Sunday, November 26, 2023

आफ्नै नियम सिद्धान्तले मैले आफैलाई बन्दी बनाए


आफ्नै नियम सिद्धान्तले मैले आफैलाई बन्दी बनाए
लाग्छ गल्ति गरे मैले आफैलाई बाध्न ताला चाबि बनाए

संसार देख्न हेर्न चराचुरुङ्गि नै बन्नु नपर्ने यो जमानामा
मित्रहरु उड्ने उफ्ने जीव बन्दा मैले आफैलाई वनस्पति बनाए

आजको २१ सदाब्दिमा मान्छेमा डरत्रास नहुनु पर्ने हो
म त्यसै डराए मान्छेलाई नै राक्षस अनि देवदेवि बनाए

पुरुष फस्छन् कि फसाइन्छन्, महिलासँग डर मात्र लाग्छ
मैले प्रेमिका नबनाई सङ्गिनीलाई पनि काली भगवती बनाए ।














Friday, July 21, 2023

गजल

 आज खुसी छ यो मान्छे, यो कृष्णले पनि राधा भेटेको छ

अब बल्छ दिपक यो जिवनमा, यो बत्तिले पनि पाला भेटेको छ


अब सुर्य-चन्द्रमाको समुहमा परिन म पनि, जोडि भेटियो

अब कहिल्यै निरस हुनेछैन यो, यसले नि जिवनको 

आभा भेटेको छ


अब यात्रा रसियो होला, रङ्गिन होला, यसमा झङ्कार होला

यो लामो दुरि पछि बल्ल एउटा खोलाले अर्को खोला भेटेको छ


लथालिङ्ग थियो यो मुसाफिरको सम्पूर्ण कथा इतिहास हिजो सम्म पनि

सहयोगी सबैलाई धन्यवाद छ, मेरो कथा लेखिदिने पाना भेटिएको छ


खै समय कता पुग्यो, युग फेरियो कि, केही हेक्का नै भएन

अब सम्पूर्ण पलहरुमा बच्ने छु, मैले याद राख्ने यो जमाना भेटिएको छ।

२०७७/०४/०६

आत्मसमर्पण

 असक्त भएर होइन 

आवाज बुलन्द नभएर

मैले आत्मसमर्पण गरे।


मेरो को थियो?

मेरो के थियो?

