Wednesday, December 23, 2020

ओठको भाषा

बन्द ओठहरुको पनि
मौन समर्थन हुन्छ
पक्ष अनि विपक्षलाई
खुल्ला ओठहरुले बोले जस्तै गरि।।

तपाई बोल्न नछोड्नुस् भन्छन्
दुवै पक्षहरुलाई मान्छेहरु।


बन्द ओठहरुको
मौनताको भाषा नै मीठो
यता पनि मिल्ने उता पनि मिल्ने
यताकाले आफ्नो भन्छ
उताकाले पनि आफ्नो भन्छ
त्यसैले त यसको व्यापार हुन्छ
खुल्ला ओठहरुले बोलेर गरे जस्तै गरि।।

व्यापार
वस्तुको मात्र होइन
बोलिको पनि हुन्छ
बोलेको मात्र होइन
मौन बसेको पनि
जसरी जमिन मौन हुन्छ
जमिनदारको बोलाबोलले काम हुन्छ।

बन्द ओठहरु
खुले भने आधी तुफान आउछ
बन्द ओठहरु सुतिरहे पनि
आधी तुफानले सताउछ
सायद परिणाम
आउदा ढिलो हुन्छ
ओठहरु सुतेको
ओठहरु उठेको।

ओठहरु
नवविवाहित जोडिहरु जस्तो हुँदै होइनन्
जो छुट्टिन गाह्रो मान्छन्
यिनीहरु हाडिमा घान हालेको मकै पनि होइनन्
जो निरन्तर पटपटइ रहन्छन
ओठहरु ढुङ्गा पनि होइनन्
भाव शुन्य रहने
ओठहरु नदि पनि होइन
सदै भावुक रहिरहने
ओठहरु चेतनाको बारुद हुन
चाप र ताप परेपछि
विष्फोट हुने।

तपाईंलाई ओठहरु खोल्न
अनि बन्द गर्न दुवै स्वतन्त्रता छ
तर प्रश्न यो हुन्छ कि
तपाई मरेर बाच्ने कि
बाचेर मर्ने?
बन्द ओठहरुले यहि भन्छन्
खुल्ला ओठहरुले पनि यहिँ भन्छ।



Monday, December 21, 2020

गजल

                                                                             गजल

                                                                                            


गोरि न गोरी भए पनि राम्री देख्छु लजाउदा तिमीलाई
लालुपाते फुल झै देख्छु रातो पहिरन लगाउदा तिमीलाई

म तिम्रो कृष्ण बन्छु, तिमीलाई मेरी राधा बनाउछु
यस्तै यस्तै के के सोच्छु छेउ मै बसाउदा तिमीलाई

मन दिई मुटु दिई माया साटासाट गरेपछि तिमीसँग
पाप सोच्छु कि धर्म सोच्छु दिलमा बसाउदा तिमीलाई

कति सोचि कति सम्झी सृष्टि गरे होलान तिम्रो
सृष्टि नै प्रेममा परे होलान कि बनाउदा तिमीलाई

इश्वर र म पनि लडौला कुनै दिन तिम्रो बाजीमा
इश्वरलाई पनि लडाइदिउला बाजि लगाउदा तिमीलाई ।।

गजल

                                                                             गजल

म मरेपछि कतै उल्लास कतै त्रास होला
चियोचर्चा होला कसैलाई मेरो उपस्थितिको आभास होला

म चाहन्छु मेरो लागि कसैको मन र आखा नबगोस्
मैले आज जति नै बोले पनि कसैको मन त पक्कै निरास होला

मैले चाहेको छु म सँगै मेरा सपनाले पनि पानी खाउन
म गए पछि त मेरा सपनाहरुको पनि कतै अनन्त बाँस होला

उर्जा सकिदैन भन्छन् वैज्ञानिकहरु, खै मेरो उर्जा के होला
सायद मेरा उर्जा पनि एकदिन त्यो निलो आकास होला

न सम्झिनु मलाई मेराहरु, मेरा स्मृति जलाइदिनु
यति गरे पछि त मेरो पनि यो लोकमा सम्पूर्ण नास होला।



दैव या दैत्य

                                                                         दैव या दैत्य


दैव! दैत्य
तैले देखाएको
वस्तु हो कि छाया

पाउन पनि सकिन
भुल्न पनि सकिन।

दैव!
राम्रो चिज देख्दा लोभ लाग्छ
त्यो तैंले बनाएको हो कि
दैत्यले हो?

दैव हो या दैत्य
आत्मबल भन्दा बढि डर देखाउने?

खै कसले चलाउछ सृष्टि
कसले बनायो पृथ्वी
बोल्न कसले सक्छ
उसैको जित हुन्छ
दैव या दैत्य?


Thursday, December 17, 2020

मेरो उपलब्धि


एउटा मुसाफिरको जिन्दगी
के हुन्छ
बाच्न पाउ
बाचे जति हास्न पाउ
आज यो ठाउँ
भोलि अर्को ठाउँ देख्न पाउ
बस् यति हुनेछ
मेरो जिवनको उपलब्धि।

जन्मिदा रोएको थाहा पाइन्
मर्दा पनि रुने अवस्था नआओस्
कसैको माया नहोस्
कसैलाई माया नहोस्
कसैको चिन्ता नहोस्
कसैलाई चिन्ता नहोस्
कसैलाई बताउन केही नहोस्
कसैले केही सोध्न नरहोस्
मेरो अन्त्य
मैले बाचेको जस्तो होस्।

बाच्दा
नायक मेरो रोजाइ होइन
संसार मेरो खोजी होइन
कसैको सहारा नबनु म
कसैको सहारा नखोजु म
आफ्नो मनले खोजेको मिलोस्
आफ्नो ईच्छा नै मेरो धर्म बनोस्
यति चाहेर हुर्केको हो
यतिमै मेरो जीवन घुमोस्।

राम्रो केही नलागोस्
जसले मनलाई लोभि बनाउछ
नराम्रो केही नलागोस्
जसले पराइ बनाउछ
भेटिनेसँग चौतारी जसरी भेटियोस्
भेटियो, छुट्टियो सक्कियो
न माया रह्यो
न मोह रह्यो
मैले चाहेको जिन्दगी नै यति हो।

पढेको शिक्षाले कमाउ नभनोस्
कसैले दायित्वको भार नलागोस्
नाम नहोस्
नाम नहोस्
बरु मेरो गुमनाम होस्
मेरो जिन्दगीको लक्ष्य यति
यो जीवन
नकसैको भार होस्
नकसैको आधार होस्
म बाचुनजेल
मैले चाहे जस्तै बाच्ने
वातावरण यहाँ तयार होस्।

Wednesday, October 21, 2020

तिमी



तिमी कुनै मेलामा हराएकी पनि होइनौं
भेटेर छुटिएकी पनि होइनौं
तर कतै भेटे जस्तै
कतै छुटे जस्तो छ तिम्रो खोजि।

तिमी
मेरो मन पर्ने फुल
गोदावरी झैँ उज्यालो छौ जस्तो लाग्छ
तिमी मेरी आमा जस्तो
कारुणिक छौ जस्तो लाग्छ
तिम्रो साथ
पुषको घाम झैँ न्यानो छ जस्तो लाग्छ
तिमीले यो मनलाई
रातमा जुनले झैँ वाटो देखाउछौ जस्तो लाग्छ
तिमी मेरो मनमा सजिर बसेकी छौ जस्तो लाग्छ

त्यसैले कल्पनामा पनि हरबार एकै तस्बिर भेटिन्छ
कुनै हसमुख आकृतिको।

तिमी कहाँ सम्म थियौ
तिमी कहाँबाट छुट्टियौ
किन यस्तो लाग्छ कि
रुक्मणीले श्रीकृष्ण बोलाए जस्तो
तिमीले मलाई बोलाइरहेकी छौ।

कुनै दुरको ठाउँमा
सुमधुर आवाजमा सुसेलिने भाकामा मेरो नाम मिसिएको छ
त्यो सुमधुर ठाउँले
कहिले होला मलाई बताउने उसको ठेगाना।

हराउनु
बोलाउनु
भेटिनु
रमाउनु
रङ्गिनु
बस् यति मै यो काया जाला जस्तो छ 
अगाडि बढ्न तिम्रो साथ चाहिन्छ
तिमी छैन पुग्ने गन्तव्य नै छैन।

Monday, September 14, 2020

गजल

यी आखाँ चिम्लेर यो रात चिरसँग सुत्न पाए

कस्तो सपना हुन्थ्यो होला, तक्दिरसँग सुत्न पाए


घामसँगै संसारै खुसि देख्छु, उज्यालो पाएर

यस्तै ठाउँ पुगिन्थ्यो कि, उच्च शिरसँग सुत्न पाए


अर्को चोला खै बाचिन्छ बाचिन्न, देखिन्छ देखिन्न

पुग्थ्यो यहि चोला, अन्तिम निद्रा खिरसँग सुत्न पाए


के दियो दैवले जन्म पनि आदि र अन्त्य उस्तैउस्तै 

धन्यवाद भन्थे, फेरि यस्तै भिरसँग सुत्न पाए



Tuesday, July 21, 2020

लकडाउनपछि

"लकडाउन" शब्द नै नयाँ थियो। "डाउन" माने बन्द भन्ने पहिल्यै देखि सुनेको हो, विशेषगरी शिक्षकहरुको "पेन डाउन" भनिने "कलम बन्द" बाट। स्कुलमा। बोडिङ्काले अर्कै तरिकाले पढेकी? थाहा छैन।

