"यति चोखो यति मीठो दिउला तिमीलाई माया", यस्तै भनेर सुरु भएको हो मेरो माया। सायद सुरुवात सबैको यसरी नै हुन्छ। हामी आधुनिक पिढिले अघिल्लो पिढिको जस्तो आकास तारा, जुन ल्याउने जस्तो ठुलो कुरा गरेका छैनौं होला?
फेसबुकमा उसको तस्बिर देखेर म मुर्छा परेको थिए। तस्बिरमा सुगन्ध उसको मुस्कानले थपेको थियो। मोनालिसाको मुस्कानलाई फिक्का पारेको थियो, त्यो मुस्कानले। कला नभएर मात्र हो, नत्र भिन्चीसँग मैले नै प्रतिस्पर्धा गर्थे।
फेसबुकले बढो गज्जबको सेग्मेन्ट बनाएको हो, "पिपुल यु मे नो।" हाम्रो एउटै कलेज , एकै डिपार्टमेन्ट, अनि केही थान म्युचल फ्रेन्ड, अनि पो जुकरवर्ग धन्यवादको पात्र बने।
म केटिको मामलामा ज्यादै संवेदनशील, जतिसुकै मनले खोजोस्, मबाट फ्रेन्ड रिक्युक्ट जादैन। बरु काला गए, गोरा आउछन्, चल्ते गाडिका नाम जिन्दगी हे, हर स्टेसन पर नयि आद्मिका साथ मिलेका।
आध्यात्मिक म, कसले भन्छ भगवान छैन भनेर। चाहेको हर चिज पाएको छु। यतिखेर मान्छे राम्रो देखेको थिए, अब बानि जान्नु थियो। उसको रिक्युष्टे आयो। पहिला पनि हेरेको प्रोफाइल फेरि खोले। जति फोटा छन्, सबै नै उष्कृष्ट छन्। एक फोटो सुहाएको थिएन, कालो चस्मा निलो जिन्ज अनि बुट्टे टिसर्ट। अरुमा टिप्पणी गर्ने ठाउँ छैन। नत्र फोटोले भरिएको टाइम लाइनमा मुटु पुरापुर उच्च गतिमा धड्कियो।
अरे वाह! कस्ती केटि हो, फोटो भन्दा अरु केही छैन। 1998 मा जन्मेको सम्म हेरे। किन मेरि उनिलाई समाज, साहित्य, राजनीति, सिनेमामा चासो छैन? युवामा त यो अत्याधिक रुचिको विषय हो यो।
मनले भन्यो, अब म सिकाउछु नि त, के भो र? यस्ले नेै मायामा मलजल गर्न पुग्छ।
अनि माथि गए, हावा भरिएको बेलुन फुटेको जस्तो भयो।प्रोफाइलमा त "याड फ्रेड" पो आउछ बा? म जति इगोष्टिक छु, ऊ त्यो भन्दा गुणा रैछे।
म बाजारिएको थिए, उचाइबाट खसे झैँ। मनले भन्यो,चल गई तो मर गई।
तर कपुर सक्किए पनि उसको सुगन्ध कहाँ सक्किन्छ। उसको याद पनि उस्तै रहिरह्यो। म प्रेममा परिसकेको थिए, प्रेमिल कविता, गजल दिमागमा चल्न थालेको थियो। फिल्मका फ्लट गर्ने डाइलग, प्लट सम्झदै थिए।
चाण्डक्यले भनेका थिए, राम्रि केटि घमण्डि हुन्छन् भनेर। मैले आज झण्डै दुई हजार पाच सय बर्ष पछि यो पुष्टि भएको पाए।
मीठो पाठ पढियो आज।
***
भाग्यमा छ भने, अवसर पनि दोहोरिएर आउछ रे। हो रैछ त्यो घटनाको घाउ सुकाउन नपाउदै केहि दिनमा पुन उसको रिक्युष्ट आयो। सम्झेर दोहोराए गल्ती गरिन, तुरुन्त एसेप्ट गरे। लाग्यो प्रगतिको नयाँ पाइला सुरु भयो। उसलाई माफ पनि गरिदिए, कुनै पुरानो वाणी सुनेर,"राम्रो मान्छेले पनि कहिलेकाही गल्ती गर्छ, तर यसको अर्थ यो होइन कि ऊ खराब हो।"
मेरो खुसिमा चार चाद लाग्यो, जब उसको म्यासेज आएको आइकन देखियो।
म्यासेज पढे, "हेलो! दाइ"।
मनमा बलेको दियो निब्दै थियो, फिल्मको डाइलग सम्झे हर सम्बन्धको सुरिवात केटिले दाइ बाट नै गर्छन्। यो नै उसको सिष्टता लाग्यो।
हाइमा हेलो दिए।
"तपाईंसँग "बोलिगन अलजेब्रा" को नोट छ?"
धन्य यति छ केटिलाई आकर्षण गर्ने तरिका। कलेजमा नै नोटको लागि खोजिने पहिलो नाम त हो मेरो।
भाउ खोज्न मन लाग्यो, "कसले भन्या?"
"कलेजमा नोटको कुरा गर्यो कि, तपाईंको नै नाम आउछ। जो सरसँग पनि तपाईंको भन्दा अरुको नाम सुनिन्न।"
"ए ओके, त्यो विआर सरको होइन। ओके म मेल गर्दिन्छु, आइडि देऊ।"
उसको मेल आइडि आयो। थाहा पाई पनि सके, इमेज खत्रा भइ सक्यो। अब अगाडि जानू छ, मेलबाट पनि इम्प्रेस पार्नुछ। तर कसरी?
