जिन्दगीको खातामा
श्रेता नमिल्दा/मिलाउन नसक्दा
संसारले भोगेको
भन्दा ठुलो मन्दीमा परेको छ जिन्दगी।
सायद खाता पुरानो भएर हो
या अन्य कुनै
कारणले
यो खातामा
जोडिने भन्दा टाडिनेको संख्या ठुलो छ
त्यसैले जिन्दगी नै ऋणात्म हुदैछ।
जिन्दगीको खातामा
के बलियो हुनु पर्ने हो?
भावाना, सम्बन्ध, आध्यात्म, शारिर, शक्ति
कि आर्थिक पाटो?
भावानात्म रुपमा
सन्तुलित
साथी/नाता जोगाउन
सङघर्षरत
आध्यात्मिक रुपमा
सबल
शारिरीक रुपमा
सक्षम
आर्थिक रुपमा
योग्य
हुदाँहुँदै पनि
जिन्दगीमा
ठुलो नोक्सान हुदो
रहेछ।
अब के समाउ म
नेता, व्यापारी, गुरु
जसले जिन्दगीको
हिसाब धनात्मक बनोस् ।