मान्छेहरुको अल्छिपना सँगै सुरुभएको लकडाउन पछि मान्छेमा कति उपलब्धि भयो थाहा छैन। तर डाउनमा अप हुनेहरु चाहिँ गज्जब नै हुन्।

तर यो अल्छिपनले यति गाल्यो कि अब त दिन पनि गन्न मन लागेन/सकिन। बल्लतल्ल महिना चाहिँ गने। करिब चार महिना त भएछ। जिवनको उच्च उत्पादनशील समय बेतुक बिताइयो। उपलब्धि: अल्छिपनाको बिना लब्धाङ्क पत्रको उच्च क्षेणीको उर्तिण।

जिवनमा कति रुहाउला यो दिनले त्यो कल्पना बाहिरको विषय हो। भबिष्यलाई भबिष्यमा छोड्न मन लाग्छ, भागवत गिताको केही अध्ययनले पनि यहिँ सिकाएको छ।

लकडाउनका कुनैदिन दिउँसो निद्रा लागेन। त्यस्तो निद्रा लाग्ने अल्छी पनि लागेन। म जति बहिर्मुखी छु, उति नै अन्तर्मुखी पनि। जसरी बाहिर बाच्न सक्छु उसैगरि घर भित्र पनि बाच्न सक्छु। जसरी बाहिरबाट मख्ख पार्न सक्छु भित्र मनमा पनि बस्न सक्छु। नराम्रो लाग्नेलाई तितेकरेला झैँ बन्न सक्छु।

समयले केही काम दिएको थियो, केही गरे बढी बाकी नै राखे। जुन गल्ति हो/भयो, तर मेरो गल्तिलाई समयले मिलाइदिन्छ म विश्वस्त छु। थेसिस लेख्नु छ, जति पहिला लेखे पनि बुझाउन त चौथो सेमेस्टरको परीक्षा र परिणाम पनि आउन पर्यो, टियुको खरायो गतिलाई मेरो सर्पको घ्रिसाई नै भए पनि फरक पर्दैन। 

यो लकडाउनमा के गर्न सकिन्थ्यो? सायद धेरै। तर मैले केही गरिन, किनकि म पनि डाउन भएको थिए। म त अनुशाशित विद्यार्थी हुँ, विद्यालयको रेकर्ड हेर्ने भए म ठेगाना दिन्छु। नानी देखि लागेको बानी कहिँ हटाउन सकिन्छ र? म डाउन चाहिँ केही परिवेश देखेर, केही पुर्वानुमानले भए।

सायद अब पनि जीवन फरक बन्ने छैन, म त सङ्क्रमण कालिन समयमा छु। पढाइपछिको के भन्नेमा? त्यसको जिम्मा रामलाई दिन्छु, किनकि राम राज्यमा चिन्ता लिएर म रामको अपमान गर्न सक्दिनँ।

तर यो समयमा जिवनको केही गहिराई वुझ्ने कोसिस गरे। त्यसको आयाम शब्द र कथ्यले कहिल्यै भेट्ने छैन। निरसमा सिचाइ सम्म गर्न जान्ने भए, कसैलाई उपचार चाहिए दिने छु। तर ढुक्क नहुनुनि फेरि थोरै हिलोमा नै सुक्ने प्रजातिको पर्नुभयो भने मेरो जिम्मा हुन्न।

मलाई यो लकडाउनको समय गयो भनेर पश्चाताप कहिल्यै हुनेछैन। किनकि मैले यो समय देखे, यो एउटा इतिहास हो। इतिहासमा बाच्नेहरु अमर हुन्छन्। म पनि अमर भए खुसि छु।

तर तपाईंहरुले के गर्नुभयो?
केही गर्नुभएन? अवश्य गर्नुभयो। सरकारको निर्देशन पालन गरेर असल नागरिक बन्नुभयो। यो महामारि जित्नुभयो, त्यसको हार्दिक बधाई। परिवारलाई समय दिनुभयो। फिल्म हेर्नुभयो। जे गर्नुभयो, सिक्नुभयो, जिवनलाई अझ नजिकबाट बुझ्नुभयो, यसलाई निरन्तरता दिनुहोला। यो त सानो समय थियो, अब त्यसको गुणको जीवन बाच्नु छ। हासेर रमेर बाच्नु छ, अरु त समयले व्यवस्थापन गर्छ।

विरवलको ,"यो दिनपनि उसैगरि जान्छ।" उक्तिबाट सुरु भएको लकडाउन गयो। अब पनि उस्तै दिन आउछ, तर तपाईं अब कस्तो बन्ने तपाईंको हातमा छ।




Monday, June 1, 2020

सम्झना १९ जेठको

बाबू ल उठ जाऊ।

गते बार साल कुनै मिति वास्ता हुन्न थियो। सानै थिए। स्कुल जाने नजाने घरकाले निर्घारण गर्थे। तर विहानको ७ बजे सदा झैँ पुग्नु थियो होटल।

म जन्मे देखि नै हो रे, मामाले हामीलाई दूध दिन थाल्नुभएको। मामा सधैँ दूध बेच्न सहर आउनुहुन्थ्यो। उहाँको अरु आफ्नै ग्राहक थिए अनि म भान्जा। आजको ममा मामाको धेरै योगदान छ।

उसो त मामाले मलाई मामाघरमा नै राखेर हुर्काउने कुरा पनि गर्नुभएको थियो रे। तर बच्चालाई आमासँग छुट्टिन नै कहाँ मन लाग्छ।

नित्य कर्म जस्तै काम। सात बज्नु अगाडी नै म हिडे होटल।

"आज स्कुलमा भर्नाको दिन हो है, घरमा आएर पनि पढ्नु छ", ममिले म घरबाट निस्कनु अगाडी भन्नुभयो
उसो त जाने/घुम्ने/खेल्ने काँहि कोहि हुन्न पनि थिए। बाटोको समस्या थियो। उकालो ओरालो घुम्ति यस्तै थियो घोरेटो। खुबै धोडा हिड्थे त्यतिबेला यता।

डर लाग्थ्यो, काउराको बोटनेर। सुनेथे त्यहाँ तर्साउछ रे। त्यस्तो देखेको त थिइन। हिजोआज त मान्छेसँग पनि डर लाग्छ/डराउनुपर्छ तर त्यो समय फरक थियो। त्यो रुखमा केही फरक देखिन्थ्यो त सरस्वती पुजाको भोलिपल्ट, सरस्वतीको मुर्ति। कसैले पुजा पछि बिसर्जन गरेको। भन्थे निर्मल बाटिका स्कुलबाट ल्याएको हो। तर मसँग स्पष्ट प्रमाण छैन। मान्छेले त्यो मुर्ति नछुनु भन्थे, भुत लाग्छ। देउताबाट भुत पनि लाग्छ, त्यो बेला सोच्थे। अघिल्लो दिनमात्र पुजा गरेको देविले भुत कसरी लाउछिन् यस्तै यस्तै। केही दिनमा त्यो मुर्ति बिष्णुमतिमा देखिन्थ्यो, सङ्लो पानीमा हासेको सरस्वतीको प्रतिमा।

सानो सानोबाट बाटो छिचोलेर होटल पुगे। म छिटो भए मामाले नै दुधको भाडोबाट खनाइदिनु हुन्थ्यो। मामा छिटो भए होटलको अन्टि (हामी घरमा होटल्नी आन्टि भन्थ्यौ) ले राख्दिनु हुन्थ्यो। खै हिजोआजका मान्छेले कसैलाई ठुलो सेवा गर्छन् गर्दैनन्। सुन्न त सुनिन्छ मान्छेको समयसमयमा नगदको हिसाब हुन्छ रे। तर त्यो आन्टिले ठुलो सहयोग गर्थिन्। त्यसको वर्णन शब्दमा होइन मनमा छ। कृतज्ञताको।

त्यो दिन म छिटो भएछु, मामालाई कुर्नपर्यो। ममिले छिटै आउनुभन्नु भएको थियो। तर मामा ढिलो आउनु भयो।
म कुरेर बसे। कुरेरको मामालाई थिए, तर त्यो दिन नै खराब रहेछ। नजिकैको पसलबाट आवाज आयो," आज बुढा ३ बजे नै गए, छाउनीमा बोलाएको छ।" उनले नेपालको पहिचानसँग जोडिएको कुरा गरिन," दरबारमा गोलि चल्यो रे। राजा रानी दिपेन्द्र निराज स्रुति सबै मरे रे। अब राजा र देशमा के होला?"

