Monday, March 30, 2020

#COVID19 and ११ हाइकु

#हाइकुमाला
सेल्फ क्वारेन्टाइनबाट ११ हाइकु
१. आकास हेर्दै मनन गर्छु
कालो छ दिन
मन नि उस्तै भा'छ
कोराना त्रास।
२. समाचार अनि सामाजिक सञ्जालबाट आत्तिको मन हर फोनमा झन आत्तिए पछि
दुख र त्रास
डरायो मेरो मन
म जस्तै सबै।
३. जन्म देखि नै सेल्फ क्वारेन्टाइनमा बसेकी प्रेमिकाको नाममा
लापत्ता छे ऊ
बसेकी छे होला काँ
कुर्दै मलाई।
४. सेल्फ क्वारेन्टाइनबाट
भयको बाँस
एकै कोठा संसार
कोरोना त्रास।
५. सहर छोड्ने साथीसँगको फोन सम्पर्क पछि
भरि छ बस
भरिएको छ मन
यात्रा गाउँको।
६. काठमाडौंका रैथानेलाई कति गाली गर्छन् उनीहरू यहाँ बसुनजेल, तर हर समस्यामा काठमाडौं एक्लै रुन्छ। विगतको भुकम्प र हालको कोरोना सङ्कट यहीँ बोल्छ
यात्रा गाउको
गाउँको नै छ भर
हर त्रासमा।
७. आधुनिक मुनामदनको फोनको वार्ता। छुट्टाछुट्टै क्वारेन्टाइनमा बसे जस्तै
जहिल्यै उस्तै
टाढाको छ सम्बन्ध
बोल्दैछ दृश्य।
८. प्रेमीकाले पनि छोडेर गई। ढुङ्गालाई नै रहेछ नि मन
रित्तियो घर
सिटि पनि रित्तियो
गई ऊ पनि।
९. जीवनको अन्त सम्म साथीहरु सँगै हुन्छन्, बरु बाआमाले विचमा छोडेर जान्छन् भन्ने साथीहरू पनि यो त्रासमा छोडेर गए
लान्छु भनेन
गए आ-आफ्नै बाटो
गुन बिर्सिए।
८. यो संसारको रित नै यस्तै छ। हर कोहीले दोस्रो व्यक्तिलाई छोडेर जान्छ।
साहार दियौ
हर सपनालाई
छोडेर गए।
र अन्त्यमा
९. घर फर्कने साथीलाई विदाइ गर्दै
सहर पसोस्
तिम्रो गाउँ नपसोस्
कोरोना काल।


लकडाउन, अनुशासन र मोटि



अनुशासनको अर्थ थाहा थिएन, तर विद्धालयमा त्यो पहिला नै अनुशासनको पालना गर्थे। त्यो कुनै नियम थियो/थिएन लिखित/मौखिक जानकारी थिएन। तर असल बन्नुपर्छ भन्नुहुन्थ्यो आमा। म त्यसैगरी बस्थे। विद्धालयमा मात्र किन, घर छिमेकमा पनि उस्तै थिए। आमा भन्नुहुन्थ्यो,"सानो बने सबैले राम्रो भन्छन्, ठुलो बने कसले राम्रो भन्छ?"

हुन पनि मैले त्यसै बेलातिर नेतालाई खुब गालि गरेको सुन्थे। राजाको समयमा राजालाई गालि गरेको सुनिन,  तर कोहि नेता चोखो चाहिँ भेट्टदिन थे। अगाडि पसलमा ठुलाहरु जम्मा हुन्थे, नेतालाई चोर र फटाहाको विशेष विशेषण प्रयोग गर्थे। उस्तै समयमा गाइजात्रे गित सुनेको थिए, वास्तविक गितको भाकामा शब्द बङ्गाइएको, जसलाई प्यारोडि भन्छन् भन्ने पछि जाने। अनि आमाको शब्दमा सत्यता भेट्थे।

