कुनै अनौपचारिक प्रशिक्षणमा देखादेखा भएको हो हाम्रो। औपचारिक परिचय हुन पाएन, अनौपचारिक रुपमा नै मैले उनीसग परिचय गासे, त्यो वृताकार चम्किलो अनुहार, सुचिकारले स्त्रि लगाएको जस्तो सिधा कपाल, कानमा झुम्कना, घाटीमा सुनको माला। अनि मन्द मन्द आइरहेको अत्तरको बास्ना। त्यो अनुहार हागभाउ मेरो मस्तिष्कको हार्ड डिस्कमा स्थायी आसन गरेर बस्यो।
विषयले अनर्थ नलागेमा उसको शरिर चतुर्भुज जस्तो देखिन्थ्यो, चौकुना मिलेको शरिर। उज्यालो अनुहार। चिल्लो कपाल, नरिवल हो या अमला, वा अन्य कुनै तेल लगाएको। कपालमा चमक बिजुली बत्तिको जति नै थियो। कसले भन्यो, अकबरी सुनलाई कसी लगाउन पर्दैन सायद, कोहि अल्छिले या लोभिले? भन्नेले त भनेका पनि छन्, सिगारिए पछि सुन सुगन्ध आउछ भनेर, हो म यस्तै देख्दै थिए उनलाई।
जान/अन्जानको स्थितिमा हामी पुन देखादेख गर्ने स्थितिमा भेटिएका छौँ, सार्वजनिक यातायातमा। अन्तिम सिटमा बेहुला बेहुली जस्तै भएर बस्यौ, दुइतिर लोकन्ति राखेर। मलाई झ्यालको सिट मन पर्ने, तर त्यो दिन खै किन बिचमा नै बसेको थिए। लेखान्त भनौ या नियति उनी पनि उहीँ बसमा चडिन, जहाँ अन्तिममा २ सिट मात्र खालि थिए, उनी दाया झ्यालको सिट छाडेर मेरै बाया बसिन, सायद पुरानो यादले। हामी बिचमा भयौ, दायाँ अरु। लाग्थ्यो हामी जग्यमा छौ, अनि दायाँ बायाँ हाम्रो लोकन्ति।
उनको पहिरन हेरे, सर्ट, कोट पाइन्ट। पुरै औपचारिक पोसाक, तर अनुहारको चञ्चलता देखेर लाग्थ्यो उनी कुनै प्रेम कथाकी नायिका हुन।
केटीलाई हेर्न कहाँ सजिलो हुन्छ र? म उनलाई देखिने सानो सानो पललाई ठुलो उपलब्धि मान्दै उनलाई सम्पूर्ण रुपमा नियाल्दै थिए। लाग्थ्यो उनी भन्दा राम्रो संसारमा कुनै प्रजाति नै छैन।
म आफैँलाई हेर्छु, ग्रन्च पाइन्छ, ग्रन्च जिन्स ज्याकेट। होलिको रंग नै नपखालिएको जस्तो रङ्गिन कपाल। जिन्दगी भर जानेको "अरुले के भन्छ भनेर नसोच, आफुलाई मन लागेको गर ।" सायद ठुलो झुट नै यहिँ जानेको लाग्यो। हामी समाजिक प्राणी कसरी समाजलाई नजरअन्दाज गरेर बाच्नु? जिन्दगीमा हर दिन राम्रो बनेर हिड्नु पर्ने रहेछ। हरदिन डेटिङ जसरी। कुन दिन को भेटिन्छ थाहै नहुने।
मनमा त लाग्यो गलत नामले नै सोधुम, "तिम्रो नाम एलिजाबेद होइन?" आजकालका स्मार्ट केटिलाई अर्थोडक्स फर्मुला के काम गर्ला र? अनि प्रयोग गरिन।
सोचे सलमानको वान्टेडवाला फर्मुला लगाउ," भोलि पुन उहीँ ठाउँमा जाऊ, उहीँ समय उहीँ गाडि चडु। तर यो त मेट्रो ट्रेन थिएन। काठमाडौंमा असङ्ख्या गाडि छन्। कुन कुन मा हेरु। यदि देशको कुनै ग्रामिण भेगको गाडि जुन ठुलो समयको अन्तरालमा मात्र छुट्छ। त्यसमा पनि यो शुत्र मिल्थ्यो, तर म कसैगरि पनि नमिल्ने अवस्थामा छु। बोल्न नबोल्न अर्ध चिन्जान, पुरै दोधार।
***
काठमाडौंको कच्ची बाटोमा गडिले उफ्रादा बेक्र लगाउदा कति खेर उनको कपला मेरो कुमले थिचेछ। उनले कपाल तानिन्, मैले ज्यान हलुका गरे, सरि भने। उनले, इट्र ओके भनिन, मीठो मुस्कान सहित। म झन सम्मोहित भए।
केही बेरमा उनको फोन आयो। उनले साउती गते जस्तो गरेर कुरा गरिन, मैले कुरा सुन्ने असफल प्रयास गरे। फोन राखिन, फोन हेरे, आइफोन रहेछ। आइफोन बोक्छे विदेश गइनन्। सायद म जस्तै देशभक्त हो कि जसको विदेश अन्तिम बिकल्प हो। नत्र आइफोन बोक्ने समुदायकी यस्तो स्मार्ट केटिलाई किन विदेशी आकर्षणले तानेन होला ?
सृष्टिको एक खराब पक्ष अन्त्य हो। हर चिजको अन्त्य हुन्छ। यो छोटो यात्रा थियो। उनको उत्रिने ठाउँ पनि आयो। ऊ उत्रिय पछि पनि बसमा धेरै चढे, अनि झरे। त्यसमा धेरै नै केटिहरु नै थिए। तर पनि उनी जति कोहि लागेन। कोहिको के नमिले जस्तो कोहिको केही नमिले जस्तो। सायद उसलाई प्रतिस्थापन गर्न कोहि लायक थिएनन् , अरु चन्द्रमामा दाग सहित राम्रा थिए भने उनी त्यो भन्दा माथि थिईन् जसको प्रतिस्थापना श्वर्गका अप्सराले पनि गर्न सक्दैनन्। । अरु चन्द्रमा थिए दाग सहितको उनी त्यो भन्दा माथि ।
बसको यात्रामा भेटिएकी उनी पहिलो क्रस होइनन्। सार्वजनिक यातायातको सवारीको बेफाइदा बिच पनि धेरै फाइदा छन्, फेसनको पछिल्लो अवस्था बारे जानकारी प्राप्त हुन्छ, बसमा गुन्जिने भाकाले चलेको गितको बारे बताउछ। अनि राम्राराम्रा केटिहरु देखिन्छन्। सायद सार्वजनिक यातायातमा यात्राको राम्रो फाइदा यो पनि होला।
No comments:
Post a Comment