाट गएका थियौ, हाफ छुट्टि भएर। अर्को लुगा घरबाट ममी ड्याडिले बोकेर ल्याउनु भएको थियो। स्कुल सँगैको बाटो छेउमा मैले लुगा फेरे पछि हामी गएका थियौ।
"कोटा पुगेर आज जान पाएनौं, पछि लैजान्छु", ड्याडिले पछि भन्नु भयो,"अर्को बर्ष लान्छु।"
ड्याडिले विरेन्द्रको हातबाट टीका लगाउनु भएको थियो। घरमा फोटो छ। त्यसैले मैले पनि राजालाई भेट्ने इच्छा गरेको थिए।
त्यो अर्को साल मेरो जिवनमा कहिल्यै नआउने गरेर, २०५८/०२/१९ मा समाप्त भयो।
(Photo source: Google)
***
***
मामा आउन ढिलो गर्नुभयो। मैले त्यो दिन मामालाई कुरिन।
राजा मैले नभेटेको तर नभेट्न नपाएको पात्र। समाप्त भएको थियो। मेरो ठुलो सपना बिलिन भएको थियो।
मलाई जिन्दगीमा दुई कुराको भुतले सदैव अतृप्त पार्ने छ। एउटा भेट्न नपाएको राजा अर्को चढ्न नपाएको धरहरा। धरहरालाई मैले सोच्दासाच्दै ढल्यो, जसरी विरेन्द्रको वंश ढल्यो।
म "परदेशी" त्यतिबेला माया गरेर सबैले यस्तै भन्थे। मलाई बोलाउदा," परदेशी परदेसी जाना नहिँ। " दिदीहरुले। थापा अङ्कलका छोरीहरू।
परदेशी नामको रहस्य पछि बताउछु।
परदेशी नै झै म हिडेको थिए घरमा। ठुलो अन्धकार बोकेर। घरमा आएर ममीलाई भने दरबारमा गोलि चल्यो रे। सायद शब्द पुराउन सकिन, अनि ममीले कति अड्काल काट्नु भयो, "होइन होला।"
कसले पत्याउनु। हजुरआमाले रेडियो खोल्नुभयो, मैले टिभी। समाचारले केही बेरमा मैले सुनाएको खबर पुष्टि गर्यो। ड्याडी होटल रारामा काम गर्नुहुन्थ्यो, आज बिहानै अफिस जानुभएको थियो। उहाले पनि घर फर्केर समाचार ल्याउनु भयो।
हजुरआमा, ड्याडी, ममी, दिदी सबैको परिवारको सदस्य गुमाए जस्तो अनुहार भयो। सायद मेरो पनि उस्तै हुदोहो, आफ्नो अनुहार हेर्ने कुनै सुर भएन। मनै औशी भएको थियो।
ड्याडी जमलबाट नाराहिटी जानुभएछ, मान्छेको धेरै भिड थियो रे। मानिआएको धर्म अनुसार देउता मारिएका थिए। ड्याडीले मन थाम्न नसकि यो षड्यन्त्र हो भन्दै ढुङ्गा हान्नुभयो रे, अनि सुरु भयो रे होहल्ला। अनि जुन संस्था (प्रहरी)लाई आफ्नो उर्जाशील समय दिनुभयो उहीँ आए पछि ड्याडी भाग्नु पर्यो। नेपाल टेलिभिजनले त्यो दृश्य देखाइको थियो रे पछि अरुले भने हामीले त्यसपछि सोकमा टिभी रेडियो सबै बन्द गरेम।
ड्याडीले कपला फाल्नुभयो, मेरो ब्रतबन्ध नगरेकाले छुरा नलगाई मैले पनि कपला फाले। संस्कार हामीले मान्यौ तर यहाँ त संस्कार नै फालिएको थियो।
के भएको थियो, दरवार त बाहिर बाट मात्र देखेकालाई भित्री कुरा के थाहा? के भयो, सबै सक्कियो, देश अस्थिरपञ्जर भयो। यस्तै भन्नुभयो ड्याडिले। ड्याडीले ५ दिन एक छाक र १३ दिन नुन बार्नुभयो।