"नेता भन्ने पात्र ठुलो बने र सबैले गालि खाए।" आमाले भन्नुहुन्थ्यो। अहिके पनि याद आउछ गाइजात्रे गित, " भट्टराइको (कृष्णप्रसाद) उहीँ हो चाल शेर नि उस्तै हो, माधव नेपालले सडक तताको, जनताले यो कुरा छैन थाहा पाएको।"

नेतालाई त पछिसम्म गालि गर्ने सुने/सुनिन्थ्यो, (आज पनि सुन्छु। व्यक्ति उहीँ छ अनि चुनावमा उसैको लागि मोट माग्छ, भोट दिन्छन्।)

गिरिजा,...जा

कमल थापा छट्टु, ज्ञानेन्द्रको...

काठमाडौको हैजा, ... लैजा

मण्डलले...

अवसरवादी...

अन्तर्घातलाई...

राष्ट्रघातिलाई...

कोशी बेच्ने...,गण्डकी बेच्ने..., माहाकालि बेच्ने...

..., देश बेच्ने दलाल

..., मुर्दावाद

आज यो लकडाउनमा पनि म पुरै अनुशाशित बनेको छु।  मनहरू विश्व भ्रमण गर्दैछ, सिनेमामा डुवेर। मस्तिष्क प्राग ऐतिहासिकबाट पुन यात्रा सुरु गर्दैछ । पुस्तक नै त्यस्तै पढर्दैछु। सरकारलाई पुर्ण सम्मान गरेको छु।
तर आफ्नो गर्नै पर्ने काम थिए। थेसिस थियो। कलेजको नोट छ। परिक्षाको मिति मात्र तोकिन बाकि छ। तर बर्तमानमा रम्नेलाई भविष्य गौण बन्छ। आमालाई बुझाउन नसके पनि मनलाई मनाएको छु, यो स्थिति सामान्य भएपछि, कलेजलाई विना सम्झौता पूरा समय दिने छु।

यो लकडाउनले साच्चै नोस्टाल्जिक बनाएको छ। मनोविद के भन्छन्? यसको सकारात्मक र नकारात्मक पक्ष मलाई थाहा छैन। तर विगतको याद तस्बिर भन्दा ज्यादा नै रङ्गिन छ। न त्यो बेलाको रिल र फोटो जस्तो माटिएको/बिग्रिएको छ, न आजको डिजिटल जमानमा बनेका तस्बिरले त्यो याद जितेको छ।

***

मलाई राम्रो बन्नुपर्ने। सोझो बन्नुपर्ने। मलाई त्यतिबेला के थाहा त्यो बेलाको मनोबैज्ञानिक असर अहिले सम्म पर्छ। मलाई केही जान्ने/बुझ्ने बेला सम्म देवव्रत भिष्मको बाटोमा डोराइसकेको थियो। एकमुखी पात्र। जबकि संसार कृष्णको पुजा गर्छ। राम र भिष्मपितामह जस्तो वास्तविक पात्र खोजि गर्छ। मलाई भिष्मपितामह बनाइयो।

बनाइयो नै हो, नत्र मलाई पनि कृष्ण बन्ने रहर थियो। बालकृष्ण चरित्र हेर्दै हुर्केको म, त्यो बालसुलभ चञ्चलता कुन बच्चाले आफुमा नदेख्ला। तर एकलमुखि पात्र बनाएर मलाई नाटक सम्म पनि गर्न समेत नसक्ने बनाइयो।

एउटा रहर छ जिवनमा, एउटा नाटक मात्र गर्ने अवसर पाए र गर्न सके भने म नाम मात्र भए पनि कृष्ण राख्ने छु।
अहिले सोच्न मन लाग्छ, साच्चै म सानै देखि स्वतन्त्र चरा जस्तो बनेको भए, अहिले मेरो गुढ कता हुदो हो?

