Friday, March 18, 2022

लभ (बर्ड) @ कान्तिपुर यातायात

निजि यातायातको धेरै फाइदा होला, तर सार्वजनिक यातायातको यात्रा पनि कम फलदाय चाहिँ हुन्न। झन अरुको कथा पढ्न चाहनेलाई त अझ अधिक फाइदा हुन्छ। काठमाडौको मुटु जमल, रत्नपार्क, पुतलिसडक, भृकुटिमडण्प, बागबजार, डिल्लिबजार, असन, ईन्द्रचोक, वसन्तपुर लगायतको क्षेत्रमा जादा मैले अधिक रोज्ने यातायातको माध्यम कान्तिपुर यातायात हो। पुरानो मोडलका बस, कैलो अनि बिग्रिएको सिट। कालो धुवा फाल्छ तर पनि आफ्नो गन्तव्यमा विकल्प कम भएर कान्तिपुर चढ्न बाध्य मध्य एक हुँ म।

सादा झैँ नियमति बिसौनिबाट बस चढे। अत्याधिक गर्मिको सहरमा दायाबाया नहेरि बसको अन्तिम सिटको विचमा गइर बसे। अब नगर्मी न बिचमा हुने भिडभाड, आनन्द अनुभव भयो।

दाया कोहि थिएनन्, बाया एक जोडि रहेछन, उनीहरुको कुराकानी सुनिसकेपछि पुष्टि भयो। तँ तँ र म म गर्दै बोल्दै थिए। केहि छिनमा केटाले केटिको फोन लियो। केटाको हाउभाउ बोल्दैथियो, उनीहरु म भन्दा केहि अगाडिको ठाउँमा मात्र चडेका होलान। नत्र केटाले फोन हेर्न यति अबेर गर्ने थिएन होला।

म समय लिएर उनीहरुको हर्कत हेर्दै थिए। केटाले केटिको आइ-फोनमा आफै पिन कोड हान्यो। खै त आधुनिक केटिको महिला अधिकार मनले मनलाई नै प्रश्न गर्यो। म अझ अच्चमित हुदै गए, केटाले केटिको म्यासेन्जर खोल्यो। सायद खोजेको भेटेन अनि भाईबर खोल्यो। उसले खोजेको भेट्टायो, "को हो यो?" उसले दाया तिर रहेको मेरो वास्ता नै गरेन।

"गुप्रको फोटो पठाएको हो।" केटिले भनि। सायद केटिले आफ्नो फोन हेरेकी थिइन।

"यो ग्रुपको फोटो भए, यसले किन पठायो?" केटाले सुरिदै प्रतिप्रश्न गर्यो्।

मैले पनि मौका मिलाएर फोटो हेरे, केटि होटल म्यानेजमेन्टको विद्धार्थी रछ फोटोमा केटि पुरै सेफवाला ड्रेसमा थिई।

"ए, अँ मैले पठाउन भनेको थिए, अनि उसले पठायो।"

उनीहरुको केहि बेरको कुराकानी पछि केटिले म यसलाई बल्क गरिदिन्छु भनि। उसले फोन पनि तानि तर पछिको दृश्य देख्न पाईन।

राष्ट्पति भवनमा पुगे पछि उनीहरुको कुराकानी विस्तारै विषयान्तर हुन थाल्यो। केटाले केटिको फेसबुक प्रोफाइल खोल्यो। "यो को हो?" उसले फेसबुकको फोटोमा प्रश्न उठायो।

"हाम्रो आर्ट अफ लिभिङ्गको दाई हो।"

लभमा त यस्तो प्राईबेसि हुदैन भने विवाह पछि झन के होला? सामाचारमा आउने महिला सम्वन्धी मुद्दा केटिलाई थाहा छैन कि के हो? केटिलाई साच्चै गाह्रो छ, केटाको कारणले मात्र होइन आफ्नै दुर्बलताले गर्दा पनि।
केटिले आफ्नो फोन लिई, मैले सिनेमाको झैँ मज्ना लिइ रहेको थिए। सिनेमा झैँ सबै सोचेको मिलेन। केटिले झन आत्मसमर्पण पो गरि,"यि यिनिहरु सबै आर्ट अफ लिभिङ्को दाईहरु हुन।"

केटि पहिरनमा र सौन्दर्यको पछिल्लो अवस्था बारे जानकार त रहिछ तर समाजविज्ञानमा त सायद पढ्न धेरै बाकी नै रहेछ।

कुकुरले बच्चा सारे जस्तो उनीहरुको कुराकानीको विषय पनि निरन्तर परिवर्तन भइरहेको थियो। केटा केटिको कृयाकलाप बारे जानकारी लिइरह्यो। तर केटाको बारे जान्न केटीले कुनै इच्छा व्यक्त गरिरहेको थिइन।

"मलाई बाईक कहिले किनि दिने। " केटाले प्रश्न गर्यो।

"अँ किनि दिन्छु, म एक लाख पचास हजार हालिदिन्छु। तिमी एक लाख हाल अनि किनिदिन्छु।" केटाहरुले केटिलाई होल्ड ड्रिगर भनेको धेरै सुनेको छू तर यहाँ केटा पो गोल्ड् ड्रिगर जस्तो पो देख्दै थिए।

मैले विस्तारै केटालाई नियाले। केटाले कालो चश्मा, पहेलो सर्ट, निलो जिन्स, स्पोर्ट सु लगाएको थियो। कपाल पनि पुरै ब्रान्डेड सैलुनमा काटेको जस्तो देखिन्छ। केटाको हाउभाउ र पहिरनमा केटालाई कसैको दयाको आवश्यक छ जस्तो देखिदैनथ्यो।

