Friday, July 21, 2023

गजल

 आज खुसी छ यो मान्छे, यो कृष्णले पनि राधा भेटेको छ

अब बल्छ दिपक यो जिवनमा, यो बत्तिले पनि पाला भेटेको छ


अब सुर्य-चन्द्रमाको समुहमा परिन म पनि, जोडि भेटियो

अब कहिल्यै निरस हुनेछैन यो, यसले नि जिवनको 

आभा भेटेको छ


अब यात्रा रसियो होला, रङ्गिन होला, यसमा झङ्कार होला

यो लामो दुरि पछि बल्ल एउटा खोलाले अर्को खोला भेटेको छ


लथालिङ्ग थियो यो मुसाफिरको सम्पूर्ण कथा इतिहास हिजो सम्म पनि

सहयोगी सबैलाई धन्यवाद छ, मेरो कथा लेखिदिने पाना भेटिएको छ


खै समय कता पुग्यो, युग फेरियो कि, केही हेक्का नै भएन

अब सम्पूर्ण पलहरुमा बच्ने छु, मैले याद राख्ने यो जमाना भेटिएको छ।

२०७७/०४/०६

आत्मसमर्पण

 असक्त भएर होइन 

आवाज बुलन्द नभएर

मैले आत्मसमर्पण गरे।


मेरो को थियो?

मेरो के थियो?

मेरो को थियो ले

मेरो के थियोलाई थिच्यो

अनि मैले आत्मसमर्पण गर्नुपर्यो।


हुन त परिचय थियो

परिचय जनाउने परिचयपत्र थियो

आफु जनाउने हुलिया 

दारी र जुङ्गा सहितको निधारमा कोठि

स्त्रि लोभ्याउने गालामा खोपिल्टो

तर पनि जिन्दगी एक्लो 

अनि मैले आत्मसमर्पण गरे।




 ऊ हिमालको हिऊ जस्तो चहकिली छे

सागर झैँ कन्चन छे, पवन झैँ फरासिलि छे

आमा तपाईंको बुहारी यो सृष्टि कै अनुपम छे।


धेरै ज्ञान जान्छे, थोरै व्यवहार जान्छे

धेरै ज्ञानी छे अनि उस्तै व्यवहार गर्छे

सिकाउनु आमा उसलाई, ऊ जे पनि सिक्छे

आमा ऊ काचो माटो हो, 

तपाईंले बनाए जस्तै बनिदिन्छे।


आमा उसले सासू मान्दिन

आमा मान्छे हजुरलाई

जन्म र कर्म दिने

दुई आमा पाए भनेकी छे मलाई 

कोठा छोडेर घर गएको

ठानेर आफुलाई

आफ्नै आमा मानेकी छे उसले 

आमा हजुरलाई।


भात भान्सामा मात्र होइन 

घर पनि चलाउछे

यो छोराले मात्र होइन आमा

उसले हजुरलाई माया बढाउछे

आमा पिर नगर्नु है

म मरे पनि उसले 

हजुरलाई आफूसँगै सजाउछे

त्यसैले आमा ऊ 

बुहारी होइन छोरी 

बन्न रुचाउछे।


गजल

 यी आखाँ चिम्लेर यो रात चिरसँग सुत्न पाए

कस्तो सपना हुन्थ्यो होला, तक्दिरसँग सुत्न पाए


घामसँगै संसारै खुसि देख्छु, उज्यालो पाएर

यस्तै ठाउँ पुगिन्थ्यो कि, उच्च शिरसँग सुत्न पाए


अर्को चोला खै बाचिन्छ बाचिन्न, देखिन्छ देखिन्न

पुग्थ्यो यदि चोला, मात्र अन्तिम निद्रा खिरसँग सुत्न पाए


के दियो दैवले जन्म पनि आदि र अन्त्य उस्तैउस्तै 

धन्यवाद त भन्थे, फेरि यस्तै भिरसँग सुत्न पाए।।।


खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...