Sunday, December 18, 2022

मलाई आज मन पर्यो


भोलि विहान म उठ्दा खेरि पनि 

यहीँ घाम झुल्कियोस्

यहीँ पवन बहोस्

यहीँ फुलहरुको सुवास पाऊ

किनकि मलाई मेरो आज मन पर्यो।


म आज जन्मेको हुँ

आमाको आसा बनेर

त्यसैले त आज विशेष छ।


म चाहन्छु

यो सिङ्गो पृथ्वीले उत्सव मनावस् 

आजको 

किनकी 

अर्को दिन मेरो जन्मदिन हुदैन।


मलाई म प्यारो लाग्छ

अनि पो मलाई अरु प्यारो लाग्छ

यहि प्यार कायम रहन

आज झैँ अन्य दिन रहोस्।

Tuesday, May 10, 2022

तपाई कुन पार्टीको?

बैशाख बर्षको पहिलो महिना मात्र नभएर बिहेको महिना पनि हो। विगतको पाँच बर्ष यता यसलाई पाच बर्षे चुनावी महिनाको रुपमा पनि हेरिन थालेको छ।

बैशाखमा एउटा निम्तो मान्न गएको थिए। मानिस सामाजिक प्राणी भएकाले पनि होला अरुको निरन्तर ख्याल राखिराख्छन्। पहिरनमा सुहाउदो लक्का जवान देखेर पनि होला एउटा पुर्व परिचित वृद्ध आएर प्रश्न गर्नुभयो, "बाबुले कहिले हो त पुलाउ खुवाउने?"

समय\उमेर\सँगिहरुको विहे भैरहदा आउने समान्नातर प्रश्नले मलाई केहि नौलो अनुभुति दिलाएन भने, "अब छिटै।"

"अब अहिलेका केटाकेटिले पहिल्यै खोजी सकेका हुन्छन्, के को चिन्ता?" अर्का उपस्थित वृद्धाले विषयलाई जोड दिए।

म त विषयान्तर गर्न चाहन्थे, तर कुराकानीले झनझन गहिरो रुप लिन थाल्यो, "त्यस्तो केहि छैन, हजुरहरुलाई नै दुख दिने हो।"

"साच्चै?" पहिलेका बाले सोधे।

"ढुक्क हुनुस्, बरु लागि हाल्नुस्। अब ढिलो गर्नु हुन्न।" मलाई पनि कुराकानीमा रमाईलो लाग्न थालिसकेक थियो।

वरिपरिका सबै हासे। कुराकानी मबाट अरु तिर पनि मोडिन थल्यो, साना केटाहरुलाई ठुलाले जिक्काउन थालेका थिए\थियौ।

केहि समयको अन्तरालमा पहिलेका वृद्धा आएर मलाई बोलाएर एउटा कुनामा लगेर प्रश्न गर्न लागे, "एउटा कन्या छिन्, बाबुलाई सुहाउने। पढे-लेखेकी, काम पनि भएकी। मलाई पहिल्यै भन्थे, मैले मिल्दो नभेटेको पनि हो अनि बाबुको पनि याद कस्तो नआएको। कुरा चलाम कि के छ?"

जति बढे पनि, पढे-लेख गरे पनि आफ्नो जिन्दगीको निर्णय लिइहाल्न सक्ने भई सकेको छैन भन्ने बोध भयो। पारिवारिक वातावरणमा हुर्कियो, बढियो। बुबाआमाको छहारीबाट केहि दिन भन्दा बढि बाहिर नबसे पछि यस्तो हुन्छ भनेर केहि दिन आगाडि साथीले भनेको थियो। सायद त्यहि भयो, मैले उत्तर दिन सकिन।

उहाँले कुरा थपिरहनुभयो, केटिको जात, केटिका बुबाआमाको पेसा, केटिको पारिवारिक पृष्ठभुमि, केटीका मावल पक्ष, आदि इत्यादी। अनि अन्तिममा सोधे, "कुरा चलाउ त?"

अब उहाँले निर्णय नै यही दिई सक्नु पर्छ जस्तो गर्नुभयो, आफुले आफुलाई बिहेको लायक नै ठानेको छैन मैले। केहि कुटनितिक बन्न खोजे, "हुन्छ, हामी यो विषयमा पछि कुरा गरौँला नि!"

सायद वृद्धाहरु कुरा गरेपछि, त्यसको अन्त नभए सम्म लागि रहन्छन्, यस्तो विशेषता आजका पिढिमा देखिदैन्।उहाँले थप्नुभयो, "केटि हेर्दैमा केहि बिग्रिन्न, अब अहिलेको जमाना केटाकेटिको मन मिले मात्र न हो बिहे हुने। फेसबुकमा कुराकानी गर्नुस्, भेटेर कुराकानी गर्नुस्। कुरा मिले ठिकै छ नमिले अर्को खोजौला!"

