Thursday, January 21, 2021

जिन्दगी: अब के हुन्छ?

एउटा रहस्यमय सिनेमा जस्तो भयो जीवन
हर मोड मोडमा प्रश्न आउछ
जिन्दगी, अब के हुन्छ?

फुटबलमा जस्तो
वान भर्सेस वान
डिफेन्डरले ट्याकल गर्दा
स्ट्राइकर लड्छ
रेफ्रिलाई पनि गाह्रो छ
फल हो होइन
पेनाल्टी दिने नदिने
भारको आस छ
अब के हुन्छ
क्रिकेटमा पनि
डिसिजन पेडिन्डिङग जस्तो
अब के हुन्छ
जस्तै भयो
जिन्दगी, अब के हुन्छ?

परीक्षा सक्कियो
परिणाम आउन बाकी छ
परिवारमा आसा भरिएको छ
छोराको पढाइ सक्कियो
अब कमाउला
तर छोराको हातल
उहिँ छ
जिन्दगी, अब के हुन्छ?

प्रेम गर्नेहरूले विवाह गरे
विवाह गर्नेहरुले घरमा सदस्य थपे
आफ्ना सम्पर्क सेतुहुनेले जागिर गरे
जागिर हुनेले इच्छा कामना पूरा गरे
आफ्नो नहुने पनि जीवन चलाउन
यति त गर्नै पर्छ
तर यो जीवन अस्थिर राजनीति जस्तै भा'छ
जिन्दगी, अब के हुन्छ?

आमाका आसा बाबुका सपना
इष्ट मित्रको हैसियत
देशको गरिमा
आफ्नो स्वाभिमान
यस्तै सोच्दा
कुनै कुरामा सम्झौता नगर्दा
आज जिवनमा
उत्तर दिनुपर्ने समयमा
मसँग प्रश्न मात्र बाकी छ
जिन्दगी, अब के हुन्छ?

जिवनको योजना कार्यनयनको समयमा पनि
गरिखाने योजना रुग्ण बन्दैछ
के होला ती अनुजहरुको हालत
जो यो अग्रजलाई आदर्श मान्छन्
आज यो प्रश्न मेरो मात्र बनेन
ती साराको मनबाट आउदैछ
जिन्दगी, अब के हुन्छ?



खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...