मलाई अहिले, बन्न मन लागेको पात्र हो, पराक्रमी भगवान परशुराम, विद्वान विदुर, कर्मठ एकलब्बे/विश्वामित्र, विदेशहरुले भन्ने पात्र रविनहुड। 

म हुर्केको परिवेशले गर्दा आज परेन्त म मनोवैज्ञानिक रुपमा कमजोर छु। सबै बुझ्छु तर पनि कोहि ठुलोसँग बोल्न र कतै ठुलो स्वरमा बोल्न डर लाग्छ। कतिकतै बोलेको पनि छु अन्याय र आफुलाई चित्त नबुझेको विषयमा। तर त्यसको मनोबैज्ञानिक त्रास लामो समय सम्म बोक्छु।

सामाजिक सञ्जालमा आफ्नो विचार प्रष्ट नै राख्छु। तर वास्तविक संसार र भर्चुल संसार विचको खाडल गहिरो छ। दुई बिचको दुरी आकास जमिनको छ। 

बाहिर जस्तो भए पनि आमा भन्नुहुन्थ्यो," तँ घरको बाघ परको स्याल होस्।" म हिजोआज आमालाई भन्ने गर्छु, म महादेव हुँ, मनमौजी। म भैरव पनि हुन सक्छु साधु पनि। म ताण्डव रुपमा प्रस्तुत हुनसक्छु शिवशर्मा अवतारमा पनि आउन सक्छु। म विनाशक हुँ, र खराव पात्रको उछित्तो खन्छु। 

हो म महादेव नै हो, कसैलाई सजिलै विश्वास गर्छु अनि भष्मासुरले पुर्याएको अवस्थामा पुग्छु। 

यो नोष्टाल्जियाले पनि कताकता पुर्याउछ। म पुरै आदर्शतिर पो लागेछु। तर यी १८०० शब्दमा मेरो विगतको ८ सेकेन्ड पनि अटाउदैन। 

यो लकडाउने मलाई राम्रो सिकायो, जिवनको रस त बाल्य कालमा नै रहेछ प्रयोग गर्ने। अनि पछि मह खाने।
म फिल्म भन्दा पनि सुन्दर कथा र पात्र त आफ्नै विगतमा पो भेट्छु त। हुन पनि हो वास्तविक कथा र पात्र, काल्पनिक दुनियाँमा कहाँ पाइन्छ र? मेरा हिरोईनहरु आज सम्झिरहेको छु। विशेष त त्यो मोटिलाई सम्झेको छु। मोटि जो आज क्यालिफोर्निया स्टेटमा आइटि पढ्दै छे। 

मोटिलाई "मोटि" भन्दा ऊ औधी रिसाउथि। मैले उसलाई बुझाउनलाई मोटिको पनि कोहिको राम्रो प्रतिभा छ कि भनेर कति देविको खोज गरे, विश्व प्रख्यात पात्र खोजे। सुरुमा त प्रथम चरणका चित्रकारसँग मात्र रिस उठ्यो, अनि पछि यो मानव सभ्यताको दुनियाँ सँग रिस उठ्यो।

"उसलाई मोटि भनेर बोलाउन पाए?" म कति कल्पना गर्थे? तर किन कोहि मोटिहरु विश्व विख्यात भएनन्।

मोटिलाई माया नगर्ने कोहि थिएन। जो पनि पहिलो भेटमा उसको मायामा फस्छ। जसले जति मेहेनेत गरे पनि, मोटिले मलाई माया गर्थी। यो गर्वको कुरा हो।

मलाई कृष्ण बन्न मन लागे पनि म कृष्ण चरित्र गर्न कहिल्यै योग्य रहिन। त्यहीँ बाल्यकालमा सोझो बन्ने कलाले मलाई स्त्रि प्रेमवाट टाढा राख्यो। "दि रिटर्न अफ राजु"को छोरा जस्तो। त्यसमा बाको क्यारेकटर कृष्ण जस्तो भएर आमाले सुकदेव स्वामी जस्तो बनाउछिन छोरालाई । म पनि मोटिबाट त्यस्तै बने/बन्नपुगेछु।