मेरो को थियो ले

मेरो के थियोलाई थिच्यो

अनि मैले आत्मसमर्पण गर्नुपर्यो।


हुन त परिचय थियो

परिचय जनाउने परिचयपत्र थियो

आफु जनाउने हुलिया 

दारी र जुङ्गा सहितको निधारमा कोठि

स्त्रि लोभ्याउने गालामा खोपिल्टो

तर पनि जिन्दगी एक्लो 

अनि मैले आत्मसमर्पण गरे।




 ऊ हिमालको हिऊ जस्तो चहकिली छे

सागर झैँ कन्चन छे, पवन झैँ फरासिलि छे

आमा तपाईंको बुहारी यो सृष्टि कै अनुपम छे।


धेरै ज्ञान जान्छे, थोरै व्यवहार जान्छे

धेरै ज्ञानी छे अनि उस्तै व्यवहार गर्छे

सिकाउनु आमा उसलाई, ऊ जे पनि सिक्छे

आमा ऊ काचो माटो हो, 

तपाईंले बनाए जस्तै बनिदिन्छे।


आमा उसले सासू मान्दिन

आमा मान्छे हजुरलाई

जन्म र कर्म दिने

दुई आमा पाए भनेकी छे मलाई 

कोठा छोडेर घर गएको

ठानेर आफुलाई

आफ्नै आमा मानेकी छे उसले 

आमा हजुरलाई।


भात भान्सामा मात्र होइन 

घर पनि चलाउछे

यो छोराले मात्र होइन आमा

उसले हजुरलाई माया बढाउछे

आमा पिर नगर्नु है

म मरे पनि उसले 

हजुरलाई आफूसँगै सजाउछे

त्यसैले आमा ऊ 

बुहारी होइन छोरी 

बन्न रुचाउछे।


गजल

 यी आखाँ चिम्लेर यो रात चिरसँग सुत्न पाए

कस्तो सपना हुन्थ्यो होला, तक्दिरसँग सुत्न पाए


घामसँगै संसारै खुसि देख्छु, उज्यालो पाएर

यस्तै ठाउँ पुगिन्थ्यो कि, उच्च शिरसँग सुत्न पाए


अर्को चोला खै बाचिन्छ बाचिन्न, देखिन्छ देखिन्न

पुग्थ्यो यदि चोला, मात्र अन्तिम निद्रा खिरसँग सुत्न पाए


के दियो दैवले जन्म पनि आदि र अन्त्य उस्तैउस्तै 

धन्यवाद त भन्थे, फेरि यस्तै भिरसँग सुत्न पाए।।।


Wednesday, June 14, 2023

जिन्दगीको खाता

 जिन्दगीको खाता


जिन्दगीको खातामा

श्रेता नमिल्दा/मिलाउन नसक्दा
संसारले भोगेको भन्दा ठुलो मन्दीमा परेको छ जिन्दगी।

सायद खाता पुरानो भएर हो
या अन्य कुनै कारणले
यो खातामा
जोडिने भन्दा टाडिनेको संख्या ठुलो छ
त्यसैले जिन्दगी नै ऋणात्म हुदैछ

जिन्दगीको खातामा के बलियो हुनु पर्ने हो?
भावानासम्बन्धआध्यात्मशारिरीकशक्ति
कि आर्थिक पाटो?

भावानात्म रुपमा सन्तुलित
साथी/नाता जोगाउन सङघर्षरत
आध्यात्मिक रुपमा सबल
शारिरीक रुपमा सक्षम
आर्थिक रुपमा योग्य
हुदाँहुँदै पनि जिन्दगीमा
ठुलो नोक्सान हुदो रहेछ।

अब के समाउ म
नेताव्यापारीगुरु
जसले जिन्दगीको हिसाब धनात्मक बनोस् ।

 


 









Saturday, June 3, 2023

सबैको भएर कसैको हुन नसकेको म
आफ्नाको नभएको परायाको हुन नसकेको म।

कृष्णहरुको बिचको राम म
देव लोकको शम्भो जस्तो निलाहार म
पाण्डवको युधिष्टि, कौरवको युयुत्सु म
पराक्रमी विश्वामित्र, शुकदेव स्वामी जस्तो म।

म शिष्यमा आरुणी,
भक्तमा वाल्मीकि
ग्रहमा एक्लो वुहस्पति
चौताराको वर
चरा हुन नसकेको
अनि, उड्न बनेको चङ्गा म
देउता बन्न नसकि मानिस बनेको म।

बहादुर पुर्खाको कमजोर पुस्ता म
परिवारको कान्छो छोरो
ठुलो अफिसको सानो कर्मचारी
टुटेको सपना, छुटेको गन्तव्य
पछ्याउँदै हिडेको मुसाफिर म।




Monday, May 29, 2023

गजल

 गजल

उनीहरू राजा, हामी जनता बराबर खोजेर हुदैन
सेनापति चुप सिपाहीले कालापान कथा बोलेर हुदैन

बगेको थियो रगत कागडा कुमाउ गडवालसम्म पनि
कि हिजो झै लडन पर्यो नत्र खालि सम्झेर हुदैन

बजारमा आएको छ, कि किन्नु कि नकिन्नु आफै निर्णय लिनु
सक्नेले कमाउने भए, के गर्नु बाझो खेत सम्झेर हुदैन

देश कहिले जनताको बन्ने हो र परदेश परैको बन्ने हो
देश बनाउने कानुन (बजेट) बन्यो मात्र भन्देर हुदैन।

