Thursday, May 25, 2023

मलाई विर्सिदिनु

मलाई विर्सिदिनु


मलाई बर्खामा हिउँद जस्तो विर्सिदिनु
हिउँदमा अघिल्लो बर्खा जस्तो विर्सिदिनु
गुण र दोष प्रकृतिको पनि हुन्छ
मलाई उहीँ चलीरहने प्रकृति सम्झेर विर्सिदिनु।

पीडा कुनै बेला कुनै रोगले पनि दिन्छ
मलाई त्यहीँ रोग मानेर विर्सिदिनु
कुनै साथीको मीठो कुराले पनि खुसि दिन्छ
मलाई चाहिँ विर्सिने पल मानेर विर्सिदिनु।
न रातको सपनाको याद आउछ
न छायाको माया लाउछ
न हिजोको यादले आज खुसि दिन्छ
न आजको पिडाले भोलि दुख दिन्छ
आजलाई आज अहिले चाहिन्छ
मलाई आज वर्तमानमा बाँचेर
म वितेको समय जस्तो विर्सिदिनु।

बाच्नेहरुले हो सपना साच्ने
मर्नेलाई विर्सिदिनु
आँट गर्नेहरुले हो हास्ने
पानीमरुवालाई विर्सिदिनु
भाग्यमानीले हो हास्ने
आफुलाई भाग्यमानी मानेर
म अभागिलाई विर्सिदिनु।

झरेको फुल निभेको बत्ति जस्तो
भेटेको बटुवा फेेरेको सास जस्तो
नजिकै भएर पनि याद नभएको वस्तु जस्तो
कुनै आशक्ति र आरिस नभएको वस्तु जस्तो
मलाई विर्सिदिनु।




2 comments:

खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...