Tuesday, July 21, 2020

लकडाउनपछि

"लकडाउन" शब्द नै नयाँ थियो। "डाउन" माने बन्द भन्ने पहिल्यै देखि सुनेको हो, विशेषगरी शिक्षकहरुको "पेन डाउन" भनिने "कलम बन्द" बाट। स्कुलमा। बोडिङ्काले अर्कै तरिकाले पढेकी? थाहा छैन।

मान्छेहरुको अल्छिपना सँगै सुरुभएको लकडाउन पछि मान्छेमा कति उपलब्धि भयो थाहा छैन। तर डाउनमा अप हुनेहरु चाहिँ गज्जब नै हुन्।

तर यो अल्छिपनले यति गाल्यो कि अब त दिन पनि गन्न मन लागेन/सकिन। बल्लतल्ल महिना चाहिँ गने। करिब चार महिना त भएछ। जिवनको उच्च उत्पादनशील समय बेतुक बिताइयो। उपलब्धि: अल्छिपनाको बिना लब्धाङ्क पत्रको उच्च क्षेणीको उर्तिण।

जिवनमा कति रुहाउला यो दिनले त्यो कल्पना बाहिरको विषय हो। भबिष्यलाई भबिष्यमा छोड्न मन लाग्छ, भागवत गिताको केही अध्ययनले पनि यहिँ सिकाएको छ।

लकडाउनका कुनैदिन दिउँसो निद्रा लागेन। त्यस्तो निद्रा लाग्ने अल्छी पनि लागेन। म जति बहिर्मुखी छु, उति नै अन्तर्मुखी पनि। जसरी बाहिर बाच्न सक्छु उसैगरि घर भित्र पनि बाच्न सक्छु। जसरी बाहिरबाट मख्ख पार्न सक्छु भित्र मनमा पनि बस्न सक्छु। नराम्रो लाग्नेलाई तितेकरेला झैँ बन्न सक्छु।

समयले केही काम दिएको थियो, केही गरे बढी बाकी नै राखे। जुन गल्ति हो/भयो, तर मेरो गल्तिलाई समयले मिलाइदिन्छ म विश्वस्त छु। थेसिस लेख्नु छ, जति पहिला लेखे पनि बुझाउन त चौथो सेमेस्टरको परीक्षा र परिणाम पनि आउन पर्यो, टियुको खरायो गतिलाई मेरो सर्पको घ्रिसाई नै भए पनि फरक पर्दैन। 

यो लकडाउनमा के गर्न सकिन्थ्यो? सायद धेरै। तर मैले केही गरिन, किनकि म पनि डाउन भएको थिए। म त अनुशाशित विद्यार्थी हुँ, विद्यालयको रेकर्ड हेर्ने भए म ठेगाना दिन्छु। नानी देखि लागेको बानी कहिँ हटाउन सकिन्छ र? म डाउन चाहिँ केही परिवेश देखेर, केही पुर्वानुमानले भए।

सायद अब पनि जीवन फरक बन्ने छैन, म त सङ्क्रमण कालिन समयमा छु। पढाइपछिको के भन्नेमा? त्यसको जिम्मा रामलाई दिन्छु, किनकि राम राज्यमा चिन्ता लिएर म रामको अपमान गर्न सक्दिनँ।

तर यो समयमा जिवनको केही गहिराई वुझ्ने कोसिस गरे। त्यसको आयाम शब्द र कथ्यले कहिल्यै भेट्ने छैन। निरसमा सिचाइ सम्म गर्न जान्ने भए, कसैलाई उपचार चाहिए दिने छु। तर ढुक्क नहुनुनि फेरि थोरै हिलोमा नै सुक्ने प्रजातिको पर्नुभयो भने मेरो जिम्मा हुन्न।

मलाई यो लकडाउनको समय गयो भनेर पश्चाताप कहिल्यै हुनेछैन। किनकि मैले यो समय देखे, यो एउटा इतिहास हो। इतिहासमा बाच्नेहरु अमर हुन्छन्। म पनि अमर भए खुसि छु।

तर तपाईंहरुले के गर्नुभयो?
केही गर्नुभएन? अवश्य गर्नुभयो। सरकारको निर्देशन पालन गरेर असल नागरिक बन्नुभयो। यो महामारि जित्नुभयो, त्यसको हार्दिक बधाई। परिवारलाई समय दिनुभयो। फिल्म हेर्नुभयो। जे गर्नुभयो, सिक्नुभयो, जिवनलाई अझ नजिकबाट बुझ्नुभयो, यसलाई निरन्तरता दिनुहोला। यो त सानो समय थियो, अब त्यसको गुणको जीवन बाच्नु छ। हासेर रमेर बाच्नु छ, अरु त समयले व्यवस्थापन गर्छ।

विरवलको ,"यो दिनपनि उसैगरि जान्छ।" उक्तिबाट सुरु भएको लकडाउन गयो। अब पनि उस्तै दिन आउछ, तर तपाईं अब कस्तो बन्ने तपाईंको हातमा छ।




खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...