यी आखाँ चिम्लेर यो रात चिरसँग सुत्न पाए
कस्तो सपना हुन्थ्यो होला, तक्दिरसँग सुत्न पाए
घामसँगै संसारै खुसि देख्छु, उज्यालो पाएर
यस्तै ठाउँ पुगिन्थ्यो कि, उच्च शिरसँग सुत्न पाए
अर्को चोला खै बाचिन्छ बाचिन्न, देखिन्छ देखिन्न
पुग्थ्यो यहि चोला, अन्तिम निद्रा खिरसँग सुत्न पाए
के दियो दैवले जन्म पनि आदि र अन्त्य उस्तैउस्तै
धन्यवाद भन्थे, फेरि यस्तै भिरसँग सुत्न पाए