दिपेन्द्र त जिउदै रहेछन् पछि आएको खबरबाट थाहा भयो।

त्यतिबेला जहाँ पनि फोन हुन्नथ्यो। त्यहीँ पसलमा थियो। ती अङ्कल आर्मी थिए, छाउनीमा पोष्टिङ्ग। उनैबाट सबैले थाहा पाए। आम जनताले एकाबिहानै टिभी हेर्दैन थिए। टिभी पनि सर्वसुलभ थिएन। हाम्रोमा चाहिँ थियो। हरदिन सात बजेको समाचार पछि इमेज च्यानलले बजाउने एनटिभिको गितका लागि हामी टिभी हेर्थ्यौ। समाचार रातको आठ बजे टिभिमा र बिहान हजुरआमाको रेडियोबाट।
***
स्रुति गैरिगाउँको कृष्ण मन्दिर उदघाटन गर्न आउदा प्रत्यक्ष देखेको थिए। "राजकुमारी" लाई हामी पर्खालमाथी चढेर हेर्दै थियौ। देख्नेले  भगवान नै देखे जस्तो गरि उफ्रन्थयौ।  कार्यक्रम सक्काएर गए पछि केही साथी रुलारुला जस्तो भएका थिए जसले देख्न पाएनन्।

स्रुतिले करिव सात सय मिटर जति हिडेर आएकी थिइन।पुर्वाधार राम्रो थिएन। बाटो राम्रो थिएन नि त्यतिबेला। त्यहीँ बाटोमा साथीसँग म पनि कुदे, कसैलाई खुसिको खोजिको बाटो भयो त्यो, मलाई डबल खुसिको खोजी।
मेरो खुसि एकलमा सिमित भयो। कतिको अनुहार पानी पर्नु अघिको आकास जस्तो भयो। कोहिको लालिगुरास।मेरो अनुहारमा सुर्य उदाएको हुदो हो, घरमा मेेरो उज्यालो अनुहारले हजुरअामा लगायत सबै खुसि भए।
***
म रानीबारी पढ्थे, ५७ सालमा। फागुनको महिना शुक्रबार। हामी राजालाई हेर्न जाने भनेर गयौं। सायद शुक्रबार राजाले जनतालाई भेट्थे, ड्याडिलाई थाहा थियो। त्यो बेला ड्याडिलाई संसारको नै ज्ञान छ जस्तो लाग्थ्यो। पत्रिका पढ्ने र समाचार दैनिक हेर्ने बानी थियो। जुन आज ममा सरेको छ।

खै किन हो, नारायणहिटी भित्र हामीलाई छिन्न दिइएन। हामी स्कुलबाट गएका थियौ, हाफ छुट्टि भएर। अर्को लुगा घरबाट ममी ड्याडिले बोकेर ल्याउनु भएको थियो। स्कुल सँगैको बाटो छेउमा मैले लुगा फेरे पछि हामी गएका थियौ।

"कोटा पुगेर आज जान पाएनौं, पछि लैजान्छु", ड्याडिले पछि भन्नु भयो,"अर्को बर्ष लान्छु।"

ड्याडिले विरेन्द्रको हातबाट टीका लगाउनु भएको थियो। घरमा फोटो छ। त्यसैले मैले पनि राजालाई भेट्ने इच्छा गरेको थिए।

त्यो अर्को साल मेरो जिवनमा कहिल्यै नआउने गरेर, २०५८/०२/१९ मा समाप्त भयो।

                                                                                        (Photo source: Google)
***
मामा आउन ढिलो गर्नुभयो। मैले त्यो दिन मामालाई कुरिन।

राजा मैले नभेटेको तर नभेट्न नपाएको पात्र। समाप्त भएको थियो। मेरो ठुलो सपना बिलिन भएको थियो।
मलाई जिन्दगीमा दुई कुराको भुतले सदैव अतृप्त पार्ने छ। एउटा भेट्न नपाएको राजा अर्को चढ्न नपाएको धरहरा। धरहरालाई मैले सोच्दासाच्दै ढल्यो, जसरी विरेन्द्रको वंश ढल्यो।


म "परदेशी" त्यतिबेला माया गरेर सबैले यस्तै भन्थे। मलाई बोलाउदा," परदेशी परदेसी जाना नहिँ। " दिदीहरुले। थापा अङ्कलका छोरीहरू।

परदेशी नामको रहस्य पछि बताउछु।

परदेशी नै झै म हिडेको थिए घरमा। ठुलो अन्धकार बोकेर। घरमा आएर ममीलाई भने दरबारमा गोलि चल्यो रे। सायद शब्द पुराउन सकिन, अनि ममीले कति अड्काल काट्नु भयो, "होइन होला।"

कसले पत्याउनु। हजुरआमाले रेडियो खोल्नुभयो, मैले टिभी। समाचारले केही बेरमा मैले सुनाएको खबर पुष्टि गर्यो। ड्याडी होटल रारामा काम गर्नुहुन्थ्यो, आज बिहानै अफिस जानुभएको थियो। उहाले पनि घर फर्केर समाचार ल्याउनु भयो।

हजुरआमा, ड्याडी, ममी, दिदी सबैको परिवारको सदस्य गुमाए जस्तो अनुहार भयो। सायद मेरो पनि उस्तै हुदोहो, आफ्नो अनुहार हेर्ने कुनै सुर भएन। मनै औशी भएको थियो।

ड्याडी जमलबाट नाराहिटी जानुभएछ, मान्छेको धेरै भिड थियो रे। मानिआएको धर्म अनुसार देउता मारिएका थिए। ड्याडीले मन थाम्न नसकि यो षड्यन्त्र हो भन्दै ढुङ्गा हान्नुभयो रे, अनि सुरु भयो रे होहल्ला। अनि जुन संस्था (प्रहरी)लाई आफ्नो उर्जाशील समय दिनुभयो उहीँ आए पछि ड्याडी भाग्नु पर्यो। नेपाल टेलिभिजनले त्यो दृश्य देखाइको थियो रे पछि अरुले भने हामीले त्यसपछि सोकमा टिभी रेडियो सबै बन्द गरेम।

ड्याडीले कपला फाल्नुभयो, मेरो ब्रतबन्ध नगरेकाले छुरा नलगाई मैले पनि कपला फाले। संस्कार हामीले मान्यौ तर यहाँ त संस्कार नै फालिएको थियो।

के भएको थियो, दरवार त बाहिर बाट मात्र देखेकालाई भित्री कुरा के थाहा? के भयो, सबै सक्कियो, देश अस्थिरपञ्जर भयो। यस्तै भन्नुभयो ड्याडिले। ड्याडीले ५ दिन एक छाक र १३ दिन नुन बार्नुभयो।

हामीलाई ड्याडीले सातौ दिनमा श्राद्धाञ्जी सभामा लाग्नुभयो। हामीले राजपरिवारको सदस्यलाई फुल चढाइ श्रद्धाञ्जली दियौं।

राजालाई देख्ने थोको मेरो समाप्त भएको थियो, राजकुमारीलाई देखेर फुलेको अनुहार राजा लगायतको परिवारलाई विदा गर्दा ओइलायो।

मैले राजालाई अन्तिम दृश्य राम्रोसँग शनिवारको साङ्केतिक भाषाको समाचारमा हेरेको थिए। कति भएको थियो थाहा छैन, तर त्यो दिन राजलाई नै हेर्न साङ्केतिक भाषाको समाचार हेरेको हो। खासम त्यो समाचार हाम्रो रासन ल्याउने समाखुसिको श्रेष्ठ पसल (हामी मोटिको पसल भन्थ्यौ)को पसललेको माइतिमा राजा गएका थिए रे, कुनै पुजामा। उसले नै त्यो हेर्न भनेकी थिइन। त्यो देखे पछि राजालाई श्रव्यदृश्यमा हेरेको आफुले नेट चलाए पछि नै हो।

राजाको फोटो त कतिलाई पोष्टकार्डमा शुभकामनामा दिइयो। पहिला र पछि पनि। तर जलेको मान्छे फर्केर आउदैन, सबै समाप्त भएपछि त्यसको कुनै काम थिएन।
***
एकदिन श्रद्धा गर्दा राजा विरेन्द्रको नाम पनि पुरेतले लिए। मैले सोधे,"किन राजाको नाम किन लिएको?"
राजालाई पनि तर्पनदिनुपर्छ। पहिला महेन्द्रलाई दिइन्थ्यो, अहिले विरेन्द्रलाई।

म नाबालिक हुद नै राजतन्त्र सक्कियो। त्यसो त हाम्रो परिवारको सदस्यबाट कहिल्यै कसैले राजनीति गरेनन्। केही राजनीतिक फाइदा लिएनन्। लिए त मात्र जे आम सर्वसाधारणले देशको तर्फबाट पाउछ त्यहिँ, नागरिकता, देशको चिनारी, नेपाल राष्ट्रको विशाल धुरी। त्यसको बापत दिए बरु, पहिला राजगुठीमा हामीले हाम्रो बार्षिक उत्पादनको ध्यु दिनुपर्दथ्यो रे, पछि तिरो, कर लगायत सबै। जुन आज पनि आफ्नो कर्तव्यमा परेको देशलाई दिएका छौ।