"खोजौला?" यो शब्दले पुन मलाई हिर्कायो। मैले कहिले उहाँलाई केटि खोज्ने अक्तियारी दिएर? उहाँ त हात धोएर लाग्नु होला जस्तो छ त।

वृद्धा यति भनेर अलप भई सकेका थिए।

आजको विवाह सक्कियो, तर मेरो कुरा नसक्किने अवस्था आउला जस्तो देखियो। भर्खर पढाई सक्काएको छु, काम छैन। आफैलाई पाल्न गाह्रो छ, कहाँबाट बिहेको बारेमा सोच्नु। ति वृद्धाले घरमा पनि कुरा पुर्याएछन्। आमाले एकदिन सोध्नुभयो, "तैले त बिहेको कुरा चलाएको रहेछस्।"

आमाले कुरा निकाले पछि यो विषय त्यहिँ बुढाले घर सम्म ल्याई सकेका होला भन्नेमा मलाई दुई मत भएन। मैले कुराको ईतिविस्तार लगाए।आमा हास्नु भो।

ति बुढाले मेरो फोन नम्बर माग्न घरमा आएर आमासँग कुरा गरेका रहेछन्। बुढाले त्यसैदिन बेलुकी तिर फोन गरे, "साँची, बाबुहरु कुन पार्टिको रे? अब बाबुको बाबा कुनै पार्टिमा लागेको त देखेको छैन। बाबुको पो आस्था छ की?"

चुनावी सर्गर्मीले गर्दा पनि होला, मान्छेलाई चुनावी चिन्ताले छोएको, दिमागले धेरै त सोच्न भ्याएको थिएन, सोचे बुढाले कसैलाई भोट माग्न पो लागे।

पार्टी कुन भनौ, जब कि अहिले सम्म यो पार्टिले देश बनायो भनेर गर्व गर्न लायक काम गरेको कहि कतै भैटेको नै छेन। अनि कुनै पार्टीको लागि भनेर हिडेको पनि छैन, "म पनि कुनै पार्टिमा लागेको छैन।"

"ऐ...ऐ... ल...ल... उता पट्टिकाले पार्टिको कुरा पनि गर्नुभनेका थिए, त्यहिँ भएर। राजनिति गर्नेहरु परे, अब बाबुको पार्टी नभए पछि झनै सजिलो भयो।" यति भनेर वृद्धाले औपचारिकता निभाउदै फोन राखे।

म अच्चममा परे, विवाह गर्दा पनि राजनितिक आस्था खोज्ने हामी कस्तो संस्कारको बाटोतिर जादै छौँ?

तर मेरो मनमा पार्टिले ठुलो खलबल मच्चायो।राजनितिक चेत राख्ने भएर पनि होला की? सानै देखि समाजिक विषयमा जानकारी राख्ने गर्थे, थोर बहुत राजनितिक विषयप्रति जानकार थिए।तर पार्टी?

त्रि-चन्द्र पढ्दा हुलमा लागियो, साथीहरु नेवि संधको नेता भए, सायद देख्नेले त्यतैको देखे।पहिलो बर्ष ति साथीहरुँग हिडे पनि दोस्रो बर्ष साथीहरुको संख्या र दायरा बढ्यो, अनि नेता साथीहरुसँगको दुरी पनि। साथीहरु एक ठाउँमा छन्, उनीहरुको राजनिति अर्को ठाउँमा।तर पनि केहि फरक पार्टिका साथीहरुले उहि पार्टीसँग जोडेर हेर्दा दुख लाग्थ्यो। तातातो समयमा कम्युनिष्ट, सोसललिष्ट, क्यापिटलष्टिक सबै सिदान्तको धेरथोर जानकारी सङग्रित पनि गरियो।  २०\२१ बर्षको उमेरमा सिदान्त पढ्दा त कम्युनिष्ट पो खत्रा लाग्यो। उत्पादनमा जोड, क्षमता अनुसारको काम, आवश्यतका अनुसारको दाम। क्यापिटलष्टिकको सिदान्त पनि ठिकै लाग्यो, "साबैलाई धनि बनाउने। स्वतन्त्र बजार, क्षमता अनुसारको जिवन।कुरा ठिक भए पनि हुनु पर्ने पनि प्रगतिसिल नै हो, तर सबै धनी भए पछि कसले उत्पादन गर्छ? पछि विपिको सामाजवाद बारे पढे पछि लाग्यो यो पो हो त सिदान्त। क्षमता अनुसारको काम र काम अनुसारको पारिश्रमिक पो हुनु पर्छ नत्र त कामचोरहरुले लुटि हाल्छन् नि।"

पछि सोच्दै जादा लाग्यो, सबैमा उस्तै क्षमता नहुने हुनाले समाजवादको मिठाईमा केहि कमि पो छ की? अध्ययनको क्रमा नै कतै एउटा लेख भेटको थिए, जहाँ लेखिएको थियो कार्ल मास्कले आफ्नो किताबमा नै लेकेका छन् रे कम्युनिष्ट सिदान्त दिर्घकालिन हुन सक्दैन भनेर। अनि ठिक त्यसै बेला विजयकुमारको खूसि मा उहाले लेखेको विषयले झन अन्योलमा पार्यो, मान्छेहरु ४० बर्ष सम्म कम्युनिष्ट र ४० पछि क्पापिटलष्टिक बन्छन् भनेर। यो अनुभवात्मक ज्ञान हो या अध्यात्मक ज्ञान? युवाहरु वैचारिक रुपमा यति कमजोर हुन्छ र, ठिक र बेठिकको छुट्टाउनै नसक्ने? पछि बाबुराम भट्टराईले पनि कम्युनिष्ट विवार छोडे। यो राजनितिमा स्थायी मित्र र शत्रु नभए जस्तै स्थायी सिदान्त पनि नहुदो रहेछ।

