एउटा मुसाफिरको जिन्दगी
के हुन्छ
बाच्न पाउ
बाचे जति हास्न पाउ
आज यो ठाउँ
भोलि अर्को ठाउँ देख्न पाउ
बस् यति हुनेछ
मेरो जिवनको उपलब्धि।
जन्मिदा रोएको थाहा पाइन्
मर्दा पनि रुने अवस्था नआओस्
कसैको माया नहोस्
कसैलाई माया नहोस्
कसैको चिन्ता नहोस्
कसैलाई चिन्ता नहोस्
कसैलाई बताउन केही नहोस्
कसैले केही सोध्न नरहोस्
मेरो अन्त्य
मैले बाचेको जस्तो होस्।
बाच्दा
नायक मेरो रोजाइ होइन
संसार मेरो खोजी होइन
कसैको सहारा नबनु म
कसैको सहारा नखोजु म
आफ्नो मनले खोजेको मिलोस्
आफ्नो ईच्छा नै मेरो धर्म बनोस्
यति चाहेर हुर्केको हो
यतिमै मेरो जीवन घुमोस्।
राम्रो केही नलागोस्
जसले मनलाई लोभि बनाउछ
नराम्रो केही नलागोस्
जसले पराइ बनाउछ
भेटिनेसँग चौतारी जसरी भेटियोस्
भेटियो, छुट्टियो सक्कियो
न माया रह्यो
न मोह रह्यो
मैले चाहेको जिन्दगी नै यति हो।
पढेको शिक्षाले कमाउ नभनोस्
कसैले दायित्वको भार नलागोस्
नाम नहोस्
बदनाम नहोस्
बरु मेरो गुमनाम होस्
मेरो जिन्दगीको लक्ष्य यति
यो जीवन
नकसैको भार होस्
नकसैको आधार होस्
म बाचुनजेल
मैले चाहे जस्तै बाच्ने
वातावरण यहाँ तयार होस्।
Thursday, December 17, 2020
मेरो उपलब्धि
Subscribe to:
Post Comments (Atom)
खाली ठाउँ भर्नुस्
त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...

-
त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...
-
आफ्नै नियम सिद्धान्तले मैले आफैलाई बन्दी बनाए लाग्छ गल्ति गरे मैले आफैलाई बाध्न ताला चाबि बनाए संसार देख्न हेर्न चराचुरुङ्गि नै बन्नु नपर्ने...
-
उनले मलाई मेसेन्जरमा मेरो नामको स्पेलिङ्ग सहित सहि तरीकाले बोलाएकी थिइन। मैले त्यो उनको हावभाव भन्दा विपरीत तरिकाले पढे। फुलको आखामा फ...
No comments:
Post a Comment