मलाई जोन अफ केनडिको भनाइ सबैव याद आउछ," देशले मलाई के दियो होइन मैले देशलाई के दिए सोच।" किनकि हजुरआमाले यहि सिकाएर जानूभएको छ," देशमा राम्रो गर्नु है।"
***
त्यतिबेला हाम्रोमा शुक्रवार दुई घण्टा लोडसेडिङ हुन्थ्यो। छ देखि आठ बजे सम्म।सदा झैँ हिजोआज को कुरा कार्यक्रम हेरेर सुत्ने हामीलाई के थाहा अघिल्लो रातको हासोले भोलि देशको दियो निभ्छ। थाहा थियो, सुरक्षा मै गर्थे राजाको धेरै मानिसले यस्तै भने छिमेकमा। तर अब हुने केही थिएन।
***
मैले त्यसअघि मान्छे मरेको एकपटक देशको थिए।  खुब डराएको थिए त्यो रात। माथी सानाकाजीको आमा वित्नुभएको थियो। कलकत्ते पाटिमा उहाँको अन्तिम संस्कार भएको थियो, जुन मैले पनि हेरेको थिए।रातमा मैले चिच्याएछु," मलाई नजलाउ।"


त्यसबाहेक मैले अरुको मृत्यु देखेको सुनेको याद थिएन। राजाको मृत्यु सुने अनि देखे।  त्यो राजाको मात्र अन्त्य रैछन् आज बोध गर्छु, त्यो एउटा इतिहासको अन्त्य रैछ।

Saturday, May 9, 2020

मेरो परिचय



मलाई मान्छेहरू यो घाम जस्तो लाग्छ
जो कहिले उज्यालो हुन्छ
जगतै उज्यालो बनाउछ उस्तै
सरदको जस्तै
अनि कहिले अन्धकार बनाउछ
बाउको किरिया बसेको छोराको अनुहार जस्तो
अब सबै सक्किए जस्तो
सधैं एकनास त को हुन्छ
कहिले म छु भन्ने चन्द्रमा पनि त छुट्टि मनाउछ जान्छ।

म पनि त यो पवन जस्तै छु नि
जसको वेग कहिल्यै समान रहन सकेन
कहिले चैत बन्यो कहिले असोज
हो म कहिल्यै एकनास बन्न नसक्ने भएर नै होला
मेरा हातपाउका औला पनि एकनास नभएका।

समान त के हुन्छन्
न यी पर्वत छन्
न यी हिमाल छन्
अरु अरु यी तराइका फाट पनि देखिने मात्र हो समान
तर यी भित्रका केही दुरिका गल्क्षडाले बनेका थुम्काले पनि
यिनलाई समना हुन दिएनन् ।

एकै नाश फुल्न त यी फुलहरुलाई पनि मन होला नि है
तर अहँ सक्दैन यसले पनि
केही अरुले यसलाई असर गरे होला
अनि केहि आफुले बन्न सकेन।


सारा जगतले मलाई सबै सधैँ समान हुन सक्दैन
तर सबैको दिन फरक फरक समयमा आउछ भन्ने सिकाउछ भने
अब म कसरी सदाबहार बनु
रातमा सुनसान जगत पनि त
बिहान भए पछि हल्ला र सल्लाले
भेट र भिडले
त्यो रातको जगत र यो वातको जगत एकै त हो?
प्रश्न खडा गरिदिन्छ।

हो म पनि त्यस्तै हो
कुनै बेला वसन्त कुनै बेला वर्षा
कुनै बेला गृष्म, शिशिर कुनै बेला हेमन्त, सरद
कुनै बेला खोला कुनै बेला खहरे
कृपया मलाई बुझ्न गल्ति नगर्नु होला
मेरो परिचय पनि दैनिक फरक हुन सक्छ

उडान

मलाई गर्व लागेको छ
किनकि उनीहरू उड्न थालेछन्
जोसँग मेरो पनि चिनापर्चि छ
गर्व त लाग्ने नै भयो नि हैन?

म त उड्न सकिन
तर मेरो पनि मन उडेको छ
उनीहरूलाई देखेर
लाग्दैछ म पनि उड्दै छु
उनीहरूलाई देखेर।

मलाई त्यो उडान को कथा सुन्नु छैन
किनकि त्यसले लोभ्याउने छ
म कल्पना पनि त्यो गर्दिन
असफल प्रयासले गान्धीलाई दाग लाग्यो
अर्काको गल्ति बाट पनि सिक्नुछ
हे उड्नेहरु उडिरहनु है
माथि माथि सम्म
जहाँबाट माथि नासा पनि पुग्न नसकेको होस्।

मैले यति गर्व गरेको छु
उनीहरूलाई माया गरेको छु
तर एउटा कुरा मायाले नै भन्न चाहन्छु
अब तिमीलाई पुन भुइमा देख्न नपरोस् है
मेरो विन्ति।




Sunday, May 3, 2020

मानसिँह धर्म मा वि: सम्झना


आज धेरै पछि स्कुलको हर कुरा याद आयो, त्यो बाटो त्यो पल सबै घटना याद आयो। 

स्कुल पुग्दा पहिला अङग्रजी सि आकारको बाटो हिड्नु पर्दथ्यो। सानो खण्ड मोटरेवल मात्र थियो, त्यो खण्ड बाहेक अरु सम्पूर्णमा मौसम अनुसारको खेति देखिन्थ्यो। सुन फलेको पनि देखे, लसुन फलेको पनि देखे। पक्षि घुमेको पनि पक्षिको आहार सारङ्गि किरा खेलेको पनि देखे। काठमाडौंमा मैले गाउँ को रौनक देखिन भन्थे कलेजतिरका साथीहरू, तिनलाई के थाहा मैले सहर जति देखे गाउँ पनि त्यतिकै देखेको छु। काठमाडौंमा गाई पनि हुन्थ्यो भैसि पनि। अब गाउँ, गाई, गरा त तिनको सन्तानले पो देख्दैनन्।

बिस्तारै विकास पस्यो, सहरभित्रको गाउँमा। विकासले ल्याएको विनास धेरै पछि याद भयो, जब मोटरले मलाई  हिड्न गाह्रो पार्यो। अब न सुन देखिन्थ्यो न लसुन देखिनथ्यो खेतमा। विकास र वनमासा उस्तै रहेछ प्रकृति विग्राने। आज पो लाग्छ मानो भन्दा पहिला छानो कहिल्यै आउदैन रैछ। तर देशमा दिमाग भएका नेता नै भएनन्। स्वतन्त्र आवास खोजे, स्वच्छ वातावरण खोजेनन्।  स्कुलको बाटो छोटो भयो, पुल बन्यो। स्कुलको लुगा सफा हुन थाल्यो, जुताको आयु बढ्यो। तर अलि पछि मात्र थाहा पाए, सबैको आयु बढ्दा मेरो पो आयु घट्दै रहेछ।  

कति रमाइलो थियो त्यो पल, स्कुल जादा दिदीलाई झोला बोकाएर आफु भारदार जसरी स्कुल गयो। आफ्नो एक पिरिएड अगाडी छुट्टी भएपनि दिदीलाइ झोला छोडेर आफू एक्लै घर फर्क्यो। मैले झोला त, नासोको रुपमा मात्र दिनभरि आफुसँग राख्थे। समय सक्कियो फिर्ता दियो।

***
भाग्यले हो या आमाको करहले पहिला दुईवटा स्कुल चाखिसकेको थिए। अनि बल्ल त्यो स्कुलमा स्थान पाएको थिए तैपनि दुई कक्षा घटाएर। खै के खोज्दै थिए सरहरु नयाँ विद्यार्थी भर्ना लिइरहेका नै थिए, तर मलाई लिन मानिरहेका नै थिएनन्। अझ मुख्य भुमिका सानकाजी सरको थियो,जसलाई म तीन कक्षा हुदा बुढालाई अमेरिकी डिभी पर्यो, सुनसरी झुम्काका सर हाल अमेरिकामा के गर्दै होलान? सरलाई कति प्रश्न सोध्ने धोको थियो/छ। 

मलाई याद छ त्यो अन्ठाउन्न साल, २०५८।पुरानो स्कुलबाट प्रमाणपत्र आउना ढिला भएकाले त्यसले नयाँ भर्ना प्रक्रियामा असर देखाइरहेको थियो। जेठको महिना पनि तर्किन लागि सकेको थियो, बल्ल मानसिँह धर्मको रजिस्ट्रमा ऋषि तिम्लसिना सरले मेरो नाम चढाउनु भएको थियो।

१९ गते जनताको मियो डलेको थियो। देशको शिर लडेको थियो। म केही दिनको अन्तरालमा स्कुल पुग्दा स्कुलमा राजारानी प्रति फुल चढाएर श्रद्धाञ्जली दिने कार्यक्रम पनि राखिएको थियो। स्वर्गीय रानी ऐश्वर्य आफैले २०४२ मा उदघाटन गर्नुभएको थियो, स्कुल ठुलै चोटमा डुवेको थियो। मलाई त्यसैको केही दिनपछि मात्र परिक्षण पछि मात्र भर्ना लिने बताइएको थियो, देशले त्यसपछि जसरी सामान्य अवस्था आउन ढिलो गर्यो, मेरो भर्ना पनि त्यस्तै ढिलो भएको थियो।

विभिन्न चरणका छलफल र परिक्षण पछि पनि मलाई भर्ना लिइएन। मैले परिक्षणमा राम्रो गरेको थिए (जस्तो मलाई लाग्छ), तर मलाई असफल प्रमाणित गरिएको थियो। हेडवे इङ्लिसको कुनै पाठ पढेको थिए, तर मलाई किन असफल गरियो थाहा छैन। 