हामीलाई ड्याडीले सातौ दिनमा श्राद्धाञ्जी सभामा लाग्नुभयो। हामीले राजपरिवारको सदस्यलाई फुल चढाइ श्रद्धाञ्जली दियौं।
राजालाई देख्ने थोको मेरो समाप्त भएको थियो, राजकुमारीलाई देखेर फुलेको अनुहार राजा लगायतको परिवारलाई विदा गर्दा ओइलायो।
मैले राजालाई अन्तिम दृश्य राम्रोसँग शनिवारको साङ्केतिक भाषाको समाचारमा हेरेको थिए। कति भएको थियो थाहा छैन, तर त्यो दिन राजलाई नै हेर्न साङ्केतिक भाषाको समाचार हेरेको हो। खासम त्यो समाचार हाम्रो रासन ल्याउने समाखुसिको श्रेष्ठ पसल (हामी मोटिको पसल भन्थ्यौ)को पसललेको माइतिमा राजा गएका थिए रे, कुनै पुजामा। उसले नै त्यो हेर्न भनेकी थिइन। त्यो देखे पछि राजालाई श्रव्यदृश्यमा हेरेको आफुले नेट चलाए पछि नै हो।
राजाको फोटो त कतिलाई पोष्टकार्डमा शुभकामनामा दिइयो। पहिला र पछि पनि। तर जलेको मान्छे फर्केर आउदैन, सबै समाप्त भएपछि त्यसको कुनै काम थिएन।
***
एकदिन श्रद्धा गर्दा राजा विरेन्द्रको नाम पनि पुरेतले लिए। मैले सोधे,"किन राजाको नाम किन लिएको?"
राजालाई पनि तर्पनदिनुपर्छ। पहिला महेन्द्रलाई दिइन्थ्यो, अहिले विरेन्द्रलाई।
म नाबालिक हुद नै राजतन्त्र सक्कियो। त्यसो त हाम्रो परिवारको सदस्यबाट कहिल्यै कसैले राजनीति गरेनन्। केही राजनीतिक फाइदा लिएनन्। लिए त मात्र जे आम सर्वसाधारणले देशको तर्फबाट पाउछ त्यहिँ, नागरिकता, देशको चिनारी, नेपाल राष्ट्रको विशाल धुरी। त्यसको बापत दिए बरु, पहिला राजगुठीमा हामीले हाम्रो बार्षिक उत्पादनको ध्यु दिनुपर्दथ्यो रे, पछि तिरो, कर लगायत सबै। जुन आज पनि आफ्नो कर्तव्यमा परेको देशलाई दिएका छौ।
मलाई जोन अफ केनडिको भनाइ सबैव याद आउछ," देशले मलाई के दियो होइन मैले देशलाई के दिए सोच।" किनकि हजुरआमाले यहि सिकाएर जानूभएको छ," देशमा राम्रो गर्नु है।"
***
त्यतिबेला हाम्रोमा शुक्रवार दुई घण्टा लोडसेडिङ हुन्थ्यो। छ देखि आठ बजे सम्म।सदा झैँ हिजोआज को कुरा कार्यक्रम हेरेर सुत्ने हामीलाई के थाहा अघिल्लो रातको हासोले भोलि देशको दियो निभ्छ। थाहा थियो, सुरक्षा मै गर्थे राजाको धेरै मानिसले यस्तै भने छिमेकमा। तर अब हुने केही थिएन।
***
मैले त्यसअघि मान्छे मरेको एकपटक देशको थिए। खुब डराएको थिए त्यो रात। माथी सानाकाजीको आमा वित्नुभएको थियो। कलकत्ते पाटिमा उहाँको अन्तिम संस्कार भएको थियो, जुन मैले पनि हेरेको थिए।रातमा मैले चिच्याएछु," मलाई नजलाउ।"
त्यसबाहेक मैले अरुको मृत्यु देखेको सुनेको याद थिएन। राजाको मृत्यु सुने अनि देखे। त्यो राजाको मात्र अन्त्य रैछन् आज बोध गर्छु, त्यो एउटा इतिहासको अन्त्य रैछ।