"मैले जम्मा गरेको पाँच सक्किन लागि सक्यो। अनि तैले किनिदिन्छु भनेको होइन त?" केटाले सायद आफ्नो लगानी सुनायो, "तेरो पछि लागेर म पछि फेरि उता पनि गईन।"

मलाई केटा देखि दया लाग्यो। केटाले के प्राप्तिका लागि यसरी केटिमा लगानी गर्छन। माया हो भने पनि किन हिसाब खोज्छन? म मनमनै कुरा खेलाउछु।

बेलाबेलामा केटिले म भए तिर हेरेको मैले भान पाए, मैले अब आखा भन्दा कान बढि सक्रिए पार्ने निति लिए।

" म उता गए भने तँ यता रमाईलो गर, मोज गर।" केटिले केटालाई आश्वासन दिई। केटि विदेश जाने तयारीमा रहिछ, वार्ताबाट थाहा पाए।

माया नै उता गएपछि कस्तो रमाइलो गर्ने हो केटाले? नेपालीको बाध्यता हो या रहर अलि पढेका र राम्रो सम्पति भएकाका सन्तती विकसित राष्ट्र, अनि त्यो नभएकाहरु आफ्नो भावि सन्ततीलाई त्यो स्थानमा पुर्याउन विसाकशिल राष्ट्रमा मेहेनत गर्दै छन। सायद गरिव र राजनितिक अस्थिरता भएको देशको साझा समस्या होला यो।

"भिसा लागेन भने?" केटाले केटिको क्षमतामा प्रश्न खडा गर्यो।

केटिले समझदारी पुर्ण कुरा राखी,"दुवै मिलेर यतै कमाउला।"

केटाले केहि असहज जस्तो महसुस गर्यो, "केहि गरेर त बाचिएला नि।" केटा यति बोलेर रोक्कियो।

केटिले माहोललाई बुझि या कागतालीमा घरको पछिल्लो कुरा सुनाई, "बुबाले हिजो तिमि त एडिलेड पो जाने रहिछौ भन्नु भयो। मैले मलाई त्यो ठाउ सिड्निको नै स्ट्रिट होला भन्ने ठानको थिए। मैले कन्सलट्यान्सीको सरलाई पनि सिड्नी नै एप्लाई गर्न भनेको थिए भने। अनि बुबाले कताकता फोन गरेर एडिलेडको बारेमा त्यहाँ रहेकाहरुसँग कहाँकहाबाट कुराकानी गर्नुभयो। अनि भन्नुभयो सिड्नी भन्दा एडिलेढ राम्रो पनि रहेछ। सस्तो पनि रहेछ भन्नभयो।"

केटाले एकोहोरो सुनिरह्यो।

"सबै जना सिड्नी जान्छन्। अनि मान्छे भएको ठाउमा महङगो त हुने नै भयो नि।" केटाले यो संवादमा मौनता आउन दिएन।

"ऐ ऐ हो र?" केटिले लेप्रो तान्दै केटाको खिसिटिउरो गरि।

केटिले निरन्तर उस्तै लवजमा केटाको खिसिटिउरो गरिरही।

जमल आएपछि झर्ने ठाउँको बारेमा उनीहरु विच कहाँ झर्ने भन्ने बारेमा वार्ताभयो। केटा जमल की रत्नपार्क झर्नेको भन्ने अन्तिम निर्णय केटा पनि केटिसँगे रत्निनपार्कमा नै झर्नेमा विवाद मिल्यो। केटा नारायणहिटिमा जाने बस्ने। केटि आफ्नो काम सक्काएर आउने कुरा भयो। सायद केटि कन्सलट्यान्सी जादै छे।

जमलमा बस केहि बेर रोक्कियो, केहि मान्छे झरे। उनीहरुको कुराकानीको विषय पुन परिवर्तन भयो। "तिमी बैङलोरमा जादा मेरो एउटा काम गरिदेऊ म तिमिलाई बाइक किनिदिन्छु।" केटिले केटासँग विनिमयको डिल पो गर्न लागि त। केटि साधारण त होईन। तर किन उसलाई स्वतत्रताको केहि वास्ता नै छैन। सायद मायामा आखा बन्द नै हुन्छ, त्यसैले यति समर्पित भएर लागेकि छे।

"के काम?" केटो हौसिएर प्रश्न गर्छ।

"एकजनासँग मलाई फोनमा कुरा गराऊ, श्री श्री श्री रविशङ्करसँग।"

केटिले यति बोलेपछि केटाले अलि सानो स्वरले बोल्न केटिलाई उर्दि जारी गर्यो। दुवैले मलाइ हेरे, मैले आफुलाई सिधा हेरिरहेको अवस्थामा नै राखे। अब मलाई केहि सुन्ने समय पनि थिएन, सायद उनीहरुलाई पनि। त्रि-चन्द्रबाट बस अगाडी लागे पछि म अगाडी लागे, बसको अन्तिम विसौनी नै रत्नपार्क थियो।

मलाई यो जोडिको कुराकानी र क्रियाकलाप देख्दा लाग्यो, नेपालमा स्वतनत्रता एउटा बौद्धिक विचार विमर्शको लागि मात्र भएको छ। लक्षित वर्ग सम्म जान यो विषयले मार्ग अझै भेटेको छैन। तर सुनिए जस्तो सायद मान्छे मायामा अन्धो नै पो बन्छ की?



खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...