मलाई केही थाहा भएन के थियो भर्नाको मापदण्ड? सायद मलाई त्यतिबेला स्कुल र पढाइको पनि महत्त्व त थाहा थिएन।

शिबराम अधिकारी पनि त्यसै वर्ष उक्त स्कुलमा भर्ना भएको थियो। उसँग मेरो पहिल्यै चिनजान थियो, जसले मलाई उक्त स्कुलमा भर्ना हुनका लागि केही सिकाएको थियो। पुरापुर नेपाली मात्र पढेको विद्यार्थी थिए म, ऊ थियो बोर्डिङ बाट आएको। उसले सिकाएको पाठको पनि आजको ममा केही अंश छ।

"म त ज्यामी नात्र हुँ, बाकी इश्वरको कृपा।" भित्तामा लेखिएको यो अक्षर मुनि मानसिँह महर्जन लेखिएको थियो। मानसिँग धर्म मा वि।स्थानीय समाजसेवी मानसिँह महर्जनको अग्रसरतामा निर्मित भएर उनैको नामबाट स्कुलको नाम राखियो पछि थाहा पाए।यसैबाट कथा विस्तार थाहा पाए, मानसिँह महर्जन आफूले शिक्षाको कमिले भोग्नु परेको अवस्था अरुले भोग्न नपरोस् भनेर विद्धालय स्थापना गरेका रे!

धेरै झनझट भयो, ढिला भयो तर म भर्ना भए। त्यसैदिन किताब किन्न गणेश स्थानको स्टेसनरी पठाइयो। किताब किनेर म कक्षा पुग्दा शुभद्रा मिसको कक्षा भएरहेको थियो। कक्षामा मलाई बोलाउने पहिलो पात्र सन्तोषी छन्त्याल, "दाइ! इलेजर छ"। म पहिला देखि नै अलि अग्लो थिए, फेरि कक्षा घटाएर भर्ना गरिएको। मलाई उनीहरू कै सिटमा राखिएको थियो।

मैले छ भन्दै इलेजर दिए र  पहिलो अनौपचरिक साथी सन्तोषी नै भई। दुई जानविचको चिनापर्चि बिनाको मित्रतालाई मैले कहिल्यै दोस्रो भेटमा वास्ता गर्दिन। आजसम्म पनि। त्यहिँ भएर त्यो अनौपचारिक भयो, तर पछि औपचारिक पनि भयो कक्षा पछि।

मेरो अक्षर बारे मलाई केही ज्ञान थिएन जसरी मलाई पढाइको ज्ञान थिएन, तर उक्त कक्षामा नै शुभद्रा मिसले भन्नुभयो,"राम्रो अक्षर छ, राम्रो पढ तिमी फर्ट हुन्छौ।"

पढाइ थाहा थिएन तर फर्ट माने रोल नम्बर एक, जस्तो पुरानो स्कुलमा मेरो रोल नम्बर तीन हुदा अनिल गुरुङको एक थियो, त्यो थाहा थियो। मैले मिसको उक्त मोटिभेसनलाई उक्त समयमा हासोले उत्तर दिए अनि पछि फाइनल एक्जाममा धन्यवाद दिए, फर्ट भएर।  

कक्षामा सन्तोषी सँगै उसको दिदी पनि थिइ गोमा छन्त्याल, अलि अल्छि अलि फरक। पछि थाहा पाए उक्त कक्षामा सन्तोषी र गोमा जस्तै फर्ट ब्वाई समीर श्रेष्ठ पनि छ, दोस्रो प्रविन छ, तेस्रो रविन राई छ। अरु सपना राजबाग, मनिसा महर्जन र अन्जना महर्जनको टोलि छ। निसा अनिसाको अर्को दिदीबहिनी पनि छ। मुना, दिपक (मोटे), सिला थापा मगर थिए। विवेक थियो, स्कुलबाट अलि माथि घर भएको, मसँग मिल्ने विवेक अनि सिबराम पनि,  सुरेन्द्र सिटौला रहेछ बिस्तारै मात्र थाहा पाए, जसरी म कक्षाको सत्रौ रोल नम्बरको विद्यार्थी भएको थाहा पाए।

त्यो समय मेरो स्वर्ण काल थियो, नेपाली इतिहासको लिछिविकाल र नेपाल फिल्म/संगितको नाइन्टिस जस्तो। विवेक कहिले काहिँ नाच्थ्यो, त्यो बेला चलेको फिल्मको गित "एउटा खुट्टा एक्सिलेटर अर्को खुट्टा ब्रेकमा..."। हामी स्कुल गित गाउथ्यौ," १० बजे घण्टी बज्छ, घण्ठिले के भन्छ.."

शुभद्रा मिसको साइन्स, तारा मिसको म्याथ, रुपामा मिसको हेडवे इङ्गलिस, यशोधा मिसको दुवै नेपाली (सानो र ठुलो भनेर हामीले भन्ने साहित्य र व्याकरण), निर्मला निसको जिके र सोसल। हाफ टाईम अगाडि चार र पछाडि दुइ जम्मा छ पिरेड पढेर म त्यो बर्ष फर्ट भएको थिए। पहिलो र ठुलो खुसी त ममीलाई सुनाउथिए होला। तर त्यो बेला "बा" बितेर ममी मामाघर जानुभएको थियो।

जसरी पहिलो बर्ष वित्यो, सागर कार्की, निशा थापा,नविना महर्जन, निशा खडका लगायत नयाँ साथीहरू र नयाँ अम्बिका मिसले नेपाली कक्षा पढाउदा एक कक्षा सक्किएको थियो। 

मलाई "बालक हामी जोडि हात... " सरल नेपाली श्रृङखलाको पहिलो पाठ मिसले भाका हालेर गाउनु आजपरेन्त याद छ, जसरी मलाई घाम जुन याद छ।

कक्षा दुई संभवत मेरो श्वर्ण समय थियो। नुवाकोटको राजेश श्रेष्ठ, गोर्खाका अशोक गुरुङ र मनमैजुको सन्तोष  सिम्खडा। तिर्सना योञ्जन, अनिसा सेडाई, सृष्टि पराजुली,रोशन धिताल कहाँ गए ती साथी, जो दुई कक्षामा भर्ना भएका थिए।

राजेश, म र अशोक एकै बेन्चमा बस्ने। अशोकको मोटो शरिर, म र राजेश एक प्रकारको रमाइलो बस्किङ्ग खेल्थ्यौ अशोकसँग, टु भर्सेस वान। रमाइलो यतिमै सकिन्न थियो।, रुपा मिसको दिनको एक पेज इङ्गलिस ह्यान्ड राइटिङ्ग कक्षामा सक्काउने होड बाजि। कहिले "आइएम अ स्टुडेन्ट देखि आइ एम अ व्बाई" सम्म। तर राजेश र मैले प्राय "आइ एम अँ स्वलडर" लेख्थ्यौ। किनकि हामी दुवै पछि आर्मी बन्न चाहन्थेम्, जतिबेला अधिकांस विद्यार्थी डाक्टर बन्ने सपना बुन्थे। तर पछि न राजेश न म आर्मि भयौ। राजेशलाई चारवर्ष अघि भेट्दा उसमा आर्मी प्रतिको लगाव पनि देखेको थिइन। 

दुइ कक्षा सक्कियो, राजेश र अशोक हराए, सँगै सिता, दिपक, सिमा, सन्तोष हरायो। 

कति मीठो थियो त्यो पल। कक्षामा केही विषयको पाठ पढाएको केही दिन पछि सोध्ने सिस्टम थियो। पहिला शिक्षकशिक्षिकाले समिर निसा म लगायत कक्षाको रिजल्ट राम्रो हुनेलाई सोध्नुहुन्थ्यो, अनि हामीलाई अरुलाई सोध्न लगाउनु हुन्थ्यो। प्राय साथीहरु हामीसँग,हामीले सोध्दा सहयोग गर्न भन्थे, किनकी सजाय पाउन त कसलाई पो रहर हुन्छ होला र?

दुई कक्षाको एउटा रमाइलो कुराले आज पनि हसाउछ, तिर्सनाले एकदिन कहाँबाट औषधी भेट्टाएर ल्याईछ, शुभद्रा मिसले त्यो औषधी उसको डेस्कमा देखेर सोध्नुभयो, "के भयो, के को औषधी हो?"

"मलाई सन्चो छैन् मिस मेरै औषधी हो।"तिर्सनाले बताई। 

मिसले औषधी हेर्दा थाहा पाउनुभयो उक्त औषधी त पेग्नेन्ट ओमेनको पो रैछ। पछि तिर्सनाको अपराध पक्रियो। प्रहरीलाई हो अपराधी पक्रिन गाह्रो हुने त। फेरि बच्चाले कहाँ बहानका अनेक चाङ्ग बनाउन सक्नु नि? 

सत्य पक्रे पछि जो कोहि नै यथार्थ बताउन बाध्य हुन्छ, ऊ पनि भइ। उसले बताई,"यो औषधी मेरो होइन बिहान खोला तर्दा भेट्टाएको।" तर यो यथार्थ पनि मिसले पत्ताउनु भएन, "यो औषधी बोकेर भोलि देखि स्कुलमा नल्याउने।" सायद मिसले घरको कुनै सदस्यको औषधी भनेर जफत गर्नु भएन।

तिर्सनाहरुको घर साङ्गले खोला नजिक थियो क्यारे, उनीहरूको त्यता काठ कारखाना थियो जस्तो लाग्छ?

