लाग्छ गल्ति गरे मैले आफैलाई बाध्न ताला चाबि बनाए
संसार देख्न हेर्न चराचुरुङ्गि नै बन्नु नपर्ने यो जमानामा
मित्रहरु उड्ने उफ्ने जीव बन्दा मैले आफैलाई वनस्पति बनाए
आजको २१ सदाब्दिमा मान्छेमा डरत्रास नहुनु पर्ने हो
म त्यसै डराए मान्छेलाई नै राक्षस अनि देवदेवि बनाए
पुरुष फस्छन् कि फसाइन्छन्, महिलासँग डर मात्र लाग्छ
मैले प्रेमिका नबनाई सङ्गिनीलाई पनि काली भगवती बनाए ।