अस्ति मोटि पनि भन्दै थिइ, "तँ जत्तिकै राम्रो केटा त पाउदिन होला, तर २०७७ मा बिहे गर्न घरबाट कुरा आएको छ।" मोटिले आफ्नो मनको तिक्ततालाई ढाक्दै मलाई पनि त्यति तितोमा डुबाई "तैले पनि खोजेको पार्वती पाउदैनस् ढुक्क भ।" काठमाडौंको नेवार गल्तीमा हुर्किएकी बाहुनी, आवाजमा पनि नेवारी पारा आउछ। नेवारी पनि प्रष्ट बोल्छे। साह्रै क्षमतावान व्यक्ति छे। सुनेको थिए धेरै भाषा बोल्नेमा धेरै क्षमता हुन्छ। मोटि त्यस्तै छे।

यहीँ कोरोनाले गर्दा हो, नत्र बैसाखमा नै ऊ आउने कुरा थियो। नत्र मोटिको विहे हुन्थ्यो होला। मोटिको विहेमा के गर्थे होला म, थाहा छैन।

मोटीलाई मेरो सोझोपना नै मन पर्छ। खासमा मन भन्दा दया हो कि जस्तो पनि कहिलेकाहिँ चाहिँ लाग्छ। तर दया भए यतिका समयसम्म वास्ता नहुनु पर्ने हो? यो माया हो, हर क्षण याद दिलाउछे।

"मोटि" खासमा मोटि थिइन। नेपाली नायिका जल शाह भन्दा पनि पातली थिइ। भारतिय कमेडिन भारती त ऊ भन्दा तीन गुणा छे होला। वर्षा राउत भन्दा अलि पातली छे मेरि मोटि, तर सौन्दर्य त बर्षाको भन्दा दुई गुणा छ।गाला पुक्कपुक्क छ, शरिर जिरो प्लस दुई होला। उचाइमा मेरो काध आइपुग्छे। शर्माले भन्थ्यो, " मोटि भगवानले तेरै लागि बनाएको हो। हातले कुदेको मान्छे हो।"

व्यवहार ठाउँ अनुसार आवश्यकता अनुसार गर्दिन्छे। ऊ कलाकार त होइन, तर भएकी भए ओस्कारको दाबेदारी चाहिँ दिन्थी।

आज दिउसो खुल्ला आकासको बादल हेर्दाहेर्दै उसको कपालको याद आयो। ऊ प्राय दुई तिहाई पछाडि छोडेर १/१ तिहाइ दायाँबायाँ गरेर कपाल कोर्थी। यो कपालको स्टाइल मलाई औधी मन पर्थ्यो। उसलाई सुहाउथ्यो पनि। सायद उसलाई सुहाएर नै मलाई मन परेको पनि हुनसक्छ?

ऊ मलाई कति माया गर्छे भने नि, रोटेसनको बेलामा, म लाष्ट सिटमा पर्दा ऊ दुइटा कपिमा एकैपटक सार्थी, एउटा उसलाई अर्को मलाई। साच्चै मलाई यतिको माया गर्ने केटि त पाइदैनन् नै होला। म लगभग ढुक्क छु।
परन्तु यो मनले अहिले पनि भनिरहेको छ, मोटि मेरै हुनुपर्छ। तर अन्तर्मुखि हुनु र सोझो देखिने त्यो बेलाको अभ्यासमा आज अभ्यस्त हुनाले आज परेन्त दुख पाइरहेको छु। "मोटि, तँलाई भन्न सक्ने आट आएन, साथै हर कुराकानीमा तैंले राख्ने प्रस्ताव स्विकार गर्ने आँट पनि आएन।" यो खाली समयमा सिनेमा हेर्दाहेर्दै, किताब पढ्दापढ्दै मोटिलाई सम्झन्छु। मन पुरै मोटिमय भएको छ।