बदमासी त बच्चामा हरकोहिले गर्छ। बदमासी नगरेको बालपन पनि के बालापन। राजेश र मेरो आर्मी बन्ने रहर कति धेरै थियो। सायद बढ्दो माओवादी प्रभाव पनि होला। हामी स्कुलको चउरको घासमा सर्प जस्तो घिस्रिने ट्रेनिङ पनि गर्थ्यौ। खरानी रङ्गको पाइटमा खासै फरक पर्दैन थियो, तर निलो र सेतो सर्ट अनि सेतो पाइन्टको युनिफर्म होलीको लुगा जस्तो हुन्थ्यो।

आर्मी सपना यति तगडा थियो कि त्यो बेला स्कुलभन्दा परको भिर (जुन आज ठाउँ अतिक्रमणको सिकार भइ सक्यो) मा चढ्ने उफ्रने के के गरिएन। त्यो यथार्थमा अहिले त हासो  पो लाग्छ।

एकपटक त रविन र ममा एक प्रकारको बाजि नै पर्यो स्कुलको फलामको सानो भाचिएको झ्यालबाट को बाहिर निस्कने। हामी दुवैले त्यो बाजि जित्यौ। तर दिपकले अन्तराष्ट्रिय खुफिया एजेन्टको जस्तो काम गर्यो। गोकुल दाइले हामीलाई पिटे, पछि शुभद्रा मिसले हामीलाई बेन्चमा बधिदिनिभयो। तर मैले गल्ति प्रायश्चित गरेपछि म छिटै बन्धनबाट झुटे तर रविन पुरै दिन बाधियो। म त्यो दिनको साथीहरूको अनुहार अहिले पनि सम्झन्छु तिनको मप्रति माया या मिसप्रतिको डर।कति निरिह बनेका थिए उनीहरू, त्यो दिन उनीहरू हामीसँग बोल्न पनि डराइरहेका थिए। उनीहरू मध्ये कतिलाई लाग्दो फर्ट ब्वाई र थर्ड व्वाईलाई पनि सजाय हुदो रैछ। त्यो दिन मेरो रोल नम्बर एकले पनि केही कमाल गर्न सकेन। पछिका दिनहरूमा अरु सरहरु पनि हामीलाई हेर्न आउथे, को हुन झ्यालबाट बाहिर जाने भनेर। त्यो बेला हामी आफुलाई एलिएन या सर्कसको जनावर जस्तो ठान्थ्यौ, जसलाई मान्छेहरू खोजी खोजि हेर्न आउथे।

स्कलमा पक्रिय पनि घरमा नपक्रयोस् जस्तो लाग्थ्यो। दिदीले थाहा नपाओस्, घरमा नभन्दिओस्। तर दिदीले पछि थाहा पाई, घरमा पनि। लगन पछिको पोतेको के महत्त्व, घरमा त्यसको असर केही भएन। 

दुई कक्षा सक्कियो, त्यो बदमासीको मेरो रिजल्टमा कुनै असर आएन। मेरो र समिरको रोल नम्बर एक र दुई नै थियो। समीर र म दुई कक्षामा हुदा नै सानाकाजी सरले चारमा लगेर आफ्नो विषय सोध्नुभएको थियो, जुन चार कक्षाका विद्यार्थीलाई आएको थिएन। हाम्रो यस्तो कामले पनि राम्रो प्रमाणित गर्थ्यो, त्यसको प्रभाव पनि रिजल्टमा  हुन पुग्यो। किनकि त्यतिबेलासम्म पनि कक्षामा प्रथम हुन् पढाइ सँगै अनुशासन पनि चाहिन्थ्यो।

जब तीन कक्षामा हामी गयौं,  समीर र म मिल्ने साथी भएका थियौ, पहिला भन्दा ज्यादा। सँगै आउने जाने पनि। ऊ ग्रिनल्याड बस्थ्यो म महादेवटार। बाटो मिल्थ्यो। ऊ मामाघर (साङ्गेखोला)गएको समय बाहेक हाम्रो बाटो एकै। त्यसो त नयाँ साथीहरू विश्वामित्र श्रेष्ठ,रोल्पालि आषिश बुढामगर पनि एकै बाटोका थिए। हामी सँगै आवतजावत गर्थ्यौ।

त्यसै बर्ष नुवाकोटे प्रमिला, मिलन, सुरेन्द्र थापा, निसु केसी पनि आएका थिए। खै नुवाकोटको अर्की एउटीको नाम बिर्से तीन दिदीबहिनीकि जेठि दिदी। हाम्रो नजिकै बस्ने ऊ पातली थिइ। गोरी गोरि थिइ। बढी बोल्थी।

म तिनमा पढ्दा नै थियो! दिनेश (पाण्डे) सरले मानसिँहमा पढाउन सुरु गर्नुभएको। सरको बुबा बित्नुभएको रहेछ त्यो साल। सर सेतो लुगा लगार आउनु हुन्थ्यो, हामी सरलाई नाम भन्दा प्राय सेतो लुगा लगाएर आउने सर भनेर चिन्थ्यौ।

हाम्रो कक्षामा संभवत राम्रो एकता निर्माण भएको साल थियो कक्षा तिन। पहिला पनि एकता त थियो तर देखिन्न थियो। त्यो बेला देखि हामीले कक्षामा गुड फराई डे, गुरुपुर्णिमा जस्तो मनाउन थालेका थियौ।यसैले हाम्रो एकता देखाइदिएको थियो। सायद एकता देखिन पनि काम देखिन पर्दो रैछ। त्यो एकता पारदर्शी रुपले देखिन्थ्यो। 

हामीले गाउने गितको लिरिस्क लेख्ने काम प्राय रोसन (धिताल)ले गर्थ्यो। उसको सिविन नेपालको कपिमा लेखिएका गित यस्ता हुन्थे।

हाम्रो गाउले जीवन...
मायाको पहिलो सौगात स्वरुप...
छोरी माग्न  जादा.. 

यस्ता गितहरु हुन्थे। कति रमाइला थिए ती दिनहरु।

तीन कक्षामा नै मेरो लेखन यात्राको बोट केही हदसम्म भए पनि सप्रिन पाएको थियो। कक्षा दुइमा लेख्न सुरु गरे पनि त्यसले राम्रोसँग सप्रिन भने पाएको थिएन।त्यसले स्टेसमा गुन्जिने मौका पनि त ३ कक्षामा नै पाएको थियो, दसै विदा हुनु अगाडिको कार्यक्रममा। मेरो "नेपालको कहनी" कविता पूरा स्कुलले सुनेको थियो। मैले निर्धक्क र निडर भएर बाचन गरेको थिए। मेरो कविताको एक लाइन एक दाईले याद गर्नुभएछ,

"पानीको धारा सुकेर, यहाँ रगतको धारा बगेछ
सुन्दर शान्त नेपाल त मरुभुमी पो भएछ।"

चार कक्षामा सिद्धान्त लोहनी लगायत केही साथीहरु आएका थिए। स्कुल नजिकैको एउटा साथीको मामा (जो अर्को कुनै स्कुलको शिक्षक पनि थिए), हाम्रो खाली कक्षामा बिना स्विक्रिति आएर हामीलाई केही थान गफ दिएर गएका थिए। गफ सँगै एक साथिलाई पिटाइ पनि, जसको उनले पछि कक्षामा नै आएर माफ नै माग्नु परेको थियो। 

कक्षा पाच अर्को रमाइलो समय, प्रकाश सिटौला, सञ्जिव कार्की, सन्तोषी कार्की आएका थिए। गोर्खाका दिपेश दुवाडी, विवेक श्रेष्ठ, म्याग्दीका केही छन्त्याल जातिका साथी (नाम भुले अनुहार याद छ) लगायत पनि आएका थिए। टोपी अर्थात सन्देश राई पनि थियो। केही साथीले स्कुल छोडेर पुन भर्ना भएका थिए कि जस्तो पनि लाग्छ जस्तो निसु केसी, सुरेन्द्र थापाहरुले। 

पाच कक्षाबाट समीर र मलाई छुट्टै बस्न म्यामहरुले भन्नुभएको थियो, "फर्ट र सेकेन्ड छुट्टै बसेर अरुलाई पनि सहयोग गर्न पर्छ।" 

त्यसैले हामी छुट्टै बस्न बाध्य भएका थियौ, तर चाहेका चाहिँ थिएनौ। त्यसपछि मेरो नयाँ डेस्क पार्नर भए, दुई गोर्खाली, दिपेश र विवेक।

त्यो बर्ष हाम्रो फुटबल बर्ष भन्दा पनि हुन्छ। हामीले धेरै फुटबल खेल्थ्यौ। सानो प्लास्टिकको फुटबल देखि मिलेर किनेको "मिस्टर युड्स" सम्म। तल्लो कक्षाको राजकुमार र विमलको टिमसँग खुब खेलियो फुटबल। स्कुल भित्र अनि बाहिर पनि । अरुदिन स्कुलमा, शुक्रबार छुट्टी पछि बाहिर गएर। फुटबल मात्र होइन लाप्पा पनि खेलियो, सागर कार्की र सन्देश राईसँग। सागरसँग स्कुल पछि भेट भएको छैन तर छ कक्षामा स्कुल नै फेरेको सन्देश पोहोर भेट भएको थियो। ब्रिटिष लाहुरे भएछ, साथीको प्रगतिमा मेरो छाती पनि पामिर पाठर  झै विराट भएको थियो।

पाच कक्षाको अन्तिम दिन सायद, एक आफैलाई लाज लाग्दो दिन, सम्झिदा लेख्न मन लागेन। तर लुकाउन पनि मन लागेन। त्यो दिन रिजल्टको दिन थियो। शुभद्रा मिसले स्कुल आउने वितिक्कै मलाई भन्नु भयो,"यो साल प्रदीप फर्ट भएन छ!"

