मलाई मान्छेहरू यो घाम जस्तो लाग्छ
जो कहिले उज्यालो हुन्छ
जगतै उज्यालो बनाउछ उस्तै
सरदको जस्तै
अनि कहिले अन्धकार बनाउछ
बाउको किरिया बसेको छोराको अनुहार जस्तो
अब सबै सक्किए जस्तो
सधैं एकनास त को हुन्छ
कहिले म छु भन्ने चन्द्रमा पनि त छुट्टि मनाउछ जान्छ।
म पनि त यो पवन जस्तै छु नि
जसको वेग कहिल्यै समान रहन सकेन
कहिले चैत बन्यो कहिले असोज
हो म कहिल्यै एकनास बन्न नसक्ने भएर नै होला
मेरा हातपाउका औला पनि एकनास नभएका।
समान त के हुन्छन्
न यी पर्वत छन्
न यी हिमाल छन्
अरु तअरु यी तराइका फाट पनि देखिने मात्र हो समान
तर यी भित्रका केही दुरिका गल्क्षडाले बनेका थुम्काले पनि
यिनलाई समना हुन दिएनन् ।
एकै नाश फुल्न त यी फुलहरुलाई पनि मन होला नि है
तर अहँ सक्दैन यसले पनि
केही अरुले यसलाई असर गरे होला
अनि केहि आफुले बन्न सकेन।
सारा जगतले मलाई सबै सधैँ समान हुन सक्दैन
तर सबैको दिन फरक फरक समयमा आउछ भन्ने सिकाउछ भने
अब म कसरी सदाबहार बनु
रातमा सुनसान जगत पनि त
बिहान भए पछि हल्ला र सल्लाले
भेट र भिडले
त्यो रातको जगत र यो वातको जगत एकै त हो?
प्रश्न खडा गरिदिन्छ।
हो म पनि त्यस्तै हो
कुनै बेला वसन्त कुनै बेला वर्षा
कुनै बेला गृष्म, शिशिर कुनै बेला हेमन्त, सरद
कुनै बेला खोला कुनै बेला खहरे
कृपया मलाई बुझ्न गल्ति नगर्नु होला
मेरो परिचय पनि दैनिक फरक हुन सक्छ
No comments:
Post a Comment