मोटिलाई सम्झन यो लकडाउन र क्वारेन्टाइन चाहिने पक्कै होइन। ऊ फेसबुकमा छैन। इन्ट्राग्राममा छे, उसलाई हेर्नलाई मैले इन्ट्राग्राम खोलेको पनि होइन। ऊ टुइटर चलाउदिन। खासमा ऊ सामाजिक सञ्जालमा त्यति सक्रिय नै छैन। पढेकी छे आइटी, मन र इच्छा लागेर नै। भन्छे "हामीले अरुको जिवनमा रङ्ग थप्ने हो, आफ्नो जिउमा रङ्ग धसेर बस्ने हैन।"

मोटि गहन र अर्थशिल कुरा गर्छे। ऊ लोकल होइन, अन्तराष्ट्रिय स्तरको विचार राख्छे। अन्तराष्ट्रिय स्तरको मान्छेले यो लोकललाई किन यस्तो माया गर्छे म छक्क पर्छु।

हाम्रो भ्याकेसनको समयमा मोटि भन्दा पनि म मोटो हुन्थे। अनि कलेज खुलेपछि मलाई डाइटिङ्ग टिप्छ दिने मेरो पोषण विद पनि उहीँ हुन्थी। मलाई मोटे भनेर जिस्काउन उसलाई खुब रमाइलो लाग्थ्यो। तर रमाइलो लाग्नु र राम्रो देखिनु फरक कुरा रहेछन्। नत्र ऊ किन आफै सक्रिय भएर मेरो शरिरका आकार सम्याउन कर गर्थि।

म गान्धीवादि जस्तै मलाई पोषाकले होइन पहिचानले देख भन्ने। त्यो मेरो बाध्यता थियो, कपडा छान्न नआउने। उसले धेरैचोटि मेरो यस्तो रवाफ देखेपछि आजपरेन्त मेरो लागि पोसाकको फर्माइस उहीँ गर्छे।
हिजो सपना ऊ आइ। उसको परिवार आए। सायद मेरो जिवनको नै उत्कृष्ट सपना हो यो, उसको परिवार ज्वाइँ छान्न आएको। सायद यो प्रथम उहाहरण हुनुपर्छ यो संसारको। मैले बोल्नु परेन, मेरो ममी बोल्नुभयो। सबै कुरा मिल्यो। तर अन्तिममा सबै विग्रियो। म विउझे। विउझेपछि लाग्यो, विवाह सम्म हुनपाएको भए?

शर्मा मेरो मिल्ने साथी, उसले सपना सुनेपछि भन्यो,"हेर भाई तेरो बाटो मैले देखे, तँ बन्ने भनेको सन्यासीको हो। बरु एक कुरा चाहिँ म सिर्योर भए अब संसारले साच्चै सफा मनको साधु पाउछ।" ऊ मज्जाले हास्यो। "अब इन्द्रको आसन ढाल्ने तैँ होस्। इन्द्रको पासा अप्सरा/परि हुन्। तँलाई तिनको वास्तै छैन। तैंले विश्वामित्रलाई पनि जित्ने भईइस् । तर यार तैले त्यो त्रिशंखुलाई विश्वामित्रले बनाएको जस्तो दोस्रो श्वर्ग मलाई बनाइदेन है।" ऊ मलाई उडाउन पाएर खुब रमायो 


मैले रसिका (उपाध्याय, मोटि) लाई त भन्न सकिन सकिन हर क्षण मलाई साध दिने मेरो प्रिय साथी विधान (शर्मा) लाई पनि भन्न सकिन म पनि मोटिलाई प्रेम गर्छु। मैले शर्मालाई मेरो जिवनको यो एक कुरा बाहेक केही गोप्यता राखेको छैन। शर्मा कथालाई क्यामेरामा कैद गर्छ, म कथा लेख्छु। सायद हामीले यो कथालाई कुनैदिन आफ्नो क्षमता जाँचमा प्रयोग गर्छम् कि? आसा गरम्।

खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...