अब त बानी परिसकेको थियो हुने, फर्ट हुने। फर्ट हुनुले मलाई हेर्ने नजर नै समाजमा अर्कै थियो।त्यसैले मिसको कुराले म रोएको थिइ। आफ्नो गौरवगाथाको एक सिसा फुटेकोमा। तर त्यो औपचारिक परिणाम थिएन, पछि खुसि भए जब औपचरिक परिणाम आयो, म फर्ट नै भएको थिइ।

छ कक्षामा आत्मराम (ढुङ्गाना) आएको थियो। प्रमोद (कट्टेल) आएको थियो। मनिसा अधिकारी, रञ्जना पौडेल, सुस्मा गिरी पनि नया भर्ना आएका थिए।  केही साथी हराएका पनि थिए, सन्देश राई लगायत अरु।

हामी गणितमा अलि हौसिर लागेको बर्ष पनि त्यहीँ थियो, आत्मरामले गणितलाई छुट्टै किसिमले हाम्रो अगाडि परिभाषित गरेको थियो।  नत्र पहिला त मलाई सबै विषय बारबर लाग्थे।

मलाई पछि विज्ञान पढ्न पर्छ भनेर पनि त्यसै बर्ष गिता(सिम्खडा) मिसले भन्नुभएको थियो।  मिसले त डाक्टर पढ्न पर्छ पनि भन्नुभएको थियो। तर मैले डाक्टरको बाटो हेर्दा पनि हेरिन। त्यतिबेला मलाई अर्कै विषयले लोभ्याइसकेको थियो। 

त्यसै बर्षबाट ऋषि सरले र नारायण सरले पनि पढाउनु हुन्थ्यो। मलाई एकपटक भेटेर दुवै सरहरुलाई धेरै प्रश्न सोध्न मन छ। कुनै दिन पुन भेट भएछ भने अवश्य सोध्ने छु।

मेैले सात कक्षा पढिन। मलाई कक्षा टपाउने कुरा रुपा(देवकोटा) मिसले पहिल्यै देखि भन्नुहुन्थ्यो । म दुइमा हुदा मलाई मेरो दिदीसँग पाच कक्षामा भर्ना गराए पनि हुन्छ भन्नुहुन्थ्यो। सायद त्यतिबेला मेरो क्षमता कसैलाई थाहा थियो भने रुपा मिसलाई नै हुनुपर्छ। आजपरेन्त मैले मेरा हर समस्यामा त्यो कुरा सम्झेर आफुलाई बलियो बनाउछु। धन्यवाद मिस।

अनि मैले त्यसै बर्ष मेरा समीर, रविन, प्रमोद, रोशन, प्रकाश, सञ्जिव, निसा(दुवै), अनिसा, प्रमिला, सन्तोषी, सपना, अञ्जना, मनिसा(दुवै), सिबराम, सागर, आत्मराम लगायत साथीहरुलाई मित्रताको जन्मौजन्मको कसम दिएर आठ कक्षा भर्ना भए। 

मैले सात नपढि आठ पढे। केही शिक्षकगणले विरोध गर्नुभयो। मैले र दिपेश (दवाडी) ले संयुक्त रुपमा कक्षा फड्किएका थियौ। तर त्यो विरोधले म डराएको थिए, कतै हामी पुन सात कक्षामा भर्ना त हुनुपर्ने होइन? तर दिपेशले नै त्यो बेला मलाई आड दिएको थियो, अहिले लाग्छ यदि दिपेश हुन्नथ्यो भने म एक्लैले कक्षा जम्प गर्न सक्थे होला कि सक्दिन थिए होला? 

दिपेशसँग स्कलमा हाम्रो सम्बन्ध मह जोडि जस्तो भयो। पछि हेडसर हुनुभएको विनोद सरले त हामीलाई "प्रदीप-दवाडी" भनेर संयुक्त बोलाउनुहुन्थ्यो।

पछि अनन्त म र दिपेश मनिस खड्का, विवेश राई, खेम बस्नेत, सञ्जय श्रेष्ठ (समीर श्रेष्ठको दाइ) प्रकाश सिटौला, किरण श्रेष्ठ, प्रकाश महत, अनिल श्रेष्ठ, सञ्जिव कार्की (सागर कार्कीको दाइ), होम तामाङ्ग, प्रकाश ढकाल, निरज बानिया, महेन्द्र तामाङ, कविता, रिता(सिबरामको दिदी), अनिता, सविना, सम्झना (निसुको दिदी), शिला, यमु, रश्मि, सुमन तामाङ, आसमान, सरु बझाणे, रजनी ढकाल,भावना, रोशनी (रोशनको दिदी), रिता (अर्को), शारदा (अनि केहिको नाम भुलेका र अनुहार नभुलेका) साथीहरू सँगै पढ्ने भयौ।

यी साथीहरूको वास्तविक नाम मैले आठ कक्षाको जिल्ला स्तरिय परिक्षा पछि मात्र थाहा पाएको थिए। यो एउटा नियमित प्रक्रिया जस्तो नै थियो। मेरा साथीहरले यसरी पहिचान पाएका तिए, ढक्कु प्रकाश ढकाल भएको थियो। निरज निलाहार सिँह भएको थियो। मम प्रकास महत भएको थियो। घडि मनिस खड्का।जस्तो पहिला पनि हुन्थ्यो धोडा उद्धव, दुलो दुलाल। अनि पछि पनि उस्तै चलिरह्यो चिवे शिव, चिनी सागर। 

बोलाउने नाम त सबैको हुन्थ्यो, मेरो पनि थियो। प्राय काम पर्दा नामले नै बोलाउथे साथीहरू। अरु प्राय समय मेरो नाम टुप्पी थियो।

दुई कक्षा माघ सोह्र गते मा चुडाकर्म गरेपछि टुप्पि पालेको थिए, त्यसले मेरो नौ कक्षा सम्म मेरो विराट कथा बोकेको नाम (नाम प्रदीप रहनुको कथा पछि कुनै लेखमा) नै परिवर्तन गरेको थिए। 

त्यतिबेला हाम्रो समाजमा टुप्पी काट्नुको अर्थ जोगी हुनुथियो। पछि मात्र थाहा पाए, टुप्पी नराखि कपाल फाल्नु पो रैछ जोगि हुनु अनि मैले टुप्पि फाले। त्यसपछि म पुन प्रदीप भएको थिए। तर पुरानो नामले बोलाउने र नयाँ राख्ने क्रम पछि पनि चलिरह्यो। कोहिले गान्धी पनि राखे अनि कोहिले कवि पनि।

एकपटक फुटबलको ट्रेनिङमा जादा (ट्रनिङ्ग बेलुका हुन्थ्यो) म दिउसो खाजा आलु चिउरा खाएर गएको थिए। ट्रेनिङगको सुरुमा नै डौडिन पर्दथ्यो। मैले राम्रो डौडिन सकिन। ट्रनिङ्गमा डौड छल्न अनेक बगाना बनाउने धेरै हुन्थे। मेरो त्यो पनि बहाना सम्झेर माफ पाइन, तर औधि गाह्रो भएपछि मेरो आखा रसायो। छुट पाए पछि गाह्रो हुनुको कारण थाहा भयो, उहीँ आलु चिउरा रहेछ। त्यसपछि छोटो समय नाम नै आलु चिउरा भयो। यो छ कक्षाको कुरा थियो। तर त्यो नाम छ दिन नरहे पनि त्यसको प्रभाव मसँग आज परेन्त जिवित छ। 

म उसैगरि कक्षा नौ गए, जसरी पहिला एकबाट अर्को कक्षा जान्थे। पछि गोविन्द दाइले भन्नुहुन्थ्यो," तिमीहरूले कक्षा टप्नाले तिमीहरूको एसएलसिमा १०% घट्छ।" त्यसको कति असर रह्यो मैले अहिले सम्म भेउ पाउन सकेको छेैन।