Thursday, May 25, 2023

मलाई विर्सिदिनु

मलाई विर्सिदिनु


मलाई बर्खामा हिउँद जस्तो विर्सिदिनु
हिउँदमा अघिल्लो बर्खा जस्तो विर्सिदिनु
गुण र दोष प्रकृतिको पनि हुन्छ
मलाई उहीँ चलीरहने प्रकृति सम्झेर विर्सिदिनु।

पीडा कुनै बेला कुनै रोगले पनि दिन्छ
मलाई त्यहीँ रोग मानेर विर्सिदिनु
कुनै साथीको मीठो कुराले पनि खुसि दिन्छ
मलाई चाहिँ विर्सिने पल मानेर विर्सिदिनु।
न रातको सपनाको याद आउछ
न छायाको माया लाउछ
न हिजोको यादले आज खुसि दिन्छ
न आजको पिडाले भोलि दुख दिन्छ
आजलाई आज अहिले चाहिन्छ
मलाई आज वर्तमानमा बाँचेर
म वितेको समय जस्तो विर्सिदिनु।

बाच्नेहरुले हो सपना साच्ने
मर्नेलाई विर्सिदिनु
आँट गर्नेहरुले हो हास्ने
पानीमरुवालाई विर्सिदिनु
भाग्यमानीले हो हास्ने
आफुलाई भाग्यमानी मानेर
म अभागिलाई विर्सिदिनु।

झरेको फुल निभेको बत्ति जस्तो
भेटेको बटुवा फेेरेको सास जस्तो
नजिकै भएर पनि याद नभएको वस्तु जस्तो
कुनै आशक्ति र आरिस नभएको वस्तु जस्तो
मलाई विर्सिदिनु।




Thursday, May 18, 2023

स्मार्ट सुपरस्मार्ट

उनी वैदेह देशबाट, नाम जानकी। यति हो थाहा भएको।

नयाँ कलेज सुरु भैसेको थियो। साथीको विवाहका लागि गाउँ गएकाले डेढ हप्ता ढिलो गरि म कलेज गएको थिए।

डेढ हप्तामा कलेज जम्मा पाच दिन लागेछ । त्रिभुवन विश्वविद्यालयको पढाइ, गत बैशाखमा स्नातक अन्तिम बर्षको परिक्षा दिएको चैत अन्तिम साताबाट स्नातकोत्तर सुरु भयो । यहीँ एक बर्षको विचमा एउटा साथीले स्कुल पढाएर आफ्नै विद्यार्थी बिहे गर्यो। अर्को साथीको कलेज भर्ना गर्ने वित्तकै अष्ट्रेलिया भिसा लाग्यो।

म कलेज गएको तेस्रो दिन विक्रमले भिसा पार्टी दियो, जहाँ उसका नयाँ पुराना साथीहरूको उपस्थिति थियो। म फोटो खिच्न मन गर्ने मान्छे। मैले धेरैको फोनबाट सेल्फी खिच्दै थिए।

अनि केही बेरमा उनको आवाज आयो," ओ दाइ हो कि भाई यसबाट पनि एउटा है!"

ठाडो प्रस्ताव! यो कस्तो सम्बोधन हो, पहिलोपल्ट सुन्दै छु। स्विकार्नु कि नकार्नु? दोधारमा परे। हुन त हो पहिलोपटक देखभेट भएको तर चिन्जान छैन के गर्नु त? हुन त "हेल्लो" भनेको भए पनि हुने।

मैले पनि आवाज ननिकाली सेल्फी खिचिदिए। भन्न चाहिँ धेरै मन लागेको थियो, अवस्था उचित लागेन। मलाई रमझम माझ धेरै यो विषयमा गहिरिन पनि मन लागेन। मौन बस्नुमा नै बुद्धिमानी ठाने।
***