मनले भन्यो,"होइन ठुलो केही नगरौं।" सिदै मेलमा फाइल याड गरे सव्जेटमा बोलिगन अलजेब्रा लेखे, बडिमा पिफए लेखे अनि पुरानो डिफल्ट वाला सेन्डरको सेटिन्ङ्ग सहितको मेल पठाइ दिए।
"थ्याङ्यु दाइ।"
मेल पुगेछ, म्यासेज आयो।
फेरि आयो,"ओके दाइ, प्रिन्ट गर्दिन।"
सायद डिफल्ट सेन्डरमा रहेको,"डन्ट प्रिन्ट, सेभ इन्भारोमेन्ट।" देखेर होला।
मैले लभ रियाक्ट गरे। तर अब भन्ने के, लेख्ने के?
उसैले पुन म्यासेज गरि, "दा! तपाईं टपर हो।"
मलाई यस्तो टपर जस्तो चिज नै मन पर्दैन। म नभएर होइन, कतैको टपर थिए। फेरि हुन नसक्ने पनि होइन। तर मलाई यो विभेदको विन्दु जस्तो लाग्छ।
मलाई यस्तो कुरा गर्ने नै विभेदका पक्ष जस्तो लाग्छ। तर उसलाई भनेर के गर्ने? म र मेरो मन जस्तो सबै हुन्छन् भन्ने पनि त छैन।
मलाई रिप्लाई दिऊ नदिऊ लाग्यो, तर ढिला गरि रिप्लाई दिए,"होइन।"
उसले पनि ढिला गरि रिप्लाई दिई," मैले लाइफमा नै फष्ट टाइम देखेको, टिचरले नन टपर रिकमिडेन्ट गरेको। इम्प्रेरिभ।"
कथा टुङ्गिने भयो भनेको दैवले जुराको जोडि कहा छुट्छ। इगो मिल्यो, विचार मिल्यो। अब लभ परि नै हाल्छ जस्तो लाग्यो।
"ओके दा गुड बाई, आइ विल टेक्ट यु इफ यानी थिङ्गड निड।" यति लेखेर ऊ विदा भई।
मेरो मनमा मायाको टुसा पलाएको छ। पुष्वित र पल्लवित हुनै छ। यो फुललाई संसारको नमुना बनाउछु। यस्तै सोचेर म बसे। आजको रात कटे पो भोलिको उज्यालो आउछ। त्यसैले बाई लेखेर म पनि विदा भए।
विहानको कलेज, अनि मीठो निद्रा। कहिल्यै कलेज जान मन नलाग्ने आज त जिन्दगीको अन्तिम दिन जस्तो धेरै काम बाकी छ, तर समय थोरै छ जस्तो भइ रहेको थियो। सदै कक्षामा ढिला पुग्ने म आधा घन्टा छिटो पुगे। नोटको प्रभाव हेर्नू थियो। अब रात काटे जस्तो पहिलो दिइटा कक्षा काट्नु छ अनि ब्रेकमा त होला उसलाई भेट्ने।
दुई कक्षामा मात्र उसको बारेमा सोचेर बसे। मैले केही कुरा गर्नु पर्थ्यो। घर कहाँ, स्कुल, किन आइटि पढेको। केही राम्रोसँग बुझ्न पाइथ्यो। उस्तै परे फोन नम्बर लिएर भेट्न मिल्थ्यो। तर सकिन।
पहिको दुई कक्षा सक्कियो, ब्रेक भयो। पछिको दुईकक्षा पनि सक्कियो। तर मेरो प्रतिक्षाले प्राप्ति पाउन सकेन। कुन मुर्खले भनेछ, पर्खाइको फल मीठो हुन्छ भनेर यत्रो प्रतीक्षा जिन्दगीमा केहिको गरेको थाहा छैन तर पनि खोजेको भेटिन।
घर पुगे। पुगेको होइन अवचेतन मनले पुर्यायो। कस्तो प्लानमा हिडेको मान्छे युद्ध हारेर आएको जस्तो भयो।
दिन वित्यो । उसको पर्खाइ थियो म्यासेनजरमा केही त टेक्ट आउला भन्ने। तर ठुलो बज्र पात आयो, न्युजफिडमा। उसको इन्गेजडवाला पोष्ट।
म सपनामा या विपनामा केमा छु थाहा पाउन सकिन।
धन्न धेरै दिन झुटमा डुबेर, पागल भइन्छु। सानो डोजको औषधीको सानो असर त विरामिले यसै पनि निको पार्छ, म पनि पार्छु। भगवानले मलाई यो स्यामपल देखाका हुन, राम्रो आउनै बाकी छ भनेर मन बुझाउछु। अनि पुतलि उडे जस्तो हल्का भयो मन् हल्का उडान। अनि अर्को प्रेम अर्काइबमा बस्यो।
तर गितको जस्तो विन्दुबाट सुरु भएको मेरो प्रेम, गितको विन्दुमा नै अन्त्य भए जस्तो भयो, "कति कमजोर रहेछ भाग्य, तिम्रो सिउदो भर्न सकिन।"
(धन्यवाद- "यति चोखो यति मीठो दिउला तिमीलाई माया" गितका लेखक-सङ्गितकार गोपाल योञ्जन र सम्पुर्ण सदस्यलाई्। साथैै "कति कमजोर रहेछ भाग्य, तिम्रो सिउदो भर्न सकिन" सर्जक युवन तुलाधर, गायक दिप श्रेष्ठ र सम्पुर्ण सदस्यलाई पनि हार्दिक धन्यवाद।)