हामी कक्षा नौ पढ्दा स्कुल बाह्य सम्म या आठ सम्म कति सम्म सञ्चालन गर्ने भन्ने बाध्यकारी शिक्षानियमावली आएछ। स्कुल व्यवस्थापन समितिले बाह्य सम्म सञ्चालन गर्ने निर्णय गर्यो। तर त्यसको लागि हेडसर परिवर्तन गर्नुपर्ने अर्को बाध्यारी अवस्था आयो। स्कुलमा एक किसिमको आन्दोलन नै भयो, विद्यार्थीले विभिन्न सरको नाम लिदै मुर्दावाद र जिन्दावाद जस्तो नारा लगाय। दिपेश र म न्युट्रल नै थियौ। हामी आफु पढेको विद्धालयले प्रगति गरेको हेर्न चाहन्थ्यौ, हामीलाई हेडसर पोष्ट गौण थियो। केही सिनियरले पछि हामीलाई बोलाएर हामीलाई धम्किको भाषामा हामीसँग स्पष्टीकरण मागे, हामीले हाम्रो आशय मात्र व्यक्त गर्यौ।

अनन्त विनोद पण्डित सर हेडसर हुनुभयो।  विद्धालयले त्यस पश्चात धेरै प्रगति गर्यो। धेरै परिवर्तन भयो। त्यसको लागि विनोद पण्डित सरलाई धेरै धन्यवाद भन्न चाहन्छु, मेरो नामसँग सदैव आउने विद्धालयलाई मार्ग देखाउनु भएकोमा। तर यतिकैमा सरसँग म पुर्ण नतमस्तक हुन सक्दिनँ। सर प्रति मेरो पुराना गुनासा धेरै छन्। सायद सरलाई पनि त्यो भन्दा पहिलाको पल सम्झिदा मेरा गुनासा याद रहन्छ होला।

सब कक्षाको केही न केही लेखि सकेपछि दस कक्षा किन छुटाउनु जस्तो लाग्यो। कक्षा दशको कोचिङ्गमा अतिरिक्त गणितको कक्षा समय थियो, सर हुनुहुन्थ्यो राजकुमार सर । सरले सब मन्टिपलको फर्मुला पढ्न दिनुभएको थियो, मैले छिट्टै याद गरेर गफ गर्न थाले।


गफ गरेको देखेर, सर,"प्रदीप, फर्मुला आउछ।"

मलाई फर्मुला आइसकेको थियो,"सर आउछ।" मलाई लागेको थियो कण्ठ भइसकेको छ।

"म सोध्छु, आएन भने, प्रत्येक फमुला ५० पटक लेख्नुपर्छ हुन्छ?"

मलाई आज सम्म सायदै च्यालेन्ज लिन डर लागेको छ,२०/२२ कति वटा फर्मुला थियो, मैले हिसाबै नगरि हुन्छ भने किनकि मैले लेख्नुपर्छ भन्ने सोचेको नै थिइन।  मैले माथि उल्लेखित रुपा मिसले मलाई गर्नुभएको विश्वास पुन सम्झे। अनि भने," हुन्छ सर।"

सरले फर्मुला सोध्नुभयो। दोहोराएर सोध्नुभयो। सबै भने। तर मेरो ब्याडलक भनु न,पछि मैले Tan3A मा झुक्किएर अड्के। पहिला भनिसकेको भए पनि त्यो बेला अड्किए, सरले पुन सुधार्ने मौका नै दिनुभएन, मैले ५०/५० पटक फर्मुला लेख्नु पर्यो, फेरि भोलि सम्ममा नै।

म बर्षमा जहिल्यै दुइदिन मात्र कक्षामा अनुपस्थित हुन्थे। दसै विदापछिको र गर्मीको विदापछिको पहिलो दिन। कारण बाकी रहेको गृहकार्य। म लगातार नै गृहकार्य गर्थे। दिनको पहिलो खण्ड गृहकार्यमा र पछिल्लो खण्डमा साथी सँग खेल्ने। फेरि साझ र सन्ध्यामा गृहकार्य नेै गर्ने। तर मैले गृहकार्य विदा सक्किएको अर्को एकदिन घर नबसि कहिल्यै सक्काइन। पछि एघार बाह्र सम्म नै। जाडो विदा परीक्षा सक्किएपछि हुन्थ्यो त्यसमा मलाई (अरुलाई) पनि गृहकार्यको कुनै तनाव हुन्नथ्यो। तर जब भोलिपल्ट स्कुल पुगेको हुन्थे थाहा पाउथे कि गृहकार्य नसक्ने म मात्र होइन रहेछ, बाकी विद्यार्थी पनि हुदा रहेछन्। तर जति थाहा पाए पनि कहिल्यै विदापछिको पहिलो दिन कक्षामा उपस्थित भइन,मेरो आफ्नो मनले मलाई स्कुल जान दिदैनथ्यो गृहकार्य नसक्काई।तर त्यसदिन मैले सम्पूर्ण फर्मला लेखे, तर सरको लागि त्यसको मतलब नै भएन छ। तर मलाई त्यसले ठुलो समस्यासँग पनि सुध्न सिकाएको छ।

म लगायत माथी उल्लेखित नामसँगै ह्यारी, लिनु, नानू, नेबुला, शुमित्रा, गिता, प्रिया, पवित्रा, अस्मिता (दिदी), नविना, सुनिता, सुमन महर्जन लगायतले एससलसी दिएर विद्धालयबाट विदा लियौ।

स्कुल गर्विलो गरि सुरु भयो। गर्विलो नै गरि अन्त्य पनि। हर कक्षा खुसिको भयो, हर कक्षा रसिलो भयो।

स्कुल सक्कियो, धेरै साथी टाढा छन, नजिक छ एक साथी मनिस खड्का। मनिस उहीँ थियो, जो सँग प्राय म वौचारिक मन्थन गर्थ्ये। हामी विचारमा नै झगडा गर्थौ। तर आज स्कुलको साथीलाई भेटौ भन्दा भेटिने उहीँ हो। फोनमा कुरा हुने पनि उहीँ हो। सामाजिक सञ्जालमा गफिने पनि उहीँ हो। 

म हरदिन मानसिँग धर्म मा वि. निर्माण पक्षलाई धन्यवाद दिन्छु,जसले गर्दा म आजको स्थान सम्म आएको छु।

म धन्यवाद दिन चाहन्छु पर्दा अगाडिका विनोद पण्डित सर, सुरेन्द्र थापा सर, दिनेश पाण्डे सर, महेशवर देवकोटा सर, रुपा मिस, तारा मिस, अम्बिका मिस, गिता मिस, ऋषि सर, राजकुमार सर, सानकाजी सर, रामकाजी सर, भानवा मिस, इश्वरी मिस, नारायण सर, यशोदा मिस, निर्मला मिस, राजिव सर, मोतिलाल सर, सानो समय आउनु भएको रस्मिला मिस, पातली/सानो मिस(हामीले चिन्ने नाम पन्त थरको मिस), बुढि मिस( मिस अलि बुढी हुनुहुन्थ्यो), सानो समय चार कक्षामा जिके पढाउनु भएको निर्मला मिसको छोरी (नाम बिर्से) टिचिङ्ग प्राक्टिसमा आउने सरमिसहरु, पर्दा पछाडिका व्यवस्थापन समिति र अरु सरोकारवालाहरुलाई।

***
कोहिलाई विर्सेको छैन, केहि घटना विर्सेको छेैन। दसमा कक्षा पवित्रा नेपालले गणितमा गरेको प्रश्नको नम्बर नपाउदा सरले अहिले लेखेको भनेर प्रमाणी गर्न खोज्नु भएको थियो। जेल पेनको अक्षर उहीँ समयमा सरले पुछ्दा नमेटिए पछि, खेेेम म किरण लगायतले पवित्रको सोझो पनको वकालत सत्य भएको पनि विर्सेको छैन। 

केही कथाको समय हुन्छ, यथार्थ बताउने। जब समय आउछ, सबै कुरा बताउने छु। जस्तो छ कक्षामा रविन लगायतले मलाई कसैको नाम जोडेर गरेको विल्लाको। यदि कुनै मोडमा मेरो मनले चाह्यो भनेे बताउने छु।

देवत्व करण कसैको गर्दिन तर मानसिँहमा मैले धरै बाहिरी कुरा सिकेको छु भनेे दिनेश सर र सुरेन्द्र सरबाट नै हो। मलाई इतिहास प्रति अझ जिज्ञासु बनाउने र मलाई मेरा रचनामा रचनात्म प्रतिक्रिया दिनेे दिनेश सरलाई मुरिमुरि धन्यवाद। त्यसै गरि  दस कक्षाको अन्तिम तिरको दिनमा यशोदा मिसले व्याचरमा राजनिती बुझ्नु मास्टरमा राजनीति गर्नु भन्नुभएको पनि भुुलेको छैन।राजनितीप नगरे नि मैले बुझ्न चाहिँ बुझे मिस। अब जिन्दगीमा सबै कुरा मिल्यो भने राजनीति पनि गर्छु, देश बनाउने गरेर। त्यसो त शेैक्षिक रुपमा कमजोर भएको भए, मेरा सबेेै उपलब्धि गौण बन्थे, त्यसकारण सम्पर्ण शिक्षक दलप्रति पुन धन्यवाद।





खाली ठाउँ भर्नुस्

त्यो एकदिन उनको मेरो मन अनि रङ्ग मिल्यो कालो जिन्स अनि रातो भेष्टको पहिरन मिल्यो यस्तो कुरा मिल्यो मलाई गाउनु पर्ने उनलाई नाच्नु पर्ने हामील...