नयाँ व्यक्ति अनि रुखो व्यवहार। पछि थाहा पाए, विक्रमको प्लस टु क्लास मेट, हाल हाम्रो फ्याकल्टी। अर्गनाइजेसन विहावियरको। विक्रमले प्लस टु पछि दुई बर्ष ग्याप गर्यो, पछि आफ्नै साथी फ्याक्टि भएर आए।

म कलेज गएको दोस्रो दिन भएको थियो। न उनको कक्षा परेको थियो, न कहिल्यै देखभेट भएको। अनि त हामी दुइका लागि दुई नै अन्जान भयौ।

"उनको लागि म दाइ या भाइ सायद बोलाउने यहि नै सहि तरिला लाग्यो होला। हाल सम्म हाम्रो भेटघाट र चिनापर्चि पनि त भएको छैन ? "मनले सोचे, "अब कक्षामा उनले के गर्लिन मैले के गरुला?"
***
विक्रमले गर्दा उनीसँग फेरि पनि भेट भयो । भेट स्मरणीय भयो । धेरै कुराकानी भए । मेरो। उनको। विक्रमको। सँगै भएका भाडाले पनि आफ्नो गुण अनुसारको आवाज निकाल्छन् भने झैँ एकै ठाउँमा पछि सबैको गुणका कुरा भए। विक्रम र जानकीको "प्लस टु"को, मेरो वर्तमानको।

कक्षामा नयाँ जस्तै थिए म, तर उनले मेरो ठुलै अध्ययन गरिछन्, उनले मलाई अङ्कित गर्दै भनिन,"ऊ (म) मलाई सोझो चाहिँ लाग्दैन तर इनोसेन्ट चाहिँ लाग्छ।"

कक्षामा नयाँ जस्तै थिए म। केही स्नातक देखिका केही नयाँ साथी माझ, जानकीको लागि अर्ध चिनजानको व्यक्ति, त्यहिँ एक पटक भेट अनि एउटा कक्षामा उपस्थिति । तर कसरी उनले मेरो व्यक्तित्वको बारे धेरै जानिन म अच्चमित थिए।

देखादेख भएको केही दिनको अन्तरालमा कसैले कसैलाई कसरी यस्तो मुल्यांकन गर्न सक्छ। कति समय लगाउन पर्छ होला कसैलाई मुल्यांकन गर्न ? मलाई त्यो दिन पनि यस प्रश्नले छाडेन। भोलि पल्ट पनि उहीँ प्रश्नले गाजिरह्यो। केही दिन पछि प्रश्नको प्रभाव कम भयो तर मनबाट विषय निमिटान्न भएन। कुनै दिर्घरोगमा औषधीको प्रभावले पीडा कम भए पनि रोग निको नभएको जस्तो भयो।

त्यस दिन पछि ममा दुई ठुला परिवर्तन आए। पहिलो, मैले आफुलाई धेरै समय दिए, आफैलाई मुल्यांकन गर्न लागे। विगतमा म लावारिस जस्तो थिए, आफ्नो कुनै ठोष पहिचान थिएन। ठोस पहिचान भएकाको अरुले नक्कल गरेको मलाई त्यो मन पर्दैन थियो तर अब होसियार जस्तो हुँदै थिए म। सर्प जस्तो बन्न खोज्दै थिए, परिस्थिति अनुसार बदलिने।

दोस्रो मलाई यत्रो मुल्यांकन गर्ने मान्छेलाई मैले पनि भुल्ने कुरा नै भएन। तर त्यस दिन पछि मैले उनको निरन्तर खोजी गर्न थाले, पहिलो दिन देखिको उनको व्यवहार सम्झन लागे।

कक्षाको बाहेक अन्य बानी मेरो हजुरआमाको शब्दमा बाख्राको पुछर खाएको जस्तो थियो। हजुरआमा अलि चकचले चुलबेलेलाई बाख्राको पुछर खाएको जस्तो भनेर व्याङ्गे गर्नुहुन्थ्यो। तर मलाई भने यस्तै मान्छे मन पर्ने।

