Thursday, January 11, 2024

खाली ठाउँ भर्नुस्


त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो

कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो


यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने

हामीलाई नै गाउनु नाच्नु पर्ने हेर्नुस् हाम्रो चञ्चले पन मिल्यो


मैले बोलाए उनी हल्का लजाएर मुसुक्क हास्दै बोलिन

कुनै दिन यस्तो भयो मेरो प्रस्ताव अनि उनको वचन मिल्यो


म काश्यप गोत्रिय बाह्यण अनि उनी ______ गोत्रिय

सबै मिल्दा अन्तममा गोत्र नमिल्दा हाम्रो कुरा झन मिल्यो


यस्तो बानी पर्यो उनलाई म मात्र मन पर्ने मलाई उनी मात्र

हेर्नुस् मायाको भकारीलाई पनि अनाज टनाटन मिल्यो


धन्य रैछन ब्रह्मा, सृष्टिमा अन्याय भयो भन्नु परेन

सृष्टिमा ब्रह्मालाई पनि आज जस सहितको कमिसन मिल्यो।














खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...