त्यस पछिको दिनमा पनि राजनितिक सिदान्त निरन्तर पढिरहेको हुन्छु। सिदान्तले देश बन्ने होइन रहेछ। कम्युनिष्टको सिदान्तले चिन बन्दा अन्य देशमा बनेनन्। क्यापिटलिष्टिक सिदान्तले नै अमेरिका बन्यो। मध्यम मार्गि बाटोले भारत पनि विकासमा अधि बढ्दै छ। अझ पढ्दा राम्रो त नर्वे मोडल लाग्न थालेको छ, निशुल्क स्वास्थ्य र शिक्षा भएको।

*****

त्रिचन्द्र भन्दा बाहिर पनि  राजनितिले ध्यान मोडेको समय। पहिला २०६४ सालको चुनावमा हो, भोट हाल्न पाउने उमेर थिएन। सायद पाएको भए माओवादिलाई नै हाल्थे की? देश नै जो माओवादिमय भएको थियो।भर्खर जनयुद्धबाट आएको पार्टी, धेरै गर्छु भन्थ्यो। चुनावको बेला हरेक नेता विश्वको विकसित देश आफुले नै बनाएर आएको जस्तो गरि कुरा गर्थे। केहि आशा र भरोसाले जनताले साथ दिदा पनि माओवादिले जनताको मनमा बास गर्न सकेन। नयाँ जोगिले धेरै खरानी धस्छ भने झैँ भयो माओवादी पनि। भाषणमा ठुला नारा राखेको खरानी मात्रै धेरै देखियो, काम केहि देखिएन।

दोस्रो लकडाउनको समयमा राजनितिक सिदान्तलाई अझ राम्ररी पढे\सुने।इन्टरनेटमा उपलब्ध धेरै स्रोतको प्रयोग गरे। देश बनाउने राजनितिले हो अब राजनितिमा लागेर देशको मुहार फेर्ने हो भन्ने लागेको थियो, । तर जति पढ्दै गए, त्यति मनोरोगि जस्तो बन्दै गए। सिदान्त कुनै गलत रहेनछ, तर देशको कुनै पार्टिको विगत-वर्तमान, सिदान्त र काम गराई विच सन्तुलन रहेनछ।

चिना हेराउदा ज्योतिषले धेरै भाग्यमानि छस् भन्थे, तर देशको वर्तमान हेर्दा ठुलो अभागि लाग्यो। म विदुर नितिको समर्थक, न्याय र धर्ममा विश्वास गर्ने। तर समय चाडक्य नितिको रहेछ, साम, दाम, दण्द, भेदको। मैले राजनिति सुरु गर्दा पनि म नोकियाको हालतमा पुन्ने रहेछु, तत्कालिन समयमा जानुपर्ने एन्ड्रोइस प्रणालीमा, माईक्रोसफ्टमा गएर सबै साम्राज्य नै खत्तम भए जस्तो।

२०७० को चुनावमा मिश्रित माहोल थियो, भोट हाल्ने नहाल्ने दोधार। मलाई यस पटक पनि फरक परेको थिएन, मसंग भोटर कार्ड थिएन भोट हाल्नु परेन।

माहोल हेरियो, राजनिति हेरियो। शिक्षित अनि राजनितिक चेत बुझेको भएर होला, लाग्थ्यो चुनाव पनि उत्सवमय बन्दै छ अब देश बन्छ। निर्वाचित उम्मेदवार उत्पादनले जस्तो जनताको भोक नमेटे पछि लाग्यो, सबै भम्र रहेछ।

२०७४ मा पनि निर्वाचन आयो। मतदान मात्र स्थानिय निकायको निर्वाचनमा गरियो। केहि आसालाई मतदान गरियो। केहिले जिते कहिले हारे। कामको मुल्याङ्कन गर्ने अवस्था गर्ने मौका नै दिएनन्। स्थानिय स्तरमा हुने कुनै पनि निति-निर्माणको केहि पनि ज्ञात हुने मौका नै दिएनन्। अब ति व्यक्तिलाई कसरी मतदान दिनु?

अहिले निर्वाचनको माहोल बनेको छ।देशका विभिन्न ठाउँमा सहकर्मीहरु पनि उम्मेदवार बनेका छन्। उमेर समुहका त झन धेरै उम्मेदवार बनेका छन्। यसमा खुसी छु, तर ठुलो बिडम्बना आफ्नो स्थानिय तहमा कसलाई भोट हालु ठुलो दुविधामा छु? म आफूलाई कुन पार्टिमा उभ्याउ? कुन चिन्हलाई पवित्र स्वस्तिक छापले विभुषित गरौँ?

अनि कतै ति केटिका अभिभावकलाई भेटे भने आफुलाई कुन पार्टिको भनौ होला? राजनितिक चेत सुन्य देखाउदा त आफै कमजोर पो पर्छु की?