सायद मलाई ऊ मन पर्न थालि या के थाहा छैन। तर निरन्तर उनको निगरानी गर्न थाले। जहिले भेट हुदा उनको लवाईखवाईमा ज्यादा ध्यान जान थाल्यो। ऊ कति खेर आउने देखि कुनबाटो आउने कसरी आउने समय कुन आदि इत्यादि ।

विस्तारै सबै प्रश्नको उत्तर पाउन थाले। बस्ने ठाउँ, आउने सार्वजनिक बसमा, बिहान ६ बजे चक्रपथ झर्ने। अनि ५ मिनेट जति दैनिक हिड्ने।

रातमा छिटै घर जानुपर्ने। विक्रमको भिसा ट्रिटको दिन यस्तै भएको थियो । अविवाहित थिइन तर केको डर थियो थाहा भएन। यातायातको, मान्छे या पुरुषको, मलाई थाहा भएन?

मलाई उनी चुलबुले छिन भन्ने बित्तिकै मरै रोजाई कि छिन भन्ने लागे पछि उनीसँग कुरा गर्न, बोल्न मन लागि सकेको थियो। म पनि समय मिलाएर ६ बजे तिर नै चक्रपथ झर्ने गरेर कलेज जान थाले।

काठमाडौमा समय मिलाउन चाहेर पनि भेट हुदैन रहेछ। कुनै ग्रामीण भेगको एक एक घण्टामा चल्ने बस भए भेट हुन्थ्यो होला, या कुनै कथा भए भेट गराइन्थ्यो होला। बस नभए माइक्रो, माइक्रो नभए टम्पो, टेम्पो नभए टुटल पठाओ जस्तो विकल्प भएको ठाउँमा कसैको समय तालिका उस्तै हुदैन रहेछ।

म सम्झनामा मात्र हराउन थाले।
***
"हेल्लो दिदी हो कि बहिनी हो?"

"हाहा, तिमी पो। के को दिदीबहिनी हो।" उनले प्रतिउत्तर दिएकी थिइन।

"के होला म?" मैले पुन प्रश्न गरेर।

"तिमी बब्रिम।" उसले मेरो नाम लिइन। "किन यस्तो दिदिबहिनी वाला कुरा गर्यौ।"

"सम्झत बैशाख १०, एलिनाज क्याफे बानेश्वर।"

"ए त्यो दिन, मैले यस्तै भनेर तिमीलाई सेल्फी खिच्न भनेको थिए। याद आयो।"

"खै त त्यो फोटो फेसबुकमा पनि राखेको रैन्छौ त?"

"यो प्रश्नले आफैलाई अलि हल्का बहसुस गराए कि?"

"तिमीले मेरो फेसबुक पनि चेक गर्यौ। अनि किन रिक्वएस्ट पठाएनौ त?" जे सोचे त्यहिँ नै भयो?

अब जवाफ दिनुपर्यो,"म दिदीबहिनीलाई फेसबुकमा राख्दिनँ।" मैले छोटो मिठो र्यापिड फाएरमा जस्तोमा उत्तर दिए। राम्रो प्रतिक्रिया दिए जस्तो लाग्यो। "थ्याङ्स माइन्ड", मनले भने।

हाहा! उनी हाँसिन।

"तिमीलाई एउटा प्रश्न सोधुम?" मलाई उनलाई धेरै प्रश्न सोध्न परिरहेको थियो ?

"किन एउटा मात्र?"

"तिमीलाई डर लागेको छैन?"

"तिमी देखि के को डर?"

"मैले प्रपोज पनि गर्न सक्छु जस्तो लाग्दैन? यो मान्छे सोझो छैन नि तिमीले नै बताएको हो नि याद छ।"

"हाउ फन्नी। कति कुरा सम्झेको?"

"ल ठिक छ, प्रपोज चाहि गर्दिनँ। तर तिमीले मलाई कति छिटो मुल्यांकन गरेको? तर कसरी?"