Wednesday, April 13, 2022

विर्सिएका अनुहारहरुलाई धन्यवाद

धेरैलाई विर्सियो होला जस्तो लाग्छ। धेरैले जिवनमा धेरै गुन लगाए होलान। औपचारिक ज्ञान दिनेलाई बेला मौकामा सम्झिन्छ, तर अनौपचारिक पात्रलाई सम्झन गाह्रो हुन्छ। आज अनायसै ती पात्र प्रति कृतज्ञता व्यक्त गर्न लाग्दैछु।

वस्तुको विनिमय मात्र गर्ने पसल सञ्चालकलाई त उसको सेवाको लागि कृतज्ञता व्यक्त गर्ने गर्छु भने अन्य  विर्सिएका अनुहारलाई कसरी टाढा राखु। आज सबैलाई यथानाम गरेर एकमुष्ट धन्यवाद भन्दैछु।

मान्छेले सेवा पछि धन्यवाद भन्छ, त्यहिँ संस्कारमा पढेबढेको बबुरो हुँ। बिर्सिएका र छुटेकालाई सम्बोधन गर्न समय आवश्यक छान्दै थिए। उपयुक्त समय लाग्यो, नयाँ वर्षको पुर्व सन्ध्या, भोलिबाट नयाँ संवत सुरु हुदैछ, आज सबैलाई कृतज्ञता व्यक्त गर्दछु।

कखरा चिनाउने विद्धालय, लेख्न सिकाउने गुरु वर्ग, खेल खेल्न सिकाउने मित्र सबैलाई धन्यवाद। ती मध्ये गुरुवर्ग, नाता कुटु्म्ब प्रति सदैव आभारी हुनेछु। तर कतिलाई थाहा नै नपाइ विर्सिन पुगेछु। खै कसले पहिला कखामा च्याप्यो होला, को कसले औला समाएर हिडायो होला। सयौंले हजारै पटक क ख ग भनेर सिकाए होला। ती सबैलाई हिजोलो लागि धन्यवाद भन्न चाहान्छु।

कसले होला मलाई पहिला खेलकुद चिनाएको, कसले होला ति बाल्यकालका खेलकुद सिकाएको। डन्डि र वियो, इटा ढलाई, चुङ्गि जस्ता ईतिहास भएका खेल सिकाउने पात्र त आज गुमनाम छन्। मसँग तिनको अनुहारसम्म सम्झने शक्ति रहेन। भलै कृकेट, बाष्केटबल, फुटबल जस्ता उदाउँदो खेल चिनाउनेलाई पात्र मेरो मानसपटलमा जिम्दा छन्। ती विर्सिएकालाई आज आम माफि माग्दै धन्यवाद भन्छु, ति यादमा भएकालाई पनि हिजो झैँ आज पुन धन्यवाद।

कति पटक अस्पताल पुगे होला, कुन कुन डाक्टरले बचाए होलान। कुनकुन वैज्ञानिकको फर्मुलाले जीवन दियो होला, कतिले कति नापिनापि बनाएको औषधीलाई कुनकुन मेडिकल पसल सञ्चालकले दोहोर्याउदै तेहेराउदै कुनकुन परिणाममा खुवाउन सिफारिस गरे होलान्। ती सबैलाई धन्यवाद।

म जन्मेको समयमा विज्ञानको मात्र राज थिएन। कति मन्त्रको शक्तिको पनि थियो। मन्त्र शक्ति पनि लामो साधनबाट प्राप्त भएको हुन्। जसरी डाक्टरले साधना गरेर डिग्री प्राप्त गर्छुन, जसरी फार्मासिष्टले एकाग्रता र साधनाले औषधीको फर्मुला निर्माण गर्छुन्। त्यसैगरी एक साधु, सन्त, धामी, झाक्रिले पनि साधनबाट शक्ति प्राप्त गर्छन् भन्ने लाग्छ। हो त्यस्तै शक्तिले पनि मलाई धेरै पटक बचाएको छ। ती क्षेत्रका महान हस्तिप्रति आज आभार व्यक्त गर्न चाहान्छु।

कतिले मायाले प्रेरणा दिए, कतिले गालीले। त्यसैको परिणाम लाग्छ आजसम्म असल मान्छे बनी टिकिरहन हौसला दिएको छ। ती पात्रलाई पनि आज धन्यवाद भन्न चाहन्छु।

कति महान हस्तिहरुलाई हेरेर सिकियो, कति असफलबाट पाठ पढियो, यस्तो बाटोबाट गरे हानि हुन्छ भन्ने सिकियो। सिक्नलाई सदैव कलम समाएर सिकाए जस्तो हुदैन भन्ने पनि अरु कसैलाई हेरेर नै त सिकियो होला। यति सिकाउनेहरुलाई धन्यवाद मात्र भए पनि दिएर गुरु दक्षिणा दिनुपर्छ भन्ने लाग्दैछ।

मलाई धेरैले धेरै वस्तु दिए, सेवा दिए। कतिमा कतिलाई धन्यवाद भनियो कतिमा भनिएन। सायद यो शिलशिला निरन्तर रहला। सायद कसैलाई नमस्कार भनेर शिर निहुराएर मात्र सम्मान दिइन्छ भने म त्य सिद्धान्तमा विश्वास गर्दिन। तर यी बाहेक पनि अन्य विकल्पहरु छन् जसमा मैले सबैलाई उनीहरूले गरेको कार्यका लागि धन्यवाद भनेको छु। 

धन्यवाद भन्न म आफुलाई मात्र केही गर्नुपर्छ भन्ने म मान्दिन। राम्रो फिलिम हेरेको बेला फिल्मको सम्पूर्ण टिमलाई धन्यवाद भन्छु। खेलबाट आनन्द दिनेलाई पनि धन्यवाद भन्छु। कसैको अन्यायको विरुद्ध बोल्नेलाई पनि धन्यवाद भन्छु। मेरो देशलाई प्रवासमा चिनाउने\सम्झाउनेलाई पनि धन्यवाद भन्छु। अनाज उब्जाउनेलाई धन्यवाद। हिजोभन्दा आज राम्रो बनाइदिनेलाई धन्यवाद। ती विर्सिएका सबैलाई धन्यवाद।





Friday, March 18, 2022

लभ (बर्ड) @ कान्तिपुर यातायात

निजि यातायातको धेरै फाइदा होला, तर सार्वजनिक यातायातको यात्रा पनि कम फलदाय चाहिँ हुन्न। झन अरुको कथा पढ्न चाहनेलाई त अझ अधिक फाइदा हुन्छ। काठमाडौको मुटु जमल, रत्नपार्क, पुतलिसडक, भृकुटिमडण्प, बागबजार, डिल्लिबजार, असन, ईन्द्रचोक, वसन्तपुर लगायतको क्षेत्रमा जादा मैले अधिक रोज्ने यातायातको माध्यम कान्तिपुर यातायात हो। पुरानो मोडलका बस, कैलो अनि बिग्रिएको सिट। कालो धुवा फाल्छ तर पनि आफ्नो गन्तव्यमा विकल्प कम भएर कान्तिपुर चढ्न बाध्य मध्य एक हुँ म।

सादा झैँ नियमति बिसौनिबाट बस चढे। अत्याधिक गर्मिको सहरमा दायाबाया नहेरि बसको अन्तिम सिटको विचमा गइर बसे। अब नगर्मी न बिचमा हुने भिडभाड, आनन्द अनुभव भयो।

दाया कोहि थिएनन्, बाया एक जोडि रहेछन, उनीहरुको कुराकानी सुनिसकेपछि पुष्टि भयो। तँ तँ र म म गर्दै बोल्दै थिए। केहि छिनमा केटाले केटिको फोन लियो। केटाको हाउभाउ बोल्दैथियो, उनीहरु म भन्दा केहि अगाडिको ठाउँमा मात्र चडेका होलान। नत्र केटाले फोन हेर्न यति अबेर गर्ने थिएन होला।

म समय लिएर उनीहरुको हर्कत हेर्दै थिए। केटाले केटिको आइ-फोनमा आफै पिन कोड हान्यो। खै त आधुनिक केटिको महिला अधिकार मनले मनलाई नै प्रश्न गर्यो। म अझ अच्चमित हुदै गए, केटाले केटिको म्यासेन्जर खोल्यो। सायद खोजेको भेटेन अनि भाईबर खोल्यो। उसले खोजेको भेट्टायो, "को हो यो?" उसले दाया तिर रहेको मेरो वास्ता नै गरेन।

"गुप्रको फोटो पठाएको हो।" केटिले भनि। सायद केटिले आफ्नो फोन हेरेकी थिइन।

"यो ग्रुपको फोटो भए, यसले किन पठायो?" केटाले सुरिदै प्रतिप्रश्न गर्यो्।

मैले पनि मौका मिलाएर फोटो हेरे, केटि होटल म्यानेजमेन्टको विद्धार्थी रछ फोटोमा केटि पुरै सेफवाला ड्रेसमा थिई।

"ए, अँ मैले पठाउन भनेको थिए, अनि उसले पठायो।"

उनीहरुको केहि बेरको कुराकानी पछि केटिले म यसलाई बल्क गरिदिन्छु भनि। उसले फोन पनि तानि तर पछिको दृश्य देख्न पाईन।

राष्ट्पति भवनमा पुगे पछि उनीहरुको कुराकानी विस्तारै विषयान्तर हुन थाल्यो। केटाले केटिको फेसबुक प्रोफाइल खोल्यो। "यो को हो?" उसले फेसबुकको फोटोमा प्रश्न उठायो।

"हाम्रो आर्ट अफ लिभिङ्गको दाई हो।"

लभमा त यस्तो प्राईबेसि हुदैन भने विवाह पछि झन के होला? सामाचारमा आउने महिला सम्वन्धी मुद्दा केटिलाई थाहा छैन कि के हो? केटिलाई साच्चै गाह्रो छ, केटाको कारणले मात्र होइन आफ्नै दुर्बलताले गर्दा पनि।
केटिले आफ्नो फोन लिई, मैले सिनेमाको झैँ मज्ना लिइ रहेको थिए। सिनेमा झैँ सबै सोचेको मिलेन। केटिले झन आत्मसमर्पण पो गरि,"यि यिनिहरु सबै आर्ट अफ लिभिङ्को दाईहरु हुन।"

केटि पहिरनमा र सौन्दर्यको पछिल्लो अवस्था बारे जानकार त रहिछ तर समाजविज्ञानमा त सायद पढ्न धेरै बाकी नै रहेछ।

कुकुरले बच्चा सारे जस्तो उनीहरुको कुराकानीको विषय पनि निरन्तर परिवर्तन भइरहेको थियो। केटा केटिको कृयाकलाप बारे जानकारी लिइरह्यो। तर केटाको बारे जान्न केटीले कुनै इच्छा व्यक्त गरिरहेको थिइन।

"मलाई बाईक कहिले किनि दिने। " केटाले प्रश्न गर्यो।

"अँ किनि दिन्छु, म एक लाख पचास हजार हालिदिन्छु। तिमी एक लाख हाल अनि किनिदिन्छु।" केटाहरुले केटिलाई होल्ड ड्रिगर भनेको धेरै सुनेको छू तर यहाँ केटा पो गोल्ड् ड्रिगर जस्तो पो देख्दै थिए।

मैले विस्तारै केटालाई नियाले। केटाले कालो चश्मा, पहेलो सर्ट, निलो जिन्स, स्पोर्ट सु लगाएको थियो। कपाल पनि पुरै ब्रान्डेड सैलुनमा काटेको जस्तो देखिन्छ। केटाको हाउभाउ र पहिरनमा केटालाई कसैको दयाको आवश्यक छ जस्तो देखिदैनथ्यो।

"मैले जम्मा गरेको पाँच सक्किन लागि सक्यो। अनि तैले किनिदिन्छु भनेको होइन त?" केटाले सायद आफ्नो लगानी सुनायो, "तेरो पछि लागेर म पछि फेरि उता पनि गईन।"

मलाई केटा देखि दया लाग्यो। केटाले के प्राप्तिका लागि यसरी केटिमा लगानी गर्छन। माया हो भने पनि किन हिसाब खोज्छन? म मनमनै कुरा खेलाउछु।

बेलाबेलामा केटिले म भए तिर हेरेको मैले भान पाए, मैले अब आखा भन्दा कान बढि सक्रिए पार्ने निति लिए।

" म उता गए भने तँ यता रमाईलो गर, मोज गर।" केटिले केटालाई आश्वासन दिई। केटि विदेश जाने तयारीमा रहिछ, वार्ताबाट थाहा पाए।

माया नै उता गएपछि कस्तो रमाइलो गर्ने हो केटाले? नेपालीको बाध्यता हो या रहर अलि पढेका र राम्रो सम्पति भएकाका सन्तती विकसित राष्ट्र, अनि त्यो नभएकाहरु आफ्नो भावि सन्ततीलाई त्यो स्थानमा पुर्याउन विसाकशिल राष्ट्रमा मेहेनत गर्दै छन। सायद गरिव र राजनितिक अस्थिरता भएको देशको साझा समस्या होला यो।

"भिसा लागेन भने?" केटाले केटिको क्षमतामा प्रश्न खडा गर्यो।

केटिले समझदारी पुर्ण कुरा राखी,"दुवै मिलेर यतै कमाउला।"

केटाले केहि असहज जस्तो महसुस गर्यो, "केहि गरेर त बाचिएला नि।" केटा यति बोलेर रोक्कियो।

केटिले माहोललाई बुझि या कागतालीमा घरको पछिल्लो कुरा सुनाई, "बुबाले हिजो तिमि त एडिलेड पो जाने रहिछौ भन्नु भयो। मैले मलाई त्यो ठाउ सिड्निको नै स्ट्रिट होला भन्ने ठानको थिए। मैले कन्सलट्यान्सीको सरलाई पनि सिड्नी नै एप्लाई गर्न भनेको थिए भने। अनि बुबाले कताकता फोन गरेर एडिलेडको बारेमा त्यहाँ रहेकाहरुसँग कहाँकहाबाट कुराकानी गर्नुभयो। अनि भन्नुभयो सिड्नी भन्दा एडिलेढ राम्रो पनि रहेछ। सस्तो पनि रहेछ भन्नभयो।"

केटाले एकोहोरो सुनिरह्यो।

"सबै जना सिड्नी जान्छन्। अनि मान्छे भएको ठाउमा महङगो त हुने नै भयो नि।" केटाले यो संवादमा मौनता आउन दिएन।

"ऐ ऐ हो र?" केटिले लेप्रो तान्दै केटाको खिसिटिउरो गरि।

केटिले निरन्तर उस्तै लवजमा केटाको खिसिटिउरो गरिरही।

जमल आएपछि झर्ने ठाउँको बारेमा उनीहरु विच कहाँ झर्ने भन्ने बारेमा वार्ताभयो। केटा जमल की रत्नपार्क झर्नेको भन्ने अन्तिम निर्णय केटा पनि केटिसँगे रत्निनपार्कमा नै झर्नेमा विवाद मिल्यो। केटा नारायणहिटिमा जाने बस्ने। केटि आफ्नो काम सक्काएर आउने कुरा भयो। सायद केटि कन्सलट्यान्सी जादै छे।

जमलमा बस केहि बेर रोक्कियो, केहि मान्छे झरे। उनीहरुको कुराकानीको विषय पुन परिवर्तन भयो। "तिमी बैङलोरमा जादा मेरो एउटा काम गरिदेऊ म तिमिलाई बाइक किनिदिन्छु।" केटिले केटासँग विनिमयको डिल पो गर्न लागि त। केटि साधारण त होईन। तर किन उसलाई स्वतत्रताको केहि वास्ता नै छैन। सायद मायामा आखा बन्द नै हुन्छ, त्यसैले यति समर्पित भएर लागेकि छे।

"के काम?" केटो हौसिएर प्रश्न गर्छ।

"एकजनासँग मलाई फोनमा कुरा गराऊ, श्री श्री श्री रविशङ्करसँग।"

केटिले यति बोलेपछि केटाले अलि सानो स्वरले बोल्न केटिलाई उर्दि जारी गर्यो। दुवैले मलाइ हेरे, मैले आफुलाई सिधा हेरिरहेको अवस्थामा नै राखे। अब मलाई केहि सुन्ने समय पनि थिएन, सायद उनीहरुलाई पनि। त्रि-चन्द्रबाट बस अगाडी लागे पछि म अगाडी लागे, बसको अन्तिम विसौनी नै रत्नपार्क थियो।

मलाई यो जोडिको कुराकानी र क्रियाकलाप देख्दा लाग्यो, नेपालमा स्वतनत्रता एउटा बौद्धिक विचार विमर्शको लागि मात्र भएको छ। लक्षित वर्ग सम्म जान यो विषयले मार्ग अझै भेटेको छैन। तर सुनिए जस्तो सायद मान्छे मायामा अन्धो नै पो बन्छ की?



Monday, January 24, 2022

साथी

हर दिन बिहान ओछ्यानमा ऊ बोलाउन आउथ्यो। फरक स्कुल भए पनि हामी प्राय सँगसँगै स्कुल जान्थ्यौ। मलाई जीवनमा साथीको आदत पार्ने नै उहीँ हो जस्तो लाग्छ हिजोआज। साथी भएर नै हिम्मत आउने रहेछ, लाग्थ्यो मैले नसक्ने केही छैन संसारमा, तर वास्तविकता एकल हुदा थाहा हुने रैछ। अहिले थाहा पाउदैछु।


लाग्छ मैले जानेका धेरै कुरामा उसको पनि अंश छ। मलाई तिमीले यस्तो गर्नु हुन्न भनेर धेरै पटक सुझाव दिएको छ उसले। मेरो समस्यामा मलाई "मे हुँ नाँ" भन्दै साथ दिने साथी, धेरै वर्ष देखि प्रदेशमा छ। बिचमा एकपटक कुराकानी भएको छ, सामाजिक सञ्जालमा त्यो पनि मेरो लेख पढेर उसले केही लेखेको थियो। तर विगतमा लामो समय देखि "मलाई आमाबाको भन्दा साथीको धेरै माया लाग्छ किनकि आमाबाले विचमा छोडेर जान्छन् साथीहरु अन्तसम्म रहन्छन्" भन्ने साथीसँग कुराकानी भएको छैन।

त्यसो त सम्बन्धमा तलमाथि भइ नै रहन्छन्। अगुल्टो पनि न झोसि त बल्दैन, सायद केही साना तिक्तताले सम्बन्धमा फक्रन ठुलो काम गर्छ ।

केही बेर अगाडी एउटा साथी आएर गयो। प्राय आई रहन्छ। सायद उसलाई थाहा होला, यसलाई साथीको आदत छ। आउछ जान्छ। कहिले कुराकानी हुन्छ, कहिले वादविवाद। तर कस्तो माज छ भने नि यहाँ हार्नेले पनि आफ्नो नै जित सम्झन्छ।

जीवनमा मैले सबै उस्तै संगत मात्र पाएर होला मलाई मान्छे खराब हुन्छ भन्ने नै लाग्दैन। मलाई बारम्बार समाजले राम्राको संगत गर्नुपर्छ भनिरह्यो, तर मेरो यात्रा अविरल बगिरदा पनि संगतमा पश्चाताप भने लाग्ने अवस्था भने आएको छैन।

मान्छे प्रसंसाको खुब याद गर्छ। एकपटक एउटा साथीले "तिमी जता पनि फिट हुन्छौ यार, म केटि हुन्थे भने तिमीलाई प्रप्रोज गर्थे" भन्यो मलाई यसको परमआनन्द आजसम्म छ, सायद पछि सम्म रहनेछ। यस्तो कुराले आफु सिङ्गल पिस हुँ जस्तो लाग्छ। यस्तै अर्को एउटाले कलेजका दिनमा भनेको थियो, "तिमी हर क्षेत्रमा कम्तिमा ५०% छौं।" फुर्सदका दिनमा मलाई मेरो मनोबल गिर्न नदिने यी शब्दले नै जिवनमा मलाई संभावना देखाइरहेको छ।

मैले आफ्नो बाल्यकाल उत्कृष्ट रुपमा जिए भन्ने लाग्छ। राम्रो पढे, स्कुलमा राम्रो विद्यार्थी नै रहे। डन्डिवियो, लुकामारी जस्तो मौलिक देखि गुच्छा, फुटबल, क्रिकेट, लखेट्ने भेट्ने, इटा ढलाउने लगायत आगन्तुक खेल पनि खेले। ती समयका थोरै साथी आज परेन्त देख भेट हुन्छन्। कोहिसँग अनौपचारिक सम्बन्ध रहे पनि आज धेरैसँग औपचारिक जस्तो सम्बन्ध छ। थौरै साथीहरू छन् स्वदेशमा गन्दा कान्छी औलाको वरिपरि नै रहने।

चिया चिनी घोडा बोका कुत्ता बुङ्गुर जस्तो सजिवको देखि घडि तराजु जस्तो निर्जीव सबै थियो साथीहरूको उपनाम। ती उपनामहरु आज डाक्टर इन्जिनियर पाइलट आदि इत्यादी के के ले विस्थापित गरे होला सम्बन्ध उस्तै नभएकाले थाहा पाउन सकेको छैन।

केही भविष्यमा आफ्नो लक्ष्य नभेटेर नै अर्काको भविष्य हेर्ने पेसामा लागेका छन् भने कोहि यस्तै फिरन्ते बनेका छन्। हिजोआज लाग्छ भविष्य बताउने भन्दा डोर्‍याउने व्यक्तिको जिवनमा खाचो हुने रहेछ,म आफैँलाई देखेर निश्कर्ष निकाल्छु। कुनै समय अर्को विषय पढ्न जाने साथी नभएर म त्यो विषय छोडेर बसे। तर गल्ती त त्यो भन्दा पहिल्यै गरेको थिए। उहीँ विषय पढ्ने, अनि मेरो पछि लाग्ने मलाई माया गर्ने महिला मित्रको साथ छोडेर। मलाई मलाई माया गर्नेको भन्दा साथीको विश्वास लागेर हिडेको ठुलो अहिले आफैलाई प्रश्न चाहीँ गर्न मन लाग्छ। सायद म विगतमा उनको पछि लागेको भए मेरो वर्तमान फरक हुन सक्थ्यो।उनले अरु खोजेर यात्रा धेरै अगाडी बढाई सक्दा मैले उनी जस्ती अर्की भेट्न पनि सकेको छैन। सायद उनी पनि सिङ्गल पिस नै थिइन की?

जिवनमा एउटा मात्र साथी भए पनि बलियो साथी हुनुपर्छ भन्ने सिकेर अगाडी आएको म, आज धेरै साथीहरू हुदा पनि एक्लो लाग्ने अवस्थामा छु। कुनै समय मैले गर्दा उसले पनि विदेश जाने बाटो मोडेको एउटा साथीको कुरा सम्झन्छु, "साथी भनेको विषय मिल्ने बनाउनुपर्छ।" नित्य रुपमा सम्पर्क नभए पनि अन्तरालमा कुराकानी हुने विभिन्न पेसागत साथीहरू छन् कोहि निजामती छन् कोहि प्रहरी सेवामा छन्, कोहि नेता बन्ने लाइनमा छन् कोहि विनोद चौधरी। कोहि गाउँ बनाउने सपनमा जन्म स्थानमा छन् कोहि प्रदेशमा इटा थप्ने लाइनमा छन्। सबै सायद व्यस्त छन्। सायद यो लेख्दै गर्दा ती तमाम साथीहरुलाई हिक्का पक्कै लाग्यो होला। सायद कार्य व्यस्तताले कस्ले सम्झियो भनेर सोच्न भन्दा पानी खान लागे होलान् कि?

साथी बनाउने क्रम कहिले सुरु गरे थाहा नभए पनि आजसम्म बनेका साथीहरू सबैको उत्तिकै माया लाग्छ। याद आउछ। हिजो साथ दिएका साथीको पनि आउछ, आज साथ दिनेका पनि लाउछ। अनि भोलि पनि साथै हुनुपर्छ भन्ने को पनि आउछ। एउटा साथी छ, जसले मलाई एक पटक बुढ्यौलीमा पनि कोसँग यस्तै गरि बस्न चाहानुहुन्छ भनेर आएको सामाजिक सञ्जालको पोष्टमा मलाई मेन्सन गर्यो। यो ठुलो उपलब्धि हो जस्तो लाग्छ मलाई। उसैले मलाई मेरो स्नातकोत्तर तहको पढाइ पछि पनि बेरोजगार नै बसेको समयमा भनेको छ,"तिमिले अमेरिका अष्ट्रेलिया जाने होईन, सबै उतै गएर हराउनु हुन्न। बरु दुबई कतार जाऊ त्यता पनि डिपाटमेन्ट्ल स्टोरमा राम्रो आम्दानी हुन्छ रे।" उसले केहि भावनात्मक पारामा भनेको कुरा सायद मलाई जीवन भरी याद आउनेछ।

मलाई साथीको अर्थ\परिभाषा आउन्न, सायद साथीसँग गर्ने व्यवहार पनि। मन लागेको बोलोदिन्छु। मलाई लाग्छ साथीसँग बोल्दा पनि औपचारिक हुन परे त्यहाँ साथीको नाता नै रहन्न जस्तो लाग्छ।

मसँग उमेर समुहका मात्र होइन, उमेर भन्दा ठुलो र सानो सबै उमेरका साथीहरु छन्। मसँग मेरो धेरै साथीहरुसँगको फोटो पनि छैन, सायद फोटोमा भन्दा चम्किलो तिनको उपस्थिति मेरो मन मष्तिस्कमा छ, सायद यो ठुलो पृथ्वीमा कुनै भेट हुदा मैले कसैलाई मेरो परिचय दिनु पर्दैन होला।


खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...