"तिमी माइन्डमा सिपालु, म मान्छेलाई मुल्यांकन गर्न सिपालु । हाहा।" उनी हासिरहिनँ ।


***
विहान ४ बजे नै आखा खुले। हतारहतार सपनालाई लेखे। मिठो कथा बन्यो। कुनै दिन उनलाई नै देखाउछु।

५ बजे कलेजको लागि निस्किए।आजै बाटोमा उनलाई भेटे।

"हेल्लो दिदी हो कि बहिनी हो?" मैले देखेर बोलाए।

"हाहा, तिमी पो। के को दिदीबहिनी हो।" उनले प्रतिउत्तर दिएकी थिइन।

"के होला म?" मैले पुन प्रश्न गरेर।

"तिमी बब्रिम।" उसले मेरो नाम लिइन। "किन यस्तो दिदिबहिनी वाला कुरा गर्यौ।"

"सम्झत बैशाख १०, एलिनाज क्याफे बानेश्वर।"

"ए त्यो दिन, मैले यस्तै भनेर तिमीलाई सेल्फी खिच्न भनेको थिए। याद आयो।"

"खै त त्यो फोटो फेसबुकमा पनि राखेको रैन्छौ त?" मैले उनको फेसबुक पनि चेक गरेको थिए तर रिक्वयस्ट पठाएको थिइन।

"यो प्रश्नले आफैलाई अलि हल्का बहसुस गराए कि?" बोलेर सोचे अनि गल्ति गरे जस्तो भयो।

अब जवाफ दिनुपर्यो,"म दिदीबहिनीलाई फेसबुकमा राख्दिनँ।" मैले छोटो मिठो र्यापिड फाएरमा जस्तोमा दिएको उत्तक्रिट उत्तर लाग्यो आफैलाई। थ्याङ्स माइन्ड मनले भने।

हाहा। उनी हासिन।

"तिमीलाई एउटा प्रश्न सोधुम?"

"किन एउटा मात्र?"

"तिमीलाई डर लागेको छैन?"

"तिमी देखि के को डर?"

"मैले प्रपोज पनि गर्न सक्छु जस्तो लाग्दैन? यो मान्छे सोझो छैन नि तिमीले नै बताएको हो नि याद छ।"

"हाउ फन्नी। कति कुरा सम्झेको? लेट इट डु।"

"ल ठिक छ, प्रपोज चाहि गर्दिनँ। तर तिमीले मलाई कति छिटो मुल्यांकन गरेको? तर कसरी? अनि तर यो सबै कुरा चाहिँ रिल फाइफको स्क्रिप्ट नै थियो है। नपत्याए हेर।" यति भनेर गुगल किप खोलेर उनलाई दिए।

उनी पढ्न थालिन। म हिरोनीको बडिगाड जस्तो हिडिरहे।





 

Sunday, March 19, 2023

जिन्दगीको खाता

 जिन्दगीको खातामा

श्रेता नमिल्दा/मिलाउन नसक्दा
संसारले भोगेको भन्दा ठुलो मन्दीमा परेको छ जिन्दगी।

सायद खाता पुरानो भएर हो
या अन्य कुनै कारणले
यो खातामा
जोडिने भन्दा टाडिनेको संख्या ठुलो छ
त्यसैले जिन्दगी नै ऋणात्म हुदैछ

जिन्दगीको खातामा के बलियो हुनु पर्ने हो?
भावाना, सम्बन्ध, आध्यात्म, शारिर, शक्ति
कि आर्थिक पाटो?

भावानात्म रुपमा सन्तुलित
साथी/नाता जोगाउन सङघर्षरत
आध्यात्मिक रुपमा सबल
शारिरीक रुपमा सक्षम
आर्थिक रुपमा योग्य
हुदाँहुँदै पनि जिन्दगीमा
ठुलो नोक्सान हुदो रहेछ।

अब के समाउ म
नेता, व्यापारी, गुरु
जसले जिन्दगीको हिसाब धनात्मक